दक्षिणी–पूर्व
लण्डनमा थुप्रै यस्ता घर धनी छन् जो युवतीलाई निःशुल्क आफ्नो कोठा वा
फ्ल्याट अफर गर्दछन् । तर त्यसको बदलामा उनीहरु युवतीबाट सेक्सको माग
गर्दछन् ।
मिडिया रिपोर्टका अनुसार
थुप्रै युवतीसँग जब ओत लाग्ने ठाउँ हुँदैन, भाडा दिनका लागि पैसा हुँदैन,
त्यस्ता युवतीले यो बाटो छान्ने गर्दछन् ।
डेलीमेलमा छापिएको रिपोर्ट अनुसार यस्ता युवती मानसिक र शारिरिक शोषणको जालमा पनि फस्ने गर्दछन् ।
घर
मालिकले प्रत्यक्ष रुपमा सेक्स फर रेन्टको विज्ञापन दिँदैनन् तर उनीहरु
अप्रत्यक्ष रुपमा घर भाडामा दिने कुरा गर्दछन् । यसका लागि उनीहरु सेक्सी
महिलाको खोजीमा हुन्छन् ।
एक रिपोर्टका अनुसार ऋचबष्नकष्कित नामको वेबसाइटमा हरेक दिन करिब सय घर मालिकले यस्ता जानकारी दिएका हुन्छन् ।
मिडियासँगको कुराकानीमा केही घर मालिकले यस्तो सम्बन्धलाई फ्रेन्ड विद बेनिफिट भनेका थिए ।
एक
घर मालिकका अनुसार कसैले पनि यो बलजफ्ती गर्दैन । मानिसहरु आफ्नो इच्छाले
यस्तो गर्दछन् । रिपोर्टका अनुसार ४० देखि ५० वर्षसम्म घर मालिक यस्तो
सम्झौता गर्नमा समावेश हुन्छन् ।
यो दक्षिण–पूर्व लण्डनमा मात्र सिमित नभई संसारका अन्य शहरमा पनि निकै फस्टाइरहेको डेली मेलले बताएको छ ।








0 comments:
Post a Comment