Friday, August 18, 2017

३५ बर्षसम्म लगातार १० हजार मान्छे काटेका बालकृष्ण भन्छन : “मरेको मान्छेले औठि माग्यो”



    मरेको मान्छे देख्दा तपाइलाइ कस्तो लाग्छ ? सम्भवत तपाइ हामीलाइ निकै डर लाग्छ । कतिपय मान्छे त मरेका मान्छे देखेपछि बेहोस नै हुन्छन्। तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकाँस सँमय मरेका मान्छेको शरिर चिरेर बिताए् । २०११ सालमा पर्वत जिल्लामा बाबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णलाइ जीवनभर मान्छे काटेर विताउन लेखेको रहेछ ।उनले आफ्नो अनुभवको बेलिविस्तार लगाउन सुरु गरे ।
इच्छाको पेशा र चाहनाको काम गर्न परिस्थितीले नदिए पनि आफुले गरेको काममा सन्तुस्ट हुन सके र रमाउन सके जहाँ पनि खुसी हुन्छ भन्ने मान्यता राख्ने बालकृष्ण ३५ बर्षसम्म लगातार (पोस्ट मार्टम)मान्छे चिर्ने काम गरेर केश फुलाए । उनले ३५ बर्षमा १० हजार भन्दा बढि मरेका मान्छेको शरिर चिरे । देख्दा सामान्य लागेपनि यो काम आफैमा कठिन र डर लाग्ने हो । उनको अनुभावले भन्छ दरिलो आँट भएन भने मान्छे चिर्न त के मुसा चिर्न पनि सकिन्न ।
उनी जागिरको सुरुवाति दिनतिर जादै सुरुवाति दिनको सँझनामा बहकिए । २०३९ सालमा पहिलोपटक उनि धौलागिरी अञ्चलको शब स्टोरमा दरिलो मुटु लिएर छिरेका रहेछन । “जागिरको मेसो थिएन मासिक,,रु १ सय ५० रुपैँयामा मान्छे काट्ने जागिर खुलेको थियो । सुरुमा सारै डर लाग्यो कसरी काट्ने होला मरेको मान्छे तरअरु कुनै जागिरको मेसो थिएन । जेजे पर्ला सके गरौला नत्र छाडौला भनेर हुन्छ भने । ”
जगिर सुरु भयो मान्छे चिर्ने । उनले पहिलो पटक २०३९ सालमा गुरु प्रसाद नाम गरेका एक जना ठेकेदारको मृत शरिर चिरेको बताए । “शब राख्ने ठाउमा ठेकेदारको शव राखिएको थियो । डाक्टरले ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता डर लाग्यो ।
तिन चारदिनको शब थियो,। देख्दै सातो जाने तर साथमा डाक्टर र नर्स भएकोले केहि आट आयो । मरेको मान्छे त मरिहाल्यो किन डराउने भन्ने पनि भयो । हातमा पन्जा,मुखमा माक्स र शरिर पुरै ढाकने कपडा लगाए । एउटा हरियो टालो पेटमा पुग्ने गरि भिरे । डाक्टरले भने जसरी पेट,टाउको चिरे । त्यो रात त्यहि मान्छे आँखा वरिपरी आयो नदाउन सकिन ।” उनि फेरी त्यो राततिर फर्किए ।
भोलि पल्ट,पर्सि पल्ट दिनदिन लास चिर्ने काम । कहिले काहि त दिन मै ५,७ जना चिर्नुपथ्र्यो । गाडि दुर्घटना पर्दा कहिलेकाहि त अझै बढि शवहरु पनि पर्थे । त्यसपछि उनलाइ यो काम सामान्य जस्तो लाग्यो । सुरुमा डर लाग्यो त्यसपछि त फर्सि काटे जस्तै लाग्यो। शरिर चि¥यौ टन्न रक्सी मासु खायो अनि सुत्यो । सुरुमा १५० रुपैँया मासिक तलब दिने सहमति भएको थियो । पोस्ट मार्टम गर्ने मृतकका आफन्तले पनि उनको दुख हेरेर केहि रकम पनि दिन थाले । क्रमिक रुपमा काम गर्दा पैसा पनि आउथ्यो । १५० बाट सुरु भएको जागिर ३५ बर्षपछि १६ हजार सम्ममा आएर सके ।
 मान्छे चिर्दाको क्षणमा अनेकौ सँझना त रहने नै भए । तर सर्वजितलाइ सबैभन्दा बढि डर लागेको एउटा घटनाले आजपनि सताउदो रहेछ । उनले जिवनभरमा धेरै अनुभव बटुले तर यो डरको अनुभवले मुटु नै सिरिङ्ग गराउछरे । त्यो रात हो ५३ साल भदौतिरको जुन रात एक जना विहुको २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ । केटि हेर्न जादा ज्ञादीको भिरबाट लडेर मरेको रहेछ । दुइ तिन दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मार्टम गर्ने बेला मृतक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाइलाइ दिइसकेपछि एक्कासी केटाले मेरो औठि ले भन्दौ आफुलाइ झम्टन आएको उनले बताए । “फनफन्ती घुमायो मत त्यहि ठाउमा बेहोस भएछु । रातभर पनि उक्त केटाले मेरो औठि ले भन्दै आखा वरिपरि आएपछि जागिर छाड्ने निर्णय गरे । तर तरुण डाक्टरले छाड्न दिएनन् ।” फेरि अर्को दिन आएर पोस्ट मार्टम गरे । तर त्यो केटाले महिनौ सम्म सताउन छाडेन
अरु कोहि टिकेनन् 
कामबाटनिराश भएर काम छाड्न खोजे, अस्पतालका प्रमुख डाक्टर सँग झगडा सम्म गरे । तर त्यो काम गर्ने मान्छे् पाइएन । अस्पतालका डाक्टरले काम नगर्ने भन्दा गलहत्याए पछि उनले डाक्टरलाइ नै झापड हानेर तिन दिन हिरासत बस्नु प¥यो । उनको सट्टामा काम गर्न धेरै मान्छे आएपनि कोहि पनि मान्छे टिकेनन् । कोहि एक महिना कोहि दुइ महिना । केहि मान्छे त,उक्त ठाउमा जागिर गर्दा पागल भएर पनि हिडेपछि उनी नै त्यो काम गर्ने अव्वल र सुरो कहलिए । प्राय उनले पोस्टमार्टमको काम गरिसकेपछि टन्न रक्सि र मासु खान्थे ।
६३ बर्षमा पनि जवान
बालकृष्णको जिवनको अर्को रमाइलो पाटो हो विवाह । उनी ड्यूटि समय र अघिपछि पनि चिटिक्क परेर हिड्छन । उनले जिवनमा १३ ,१४ पटक विवाह गरेका रहेछन । तर उनीसँग धेरै जना टिकेनन् । कोहि सुनका औठि र पैसा लिएर भागे को कुरा सुनाए । भने केहि त कोहि मोरे पनि । उनले पछिल्लो पटक आफुभन्दा १६ बर्ष कान्छी गममाया बोहरा सँग विवाह गरे । आफूलाइ अझै १६ सत्र बर्षे युवा सम्झने सर्वजित भन्छन् । शारिरिक रुपमा निकै सक्रिय छु भर्खरका युवतिले पनि मलाइ आँखा लगाउछन । मान्छे चिरेरै उनलो उनले ६० ,७० लाख कमाए । अहिले उनी मासिक पेन्सन बुझेर बस्छन । भन्छन जिन्दगी प्रति दुख व्यक्त गर्ने होइन । काम सानो ठुलो हुन्न । हरेक ठाउलाइ सम्मानित बनायो त्यो सम्माननित हुन्छ । ईनेपालखबरमा समाचार छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive