Wednesday, August 23, 2017

राहतमा राजनीतिः भोट हाल्नेलाई खातैखात, नहाल्नेको रित्तो हात

जनप्रतिनिधिको तिखो वचन – भोट अर्कैलाई हाल्ने, राहत हामीसँग माग्ने ?

७ भदौ, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो । तर उनले अहिलेसम्म राहत पाउन सकेकी छैनन् !कारण थियो, उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान । आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण आफूलाई राहत नदिएको उनले गुनासो गरिन् । कुसुमदेवीकै जस्तो गुनासो अर्की बाढीपीडित भनमन्ता रामको पनि छ । उनले पनि एक साता अगाडि आएको बाढीबाट पूर्ण प्रभावित भए पनि राजनीतिमा फरक आस्थाकै कारण राहत पाएकी छैनन् । राहतमा भएको विभेदका प्रतिनिधि पात्र मात्रै हुन् यी दुई । इनरुवा–१० जल्पापुरमा रहेका करिब ३० परिवारले अहिलेसम्म राहत पाएको छैन । सबैको कारण एउटै हो–स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान । एक साता अगाडि आएको बाढीबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय सुवालाल रामले बताए ।
यो सामाग्री पनि पढ्नुहोस् !!
मधेशमा राजपाको वितण्डा सुरु; एमाले र राप्रपा को झण्डा जलाईयो !

वडामा नेकपा (एमाले) विजयी भयो, तर वडा अध्यक्षले राहतै नदिएको स्थानीय मोहमद जावेद अख्तर बताउँछन् । यता वडा अध्यक्ष मोहमद सुल्तान त्यो कुरालाई ठाडै अस्वीकार गर्छन् । आफूले वडागतरुपमा राहत वितरण गर्दै आएको उनले बताए । आफूले राहतमा कुनै राजनीति नगरेको उनले बताए । आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको उनले प्रतिक्रिया दिए । तर वडा अध्यक्ष सुल्तानको कुरालाई स्वीकार गर्न तयार छैनन् स्थानीय । आफू राहत वितरण गरिरहेको बेला राहतका लागि वडा कार्यालयमा गएको र राहत माग्दा तैले अर्कै पार्टीलाई मतदान गरेका कारण दिन नमिल्ने प्रतिक्रिया पाएको रामले दुखेसो पोखिन् । गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरुलाई राहत र बसोबासको वातावरण मिलाइदिन माग गरेका थिए । त्यसैले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नु पर्ने आवश्यकता देखिएको छ । ( अनलाईन खबर डटकम बाट साभार गरिएको , स्रोत सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोला )
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive