रोजगारीको लागि आकर्षक गन्तब्य मुलुक मानिएको दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला डरलाग्दो गरि बढेको छ l कार्यस्थल दुर्घटना ,आत्महत्या , सुतेकै अबस्थामा मृत्यु हुने आदि कारण बाट सन् २०१७ को ८ महिनाकै अबधिमा १९ जना नेपाली ले ज्यान गुमाइसकेका छन् l
यसरि मृत्यु हुनेमा सबैभन्दा धेरै कार्यस्थल दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ५ जनाले आत्महत्या गरेका छन् l त्यस्तै सुतेकै अबस्थामा (मृत्युको कारण थाहा नभएको ) मृत्यु हुनेको संख्या ५ पुगेको छ भने २ जनाको निधन रोगको कारण बाट भएको छ l
सन् २०१७ को पछिल्लो ३ महिनाको अवधिमै ५ जनाले आत्महत्या गरेका छन् l अगस्टको पहिलो सातामै ३ जनाले ज्यान गुमाए l गुल्मीका बिष्णु प्रसाद घिमिरेको कार्यस्थल दुर्घटनामा परि मृत्यु भएको ३ दिनमै पर्बतका केशब श्रेष्ठले पासो लगाएर आत्महत्या गरे भने त्यसैको ठिक भोलि पल्ट नै कंचनपुरका दिपक सिंह ले पनि झुन्डिएर आत्महत्या गरे l
सन् २००८ मा रोजगार अनुमति प्रणाली इपिएस लागु भएयता कोरियाको रोजगारीमा १ सय ३२ जनाले बिभिन्न कारणले ज्यान गुमाइसकेका छन् भने औधोगिक दुर्घटनामा परि अंगभंग हुनेको संख्या पनि उत्तिकै बढेको छ l
सोल स्थित नेपाली दुतावासको तथ्यांकअनुसार सन् २०१५ मा सबैभन्दा धेरै २२ जना नेपालीको मृत्यु भएको थियो भने सन् २०१६मा २० जनाले ज्यान गुमाएका थिए l
यसरि बिभिन्न कारण बाट मृत्यु हुने नेपालीको संख्या दिनानुदिन बढ्दै गैरहेको भएतापनि सम्बन्धित निकाय बाट निराकरणको लागि चालिएको कदम त्यति प्रभाबकारी भने बन्न सकेको छैन l
नेपाली दुतावास ,कोरियाको पुरानो संस्था एनसीसी ,तथा गैह्र आबासीय नेपाली संस्था एन आर एन कोरिया लगाएतले समय- समयमा मानसिक तनाब ब्याबस्थापन तथा निराकरण सम्बन्धित कार्यक्रम राख्दै आएको भएता पनि आत्महत्या गर्नेको संख्यामा भने कमि आउन सकेको छैन l
यसैबीच कोरियामा लामो समय देखि प्रवासी मजदुरको हकहितमा आवाज उठाउदै आइरहेका प्रवासी मजदुर युनियन का अध्यक्ष उदय राइले इपिएस सम्झौतामा भएको खराब नीतिकै कारणले आत्महत्या ,दुर्घटना आदि बढेको बताउछन l उनि भन्दछन " जब सम्म एउटा मजदुरले आफु स्वतन्त्र भएर काम गरिरहेको अनुभब गर्दैन तब सम्म यस्ताखाले घटना घटी नै रहन्छन " l प्रवासी मजदुरले आफूखुसी कम्पनि परिबर्तन गर्न पाउने हो भने यस्ता घटनामा ८० प्रतिशत कामि आउने राइ को बुझाई छ l








0 comments:
Post a Comment