सुनसरी – सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ । शनिबार बेलुका सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ७९ हजार क्युसेक पुगेको थियो ।
पानीको बहाब ३ लाख क्युसेक प्रतिसेकेण्ड नाघेपछि भने भारतबाट इन्जिनियरसहितको प्राविधिक टोली आउने र त्यो टोलीले अवस्था निरीक्षण गरेपछि मात्र कोशी ब्यारेजका थप ढोका खोल्न मिल्ने स्थानीय प्रशासनले जनाएको छ ।
अहिले सप्तकोशीका ५२ मध्ये ३३ वटा ढोका पूरै खोलिएको छ भने ५ वटा आधा मात्र खोलिएको छ ।
विराटनगरमा ३० बर्षकै ठूलो बाढी
लगातार बर्षाका कारण बाढीले वितण्डा मच्चाउँदा मोरङमा तीन जनाको मृत्यु भएको छ ।
पूर्वी क्षेत्रको मुख्य शहर विपराटनगरमा पछिल्लो ३० बर्ष अवधिकै ठूलो बाढी आएर डुबान भएको छ ।
लोहन्द्रा खोलाले बगाएर केराबारी ९ कुसुमेका ५६ बर्षका मीन बहादुर थापा, बक्राहा खोलाले बगाएर मिक्लाजुङ २ का ३२ बर्षका गंगाराम खतिवडा र
त्यस्तै, पहिरोले घर पुरिँदा लेटाङ नगरपालिका १ मा शनिबार ४० बर्षकी गोपीमाया तामाङको मृत्यु भएको छ ।
बाढीले पूर्व पश्चिम राजमार्गको पुल जोखिममा परेको छ । जमिन कटान गर्न थालेपछि जोखिम बढेको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।
एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्यो । घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् ।
त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए । ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन् । चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए ।
समाका दुई छोरा दुई छोरी छन् । ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो ।’ बाढी पसेपछि उनको बस्ने बास छैन ।
माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन् । ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’
उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो । चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो । उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे ।
एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए । राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे । आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन् ।
पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्याएका थिए । ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झन्डै बच्चा फुत्किएको ।’
अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो । दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्यो । खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए । ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो ।
कतिले ज्यानको आस नै मारेका थिए । बाढीका कारण खाद्यान्न, लत्ता-कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने
लोहन्द्रा खोलाले बगाएर केराबारी ९ कुसुमेका ५६ बर्षका मीन बहादुर थापा, बक्राहा खोलाले बगाएर मिक्लाजुङ २ का ३२ बर्षका गंगाराम खतिवडा र
त्यस्तै, पहिरोले घर पुरिँदा लेटाङ नगरपालिका १ मा शनिबार ४० बर्षकी गोपीमाया तामाङको मृत्यु भएको छ ।
बाढीले पूर्व पश्चिम राजमार्गको पुल जोखिममा परेको छ । जमिन कटान गर्न थालेपछि जोखिम बढेको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।
बाँचिएलाजस्तो लागेन,जीवनको अन्तिम घडी हो भन्ने लाग्यो”-पिपलको रूखले जोगायो ज्यान
माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो ।एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्यो । घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् ।
त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए । ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन् । चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए ।
समाका दुई छोरा दुई छोरी छन् । ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो ।’ बाढी पसेपछि उनको बस्ने बास छैन ।
माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन् । ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’
उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो । चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो । उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे ।
एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए । राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे । आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन् ।
पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्याएका थिए । ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झन्डै बच्चा फुत्किएको ।’
अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो । दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्यो । खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए । ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो ।
कतिले ज्यानको आस नै मारेका थिए । बाढीका कारण खाद्यान्न, लत्ता-कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने









0 comments:
Post a Comment