Saturday, August 12, 2017

न रहयाे बास न रहे अाफन्त ! कसैले नसाेचेकाे दिन २०७४ साउन २८

भनिन्छ प्रकृती रिसाएपछि कसैकाे केही लाग्दैन दैव पनि निरिह बन्छ । इटहरीकाे हकमा यस्तै भएकाे पाइएकाे छ । साउन २७ गते शुक्रबार सम्म रमाइरहेकाे इटहरी र समस्त नगरवासी साउन २८ गते एकाएक रूनुपर्याे । शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण अाएकाे बाढीले धेरैलार्इ उठीबास लगायाे । कतीकाे अाफन्त खाेसेर लग्याे , खाना खाएर संगै सुतेका अामाका सन्तानहरू अाेछ्यानमै बिलाए , मिठा मिठा सपना सजाएर भाेलीकाे शुर्यकाे किरण पर्खेर बसेका नाबालक सन्तानहरू शुर्यकाे किरण देख्न नपाउदै त्यतीकै अस्ताए ।
मिठा मिठा गफ गर्दै श्रीमानकाे अंगालाेमा बेरीएर सुतेकी श्रीमती नउठने गरी निदाइन । साच्चै साउन २८ २०७४ इटहरीकालागि बिर्सनै नसकिने कहालीलाग्दाे दिन अाइपर्याे । हुन त बिर्सन नसकिने यस्ता दिनहरू इटहरीकालागि थुप्रै हाेलान कती रमाइला त कती नरमाइला यसै उजाडलाग्दाे दिनकाे रूपमा साउन २८ ले एक दिन फेरी थपिदियाे ।
शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण मध्यरातमा अाएकाे बाढीले इटहरीलार्इ नमिठाे र दुखद क्षणमा डुबाएकाे छ । इटहरीकाे अधिकांस क्षेत्रहरू अहिलेपनि जलमग्न अवस्थामा रहेका छन । इटहरीकाे टेंग्रा खाेला र बुढी खाेलामा अाएकाे भिषण बाढीले सुनसरी र माेङमा करीब ५ हजार घरबार डुबानमा पारेकाे छ भने अहिले सम्म नाै जनाकाे बाढीले बगाएर मृत्यु भैसकेकाे जानकारी प्राप्त भएकाे छ ।
इटहरीमा मात्रै ५ जनाले ज्यान गुमाएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । सुनसरी र माेरङकाे सिमाना बुढीला किनार स्थित गैरीगाउमा दुर्इ परिावरबाट ४ जनाकाे बाढीमा परेर मृत्यु भएकाे बुझीएकाे छ । राई परिवारका दुई बालबालिका र साह परिवारका दुर्इ जना गरी चार जनाले ज्यान गुमाएकाे प्रहरीले जनाएकाे छ ।
बाढीले बुढी किनारमा रहेकाे झाेलुंगे पुल समेत बगाएकाे छ भने गैरीगाउ अासपासका एक दर्जन बढी घरहरू बगाएकाे छ । सुनसरी र माेरङमा मात्रै हजार बढी स्थानीयहरू घरबार बिहीन बनेकाे प्रारम्भिक अनुमान गरिएकाे छ । बाढीका कारण मानवीय क्षती के कती भयाे त्यस्काे यकिन बिवरण कुनै निकाय संग नरहेपनि शनिबार बिहानैबाट नेपाली शेना , सशस्त्र प्रहरी र नेपाल प्रहरिका जवानहरू लाइफ ज्याकेटका साथ उद्धारकालागि डुबान क्षेत्रमा तैनाथ भएका छन ।
शुक्रबारदेखी परेकाे अबिरल बर्षा शनिबार सम्मपनि जारी रहेकाे छ । बर्षासंगै अाएकाे बाढीबाट घरबार बिहीन बनिन पुगेका बाढी पिडितहरू यतिबेला स्थानीयकाे सरणमा रहेका छन ।
साभारः पुर्बेली न्युज.कम
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive