भाद्र २१, २०७४-उम्मेदवारको टिकटबारे कांग्रेस कार्यकर्ताबीच भनाभनपछि कुटाकुट हुँदा सिरहामा १२ जना घाइते भएका छन् । उनीहरुमध्ये १० जना गम्भीर छन् ।
सिरहा नगरपालिकाको उम्मेदवारको टिकट विवाद सुल्झाउन कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव, सांसद पदमनारायण चौधरी, गणेश मण्डल, मोख्तार अहमदले बुधबार असन्तुष्टसहित दुवै पक्षलाई छलफलमा विवाद मिलाउने प्रयास गरेका थिए । सदरमुकाम सिरहास्थित पार्टी कार्यालयमा भएको छलफलमा बिहान ११ बजेतिर सिरहा नगरपालिकाका मेयरका उम्मेदवार सुभास यादव पक्षले छलफलकै क्रममा भनाभन हुन थालेपछि कार्यकर्ताबीच कुटाकुट, ढुंगा, लाठी प्रहार भएको सभापति रामचन्द्र यादवले जानकारी दिए ।
आक्रमणमा सिरहा नगरपालिका २१ का कांग्रेस क्षेत्र नम्वर ३ का सभापति सन्जयप्रकाश यादव, सिरहा १५ का रामबाबु यादव, २ नम्वर वडाका सुधन यादव, मुकेश, वुधन, अरुण, राजेश्वर, देवनारायण साह, १ नम्वर वडाका जगदीश यादव, कामेश्वर यादव घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको सिरहा प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । घाइते अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सिरहा १ का रामभगत यादव र साने यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैतर्फको आक्रमणबाट तनाव बढेपछि प्रहरीले दिउँसो स्थिति नियन्त्रण लिएको थियो ।
‘सिरहा नगरपालिकामा मेयरको टिकट सुभास यादवले पाएपछि वडासहित मेयरकोको विषयमा कांग्रेस जिल्ला सचिव उपेन्द्र यादव पक्षबीच विवाद बढेको थियो’ सभापति रामचन्द्र यादवले भने ‘छलफलकै क्रममा हाताहाल र आक्रमण हुनु राम्रो काम होइन, यो पार्टी हितविपरीत छ ।’
घाइते सिरहा क्षेत्र नम्वर ३ का सभापति सञ्जयप्रकाश यादवले दुई पक्षबीच सहमति हुनलाग्दा आफूहरुमाथि आक्रमण भएको बताए । कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएपछि सिरहा नगरपालिकामा उम्मेदवार मनोनयन दर्ता समेत ढिलाई भएको थियो । राति अबेरसम्म सिरहामा मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
https://www.blogger.com/comment.g?blogID=1030296339816313369&postID=2749294441242990017&page=1&token=1520323952180&isPopup=truehttp://jayce-o.blogspot.com/2012/11/creative-new-year-card-designs-inspiration.html
https://theteachingthief.blogspot.com/2013/01/happy-new-year-goals-and-leader-in-me.html?showComment=1520324253751#c8618326023109112982
https://www.blogger.com/comment.g?blogID=5313913412644984738&postID=109724294541232973&page=1&token=1520324356052&isPopup=true
https://primarypowers.blogspot.com/2015/01/happy-new-year-all-around.html?showComment=1520324577627#c5559295204347345656
https://www.blogger.com/comment.g?blogID=7173052990851751381&postID=5407275598374414297&page=1&token=1520324645773&isPopup=true
https://www.blogger.com/comment.g?blogID=8943211319128320311&postID=6427275846800363550&page=1&token=1520324737928
https://geetishabda.blogspot.com/2017/12/happy-new-year-title-song-of-haappy-new.html
http://newyeareve2017.blogspot.com/2016/09/inspirational-short-best-new-year-wishes-messages-sms-quotes-photos-friends-family-business-teacher-2017.html
https://yukonscience.blogspot.com/2018/01/happy-new-year-2018.html?showComment=1520324981851#c8549582183423200720
http://jayce-o.blogspot.com/2012/11/creative-new-year-card-designs-inspiration.html








0 comments:
Post a Comment