श्रावण २३, २०७४-माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी शक्तिको ‘डिजाइन’ मा संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
पोखरामा आइतबार भएको पार्टीको प्रदेश नम्बर ४ स्तरीय बैठक तथा प्रशि क्षण कार्यक्रममा उनले स्थानीय चुनावमा डिजाइनकै कारण माओवादी हारेको बताए । ‘एउटा कोसिस के छ भने छिट्टै संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘त्यो पक्ष प्रदेश र केन्द्रको चुनाव पनि हुन नदिने कोसिसमा छ ।’ २ नम्बर प्रदेशको स्थानीय चुनाव हुन नदिने र संकटको स्थिति सिर्जना गर्न उनीहरू लागिपरेको दाहालले बताए । ‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई के लागेको छ भने संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले ल्याएको हो । यो रहँदासम्म विश्वभरि माओवादी आन्दोलन एउटा भव्य विद्रोह थियो, जसले ऐतिहासिक परिवर्तन ल्यायो भन्ने मान्यता स्थापित भइरहने छ । त्यसकारण ४७ सालको संविधान ल्याउने उनीहरूको इच्छा छ,’ उनले भने । आफूले इतिहासमा भनेका कुरा कालान्तरमा सत्य साबित हुँदै गएको बताउँदै गणतन्त्र उल्टिने कुरालाई हल्का रूपमा नलिन उनले कार्यकर्तालाई आग्रह गरे । ‘राजतन्त्र गयो, गणतन्त्र आयो, एक खालको नैतिक जित हामीले हासिल गर्यौं तर खतरा भने टरेको छैन,’ दाहालले भने ।
संविधान उल्टियो भने माओवादी आन्दोलन राजनीतिक आन्दोलन नमानिने र पुन: आतंककारी र हत्याराका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित गराइने खतरा बढेको उनको दाबी थियो । उनले भने, ‘१० महिना प्रधानमन्त्री भएका बेला १६ वर्षे ठिटो जस्तो भएर दौडिएँ म । किनभने हामीले राम्रो गरेनौं भने उल्टिन्छ भन्ने मैले देखिसकेको थिएँ ।’

0 comments:
Post a Comment