Saturday, August 19, 2017

नेपाली चलचित्र छक्का पन्जा २ जापानमा प्रर्दशन हुदै संकलित रकम बाडीपिडितलाई सहयोग गरिने।


  कृष्णहरि खड्का ,जापान टोकियो
नेपाली कथानक चलचित्र छक्का पन्जा २ जापानमा प्रर्दशन हुने भएको छ। ओटु इभेन्ट्सले गत साता नेपालको तराई भू-भागमा आएको भिषण बाढीका कारण पीडित भएकाहरुको सहयोगार्थ जापानमा वहुप्रतिष्ठित नेपाली चलचित्र दशैको फूलपाती कै दिन २७ सेप्टेम्बर बुधबार नाकानो जिरो हलमा पहिलो प्रदर्शन हुने छ भने ८ अक्टोबर आइतबार नाकानो जिरो हलमै दोस्रो प्रदर्शन हुने भएको छ । ओटु इभेन्ट्सले आयोजना गर्न लागेको चलचित्र प्रदर्शनबाट उठेको रकम बाढी पीडितहरुको राहत र पुनर्स्थापनाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।
जापानमा रहेर सामाजिक काममा संलग्न युवाहरुको समूह ओटु इभेन्ट्सले चलचित्र प्रदर्शन गर्न लागेको हो । उक्त प्रदर्शन साँझ ६:३० बजे सो शुरु हुने आयोजकले जनाएको छ । नाकानो जिरो हल लगत्तै जापानका अन्य शहरहरु फुकुओका, नागोया, ओसाका लगायतका शहरहरुमा पनि प्रदर्शनको कार्य योजना बनिरहेको आयोजकले जनाएको छ । दिपाश्रीको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण के.सी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप ढकालको अभिनय रहेको छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive