Saturday, August 5, 2017

परिवारै पहिरोमा || तीन ठाउँमा गरी ६ को मृत्यु





निसीखोला–५ मा पहिरोले पुरिएकाको खोजी गर्दै स्थानीय ।
तस्बिर सौजन्य : अनिलकुमार विक
श्रावण २१, २०७४- पहिरोमा परी एकै परिवारका चारसहित ६ जनाको ज्यान गएको छ । निशीखोला–२ बाहुनगाउँमा ४ तथा निशीखोला–१ र ढोरपाटन नगरपालिका–५ मा एक/एक जनाको मृत्यु भएको हो । 
पहिरोले घरसँगै पुरिएर बाहुनगाउँमा ६५ वर्षीय मनिमान छन्त्याल, पत्नी ६३ वर्षीया नन्दकली, छोरी १८ वर्षीया गीता र बुहारी २२ वर्षीया विन्दुको मृत्यु भएको प्रहरीले जनाएको छ । निसीखोला–१ हुल्दीमा ७६ वर्षीया खगिसरा सिंजालीमगर र ढोरपाटन–५ पाखापानीमा ५३ वर्षीय ओमप्रकाश कामीले ज्यान गुमाएका छन् । रातभरको वर्षापछि शुक्रबार बिहानै खसेको पहिराले छन्त्याल परिवारको घर पुरेको हो । घटनाको केही समयपछि पुगेको प्रहरी टोली र स्थानीय मिलेर शव निकालेका थिए । मनिलालको शव तत्काल भेटिए पनि अन्य शव निकाल्न समय लागेको इप्रका बुर्तिवाङका प्रहरी सहायक निरीक्षक नारायण शर्माले बताए । छन्त्यालका दुई छोरा प्रेम र रेमबहादुर रोजगारीका क्रममा कतारमा छन् । 
ढोरपाटनमा कामी, पत्नी र तीन छोरी पहिरोमा परेका थिए । तत्काल उद्धार गरिएकाले पत्नी र छोरी भने जोगिए । यहाँ बिहान साढे ३ बजेतिर पहिरो खसेको हो । त्यसै गरी निसीखोलामा बिहान साढे ७ पहिरो खसेको थियो । मृतक खगिसरा स्थानीय लालबहादुर सिंजालीकी आमा हुन् । ढोरपाटन र निसीखोलामा पहिरोले करिब एक दर्जन घर बगाएको छ । विस्थापित परिवार छिमेकीको घरमा शरण लिएर बसिरहेको निसीखोला गाउँपालिकाका प्रमुख तारानाथ पौडेलले बताए । बाहुनगाउँमा परिवारै पुरिएपछि आफन्त र स्थानीय शोकमा डुबेका छन् । ‘हामीलाई पनि घरमा बस्नै मन छैन,’ सहवीर मगरले भने, ‘कुन बेला पहिरोले मरिएला भन्ने त्रास र चिन्तामा बस्नुपरेको छ, बच्चाबच्ची घरभित्र पस्नै मानेका छैनन् ।’ उनका अनुसार पहिरो झन्डै २ सय ५० मिटर माथिबाट खसेको छ । बस्तीमा १ सय ४० जति घरधुरी छन् । घरहरू छरिएर रहेकाले पहिरोले एकैपल्ट सबैलाई भेट्ने अवस्था भने छैन । पहिरोपछि छन्त्याल परिवारका छिमेकी भाडाकुडा च्यापेर जंगलमा बस्न गएको मगरले बताए । 
‘हामी अहिले ज्यादै शोकमा छौं,’ गाउँपालिका प्रमुख पौडेलले भने, ‘पहिरोको जोखिम क्षेत्र पहिचान गरि सुरक्षित बसाइका लागि विशेष कार्यक्रम ल्याउन आवश्यक देखियो ।’ निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको कुलो बडीगाड खोलाले बगाउँदा झन्डै हजार घरधुरी बिजुलीविहीन भएको उनले बताए । पहिरो गएको बाहुनगाउँ बुर्तिबाङ बजारबाट पश्चिम करिब ४ घण्टा पैदल दूरीमा पर्छ । बुर्तिवाङ बजार सदरमुकाम बागलुङबाट ६८ किमी टाढा छ । दुई दिन लाग्ने र पहिरोले समेत अवरोध गरेकाले सदरमुकामबाट तत्काल त्यहाँ पुग्न सम्भव नभएको प्रजिअ ऋषिराम तिवारीले बताए । उनका अनुसार स्थानीय स्तरमै उद्धार र राहतको काम भइरहेको छ । ‘प्रहरीको स्थानीय युनिट र स्थानीय तहका जनप्रतिनिधि उद्धारमा खटिए,’ उनले भने, ‘जोखिम क्षेत्रका परिवारलाई सुरक्षित ठाउँमा सार्ने र राहत जुटाउने काम पनि स्थानीय स्तरमै भइरहेको छ ।’ बस्तीनजिकै अन्यत्र पनि आधा दर्जनजति ठाउँमा पहिरो खसेको छ । तर, त्यहाँ घर नरहेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
बझाङमा एकको मृत्यु, एक बेपत्ता
बझाङ– जिल्लामा बाढीले बगाएर एकको मृत्यु भएको छ भने पहिरोले पुरिएर एकजना बेपत्ता भएका छन् । सुर्मा–४ का शेरबहादुर बोहरालाई बाढीले बगाएको हो । बाहुलीगाडमा बाढीमा परेका बोहराको शव बारिलको पाटाखानामा भेटिएको छ । खोलामा बाढी रहेकाले दुई भँगालाको बीचमा रहेको शव निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गगनसिंह भण्डारीले जानकारी दिए । त्यस्तै छान्ना–१ खाती गाउँका ३४ वर्षका दीपक खाती पहिरोमा बेपत्ता छन् । जिससअन्तर्गत सञ्चालित सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकसमेत रहेका दीपक कालुखेतीमा भएको बैठक सकेर घर फर्कंदै गर्दा पसलबगर नजिकै रहेको झुलढुंगामा पहिरोमा परेका हुन् । पहिरोबाट खसेको ढुंगा लागेर जडारीगाड खोला किनारमा माछा मारिरहेका छान्ना–२ का चन्द्र कठायत गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । पहिरोमा बेपत्ता खातीको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive