Friday, August 25, 2017

भाइरल ज्वरोले दुईको मृत्यु, जिल्लाभर प्रकोप फैलियो

भाद्र ९, २०७४- भाइरल ज्वरोले बिहीबार र शुक्रबार गरी जिल्लामा दुईजनाको मृत्यु भएको भएको छ । ज्वरोले लालीगुराँस नगरपालिका-३ बसन्तपुर र ४ नम्बर फुलेकमा दुई महिलाको मृत्यु भएको हो । ज्वरोले थलिएर बसन्तपुर मुसाङखेलकी ५५ बताया कलीमायाँ कार्कीको शुक्रबार र फुलेककी  ४० बताया कृष्णमायाँ सुवेदीको बिहीबार मृत्यु भएको हो । 
सातायता लालीगुराँस नगरपालिका क्षेत्रका सवै वडामा भाइरल ज्वरोको प्रकोप फैलीएको ४ नम्वर वडा अध्यक्ष प्रेम गौतमलले बताए । नगरक्षेत्रको ४ नम्वर वडा फुलेक र ३ नम्वर मुसाङखेल गाउँका अधिकांशमा ज्वरोको प्रकोप फैलीएको अध्यक्ष गौतमले बताए । गाउँमा ज्वरोको प्रकोप फैलीएको बारे जिल्ला स्वास्थ्य कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा खबर गरेपनि स्वास्थ्यकर्मी नआएको अध्यक्ष गौतमले बताए । 
गाउँमा अहिले भाइरल ज्वरो नियन्त्रण बाहिर गएको छ । फुलेकका जलकन्या र जनजागरण आधारभूत विद्यालय, जनता निमावि र सार्वजनिक माविका विद्यार्थीमा समेत ज्वरोको प्रकोप फैलिएको स्थानीय शिक्षक कृष्णबहादुर कटुवालले बताए । सातायता बढेको गर्मी र मौसममा आाएको फेरबदलसँगै गाउँदेखि बजार क्षेत्रमा समेत एक्कासी फैलिएको भाइरल ज्वरोका कारण स्वास्थ्य संस्थामा विरामीको चाप थेगिनसक्नु छ । जिल्लाका बसन्तपुर, संक्रान्ती, सिम्ले, जलजले, फुलेक, सोल्मा, शुक्रबारे, फाक्चामारा, ओख्रे, जिरिखिम्ती लगायतका स्वास्थ्य संस्थामा समेत विरामीको चाप बढेको छ । 
सातायता जिल्लाभर भाइरल ज्वरोको प्रकोप फैलिएको जिल्ला अस्पतालका डाक्टर मुक्तिनाथ शाहले बताए । सामान्य स्वास्थ्य उपचारपछि पनि ज्वरो नियन्त्रणमा नआएपछि प्रत्येक दिन विरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । सुरुमा रुघा खोकी लाग्ने, घाँटी दुख्ने, पेट दुख्ने, खान मन नलाग्ने, वान्ता हुने नाकबाट सिंगान बगिरहने र अन्त्यमा ज्वरो आउने लक्षण विरामीमा देखिएको छ । रोगको प्रकोप फैलिएको क्षेत्रमा औषधि सहित स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेपनि जिल्ला अस्पतालको स्टोरमा औषधि सकिएकाले पठाउन नसकिएको डाक्टर शाहले बताए । क्षेत्र र विभागमा औषधि अभाव भएबारे जानकारी गराएको तर औषधि आइनपुगेको शाहले बताए । 
जिल्ला अस्पतालको इमरजेन्सी कक्षमा मात्र दैनिक १ सय ४५ जनासम्म विरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ । भाइरल ज्वरो इन्फेक्सन भएर अधिकांश विरामीलाई टाइफाइड र निमोनिया समेत भएको स्थानीयको भनाइ छ । रोग प्रभावित क्षेत्रका विरामीको रगतको नमूना जाँचका लागि विभागबाट उपकरण सहितको स्वास्थ्यकर्मीको टोली शनिबार आउने डाक्टर शाहले बताए ।


Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive