सौराहाको हात्ती सफारी !
हात्ती चढेर वागमारा सामुदायिक वनमा जंगल सफारी गर्दै पर्यटकहरु !!
नयाँ अवतारमा ‘बौद्ध स्तुपा !!
भूकम्पको शिकार भएको बौद्ध एक वर्षपछि नै पुरानोभन्दा पनि चमकदार स्वरुपमा उभिएको छ । बौद्धले नयाँ जुनी पाएको छ भनौैं या नयाँ अवतार बदलेको छ ।
प्रकृतिले सजाएको सुनौलो नारायणी!!
सूर्योदय र सूर्यास्त हेर्नका लागि चितवनको सौराह पुग्ने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि सूर्योदय र सूर्यास्त कम्ति मनोरम देखिँदैन ।
भूकम्प अघिको सुन्दर धरहरा !!
विनासकारी भूकम्पले तहसनहस बनाए पछी , नेपालकै शान " काठमाडौँको नौ तले " धरहरा फेरी उठेर मुस्काउँन सकेको छैन !!
गोधुली साँझले काठमाडौंलाई लपेट्दा !!
बेलुकीपख रातो सूर्यको किरणले शहरको एक दिन समाप्त हुन लागेको संघघोष गरिदिन्छ । त्यसतिबेला चन्द्रागिरी चुचुरोबाट मज्जाले सूर्यास्तको दृष्यपान गर्नुस ।
Monday, July 31, 2017
घण्टाघरको औचित्यमाथि प्रस्न?
साउनमा शिवजि लाई के चडाउदा के फल प्राप्त हुन्छ
Study finds one in five teenage French girls too thin
Breaking News :थाइ बिमान नुवाकोटमा दुर्घटना १ सय १३ को मृत्यु
हङकङमा नेपाली बालिकाको दर्दनाक दुर्घटना देख्ने, सुन्नेको आँशु थामिएन
मृत्यु जीवनको धुव्रसत्य हो । तर कुनैकुनै मृत्यु यस्तो बनिदिन्छ जुन सहजै हृदयले स्विकार्दैन । जुलाई ७ तारिकका दिन तीन बर्षिय बालीका ईक्सामा लिम्बुको ईहलिला समाप्त भयो । जीवनरुपी फुल फक्रन नपाउँदै साधैका लागि चुडियो ।
साँझको समय बेलुकी ७ बजेतिर बाबा कृष्ण सेनेहाङ र सानो भाईसँग खेल्नका लागि निस्किएकी थिईन ईक्सामा । बाबाको हात समातेर हङकङका गगनचुम्बी भवन नियाल्दै हिडिरहेकी उनी एकैछीनमा हराईन् । सानो भाई लडेकाले बाबाले ईक्सामाको हात छोडेर भाई उठाउँन तर्फ लागे, ठिक त्यहि समयमा ईक्सामा पार्क तर्फ दगुरेकी थिईन् । हङकङको ब्यस्त सडक अनि तिव्ररुपमा गुडिरहेको गाडीले सानी ईक्सामालाई देखेन । अन्तत ठक्कर मात्र दिएन करिब २०० मिटर घिसारेर लग्यो । सडकभरि रगत र कपाल छरिएको अनि गाडी मुनी आफ्नी सानी छोरी देख्दा कृष्ण मुर्छित भए ।
कानुनी प्रक्रियाको लागि लगभग एक महिनापछि लिम्बु परम्पराअनुसार ईक्सामाको आइतवार अन्त्येष्टि गरियो । अन्त्येष्टिको क्रममा सहभागी हजारौं नेपालीहरुको आँशु थामिएन । बिदेशी भुमिमा आफ्नो सपना अनि आफन्तको मायाबाट टाढिएर बाँच्नुको पिडा त छदैछ आफु भन्दा बढि प्रिय मानेको सन्तानलाई गुमाउनु पर्दा आमा ज्योती र हजुरआमालाई सम्हालिन गाह्रो परिरहेको थियो ।
हङकङ स्थित ईन्टरनेशनल फ्युनरल पार्लरमा श्रृदाञ्जली अर्पण र मौनधारण पश्चात ताईवाई फुशान सम्सान घाटमा अन्त्येष्टिको लागि अन्तिम बिद्युतीय स्विचमा हात राख्दा बाबा कृष्ण र आमा ज्योतीको आँखाबाट बलिन्द्र आँशु धारा बगिरहेको थियो । सायद प्यारी छोरीको अन्तिम बिदाई नै त्यहि हो ।
किन जानु पर्यो विदेश नेपालमै माछापालनबाट वार्षिक ३० लाख आम्दानी हेर्नु होस् कसरी?
अर्थ संसार, महेन्द्रनगर - माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् ।
कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन् ।
धनुषाको सहिदनगर नगरपालिका–४ नन्नुपट्टी गाउँका ७० वर्षीय मुखियाकै नाउँले उनको गाउँ चिनिन्छ । नन्नुपट्टीमा करिब १३ बिगाहा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान फेरेको छ ।
२०२९ सालबाट माछा उत्पादन शुरु गरेका मुखियाले हालसम्म आफ्नो व्यापारमा निकै ठूलो फड्को मारेका छन् । मुखियाले निजीस्तरमा करिब ४० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन् । जसबाट उनले वार्षिक रु सात करोड मूल्य बराबरका माछाका भुरा र करिब ३०० क्वीन्टल माउ माछा उत्पादन गरी बिक्री गर्ने गरेका छन् ।
शान्त र सरल स्वभावका मुखियाको फार्मसँगै रहेको घरको आँगनमा प्रतिदिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारको ठूलो जमघट हुने गर्छ । आफूसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेलाई सहजरूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन् ।
मुखियाको व्यापारमा उहाँको छोरा कन्हैया र रमेश पनि सहयोग गर्छन् । बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेशामा नगई यसमै लागिपरेको कान्छा छोरा रमेश बताउँछन् । यस फार्ममा उत्पादन हुने माछाका भुरा काठमाडौँ, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने रमेशले बताउनुभयो ।
अहिले माछा व्यापारबाटै वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सफल मुखिया परिवारलाई यो अवस्थासम्म आइपुग्दा परिश्रम, चरम गरिबी र असिम दुःख भोगेको अनुभव पनि छ ।
विगत सम्झँदै उनले भन्नुभयो – तराईमा दलित जाति मै पर्ने उहाँको समुदाय वर्षौंदेखि गरिबीको चपेटामा छ । मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन् । आफू जन्मिएको दश दिनमै आमा पारो मुखिया बितेको धेरै पछि बुबा दुखरन मुखियाबाट थाहा पाएका बौएलालले बताउनुभयो ।
उहाँले भन्नुभयो– “त्यतिबेला आफ्ना ठुल्दाइ किसुन मुखियाका सँगै एक धुर जग्गामा रहेको झुपडीमा बस्थ्यौँ । आफू १० वर्षको हुँदा बुबा निकै बिरामी परेको र औषधोपचार गराउने अवस्था थिएन । घरमा खानाकै धौधौ थियो भने औषधि त ठूलो समस्या भइहाल्यो ।” उपचार अभावमा बुबा बितेको सम्झँदा उहाँको आँखा रसायो ।
उहाँले अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेको अनुभव उहाँसंग छ । “दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्नुहुन्थ्यो र त्यो बेचेर जे–जति आउँथ्यो, त्यसैबाट गुजारा चलाउँथ्यौँ हामी”, मुखियाले पुराना दिन सम्झिदै भन्नुभयो ।
मुखियाको अनुसार करिब १३ वर्षको उमेरमा उहाँ आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाल्नुभयो । त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए । ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे ।
उहाँले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताएका थिए । विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै । उहाँले काम गर्ने साहु तिवारीकोे तीन कट्ठा जग्गामा पोखरी थियो । मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राख्नुभयो । तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए । “तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराउनुभयो”, मुखियाले स्मरण गर्नुभयो– “सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती शुरु गरेँ ।”
सानो पोखरी उत्पादन राम्रै भयो । त्यही माछा बेचेर जीविकोपार्जन सहज हुन थाल्यो । अधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो जब तत्कालीन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे । तिवारीजीको सल्लाहमा मुखियाले त्यो पोखरी ठेक्कामा लिनुभयो । लगानी गर्ने पैसा नभएकाले रु एघार सय पैचो पनि उनै तिवारीले दिएका थिए । त्यो पैसाको भुरा किनेर पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे । झन ठूलो समस्या आइप¥यो । बाध्य भएर पाँच प्रतिशतका दरले रु ५०० ऋण लि र रु ४०० साथीको बुबासँग सापट लिनुभयो ।
त्यही रु ९०० बाट शुरु भएको माछा व्यवसाय नै आज उहाँको परिचय भएको छ । “अर्को वर्ष जब पोखरीमा माछा मार्यौ, त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो”, मुखियाले भन्नुभयो – “त्यतिबेला प्रतिकलिो रु आठमा बिक्री हुने माछाबाट रु ११ हजार आम्दानी गरें । त्यही पैसाबाट ११ कट्ठा खेत किनेर धानखेती गरेको र थप तीन कट्ठा खेत किनेर त्यसमा माछापालनको काम शुरु गरे,” उहाँले भन्नुभयो ।
आफ्नो मिहनेत र परिश्रममा सदैव साथ दिएकी श्रीमती बुधनीदेवी मुखिया र छोराको हौसलाले नै अहिलेसम्म ऊर्जा दिने गरेको मुखिया बताउनुहुन्छ । सानैमा बुबाआमा बितेकाले धेरै पढ्न नपाए पनि गाउँकै विद्यालयमा कक्षा आठसम्म अध्ययन गरेका मुखिया लामो अनुभवका कारण हाल माछासम्बन्धी बिमारी, रोग वा समस्याको निदान गर्नसमेत सक्नुहुन्छ । “म चिकित्सक त होइन तर अनुभवका कारण माछाका समस्या सजिलै बुझेर समाधान गर्न सक्छु”, मुखियाको आत्मविश्वास छ ।
सम्भावना देखेको ठाउँमा पसिना चुहाए । कुनै बेला एक कट्ठा घरघडेरीमा सीमित उनले १४ बिघा जग्गा खरिद गरे । उनीभन्दा पहिला त्यस क्षेत्रमा कसैले पनि व्यावसायिक माछाखेती गरेकै थिएन । अहिले उनकै सहयोगमा दर्जनौँ किसान व्यावसायिक माछा खेतीमा लागिपरेका छन् ।
मुखियाको मिहिनेतलाई राज्यले पनि बेलाबखत सम्बोधन गरेको उहाँ बताउनुहुन्छ । २०४६ सालमा उहाँलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो । त्यस्तै उहाँको परिश्रम र माछा उत्पादन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो । यसका साथै उहाँले देश–विदेशमा सयौँ सम्मान र पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
उहाँले भन्नुभयो– “मैले जुन गरिबी र समस्यामा आफ्नो बाल्यकाल बिताए त्यस्तो अवस्था अब आफ्नो परिवारमा कहिल्यै नआओस् त्यसका लागि केही गरेको छु जस्तो लाग्छ ।”
२० वर्ष पूर्व भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भई सफल कार्यकाल चलाई सक्नु भएको मुखिया अबको स्थानीय तहको निर्वाचनमा आफ्नो नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभयो ।
धनुषाको प्रत्येक गाविसमा कम्तीमा दुई र बढीमा २२ वटा सम्म पोखरी रहेको जानकारी मत्स्य व्यवसायी संघ धनुषाका अध्यक्ष कन्हैया मुखियाले दिनुभयो । उहाँले जिल्लामा ३७० पोखरीको संख्यामा रहेको जानकारी दिदैं सबैभन्दा बढी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पोखरी रहेको बताउनुभयो । अहिले जनकपुरको माछा नेपालमा नै प्रसिद्ध छ ।
Sunday, July 30, 2017
साँघुरो डेरामा जन्मिएको माइती नेपाल र अनुराधाको संघर्ष
टेलिकमको अफरः डाटाबाट इन्टरनेट चलाउन झन् सस्तो, फोन उठाउँदा पनि बोनस पाइने
त्यसैगरी २५ जीबी डाटाको ५ सय रुपैयाँ र ४० जीबीको डाटाको मूल्य ७ सय रुपैयाँमात्र तोकिएको छ । यी डाटाको गति १ एमबीपीएससम्म हुनेछ ।
सरकारले साथ दिए लेलेमा धुर्मुुस सुन्तलीको ‘नमुना बस्ती’ बन्ने
Saturday, July 29, 2017
ट्राफिक ब्यवस्थापन सुधार्न एसएसपी सर्वेन्द्र खनालले गरे यस्तो सम्मानित कार्य, दुई दिनमै सुधार
यो सामाग्री मन परे लाइक गर्नुहोस
अनुसन्धानले भन्छ-’नियमीत यौन सम्पर्क गरे यस्ता रोग लाग्दैन’
माछापालनबाट वार्षिक ३० लाख आम्दानी
अर्थ संसार, महेन्द्रनगर - माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् ।
कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन् ।
धनुषाको सहिदनगर नगरपालिका–४ नन्नुपट्टी गाउँका ७० वर्षीय मुखियाकै नाउँले उनको गाउँ चिनिन्छ । नन्नुपट्टीमा करिब १३ बिगाहा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान फेरेको छ ।
२०२९ सालबाट माछा उत्पादन शुरु गरेका मुखियाले हालसम्म आफ्नो व्यापारमा निकै ठूलो फड्को मारेका छन् । मुखियाले निजीस्तरमा करिब ४० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन् । जसबाट उनले वार्षिक रु सात करोड मूल्य बराबरका माछाका भुरा र करिब ३०० क्वीन्टल माउ माछा उत्पादन गरी बिक्री गर्ने गरेका छन् ।
शान्त र सरल स्वभावका मुखियाको फार्मसँगै रहेको घरको आँगनमा प्रतिदिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारको ठूलो जमघट हुने गर्छ । आफूसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेलाई सहजरूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन् ।
मुखियाको व्यापारमा उहाँको छोरा कन्हैया र रमेश पनि सहयोग गर्छन् । बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेशामा नगई यसमै लागिपरेको कान्छा छोरा रमेश बताउँछन् । यस फार्ममा उत्पादन हुने माछाका भुरा काठमाडौँ, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने रमेशले बताउनुभयो ।
अहिले माछा व्यापारबाटै वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सफल मुखिया परिवारलाई यो अवस्थासम्म आइपुग्दा परिश्रम, चरम गरिबी र असिम दुःख भोगेको अनुभव पनि छ ।
विगत सम्झँदै उनले भन्नुभयो – तराईमा दलित जाति मै पर्ने उहाँको समुदाय वर्षौंदेखि गरिबीको चपेटामा छ । मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन् । आफू जन्मिएको दश दिनमै आमा पारो मुखिया बितेको धेरै पछि बुबा दुखरन मुखियाबाट थाहा पाएका बौएलालले बताउनुभयो ।
उहाँले भन्नुभयो– “त्यतिबेला आफ्ना ठुल्दाइ किसुन मुखियाका सँगै एक धुर जग्गामा रहेको झुपडीमा बस्थ्यौँ । आफू १० वर्षको हुँदा बुबा निकै बिरामी परेको र औषधोपचार गराउने अवस्था थिएन । घरमा खानाकै धौधौ थियो भने औषधि त ठूलो समस्या भइहाल्यो ।” उपचार अभावमा बुबा बितेको सम्झँदा उहाँको आँखा रसायो ।
उहाँले अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेको अनुभव उहाँसंग छ । “दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्नुहुन्थ्यो र त्यो बेचेर जे–जति आउँथ्यो, त्यसैबाट गुजारा चलाउँथ्यौँ हामी”, मुखियाले पुराना दिन सम्झिदै भन्नुभयो ।
मुखियाको अनुसार करिब १३ वर्षको उमेरमा उहाँ आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाल्नुभयो । त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए । ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे ।
उहाँले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताएका थिए । विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै । उहाँले काम गर्ने साहु तिवारीकोे तीन कट्ठा जग्गामा पोखरी थियो । मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राख्नुभयो । तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए । “तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराउनुभयो”, मुखियाले स्मरण गर्नुभयो– “सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती शुरु गरेँ ।”
सानो पोखरी उत्पादन राम्रै भयो । त्यही माछा बेचेर जीविकोपार्जन सहज हुन थाल्यो । अधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो जब तत्कालीन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे । तिवारीजीको सल्लाहमा मुखियाले त्यो पोखरी ठेक्कामा लिनुभयो । लगानी गर्ने पैसा नभएकाले रु एघार सय पैचो पनि उनै तिवारीले दिएका थिए । त्यो पैसाको भुरा किनेर पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे । झन ठूलो समस्या आइप¥यो । बाध्य भएर पाँच प्रतिशतका दरले रु ५०० ऋण लि र रु ४०० साथीको बुबासँग सापट लिनुभयो ।
त्यही रु ९०० बाट शुरु भएको माछा व्यवसाय नै आज उहाँको परिचय भएको छ । “अर्को वर्ष जब पोखरीमा माछा मार्यौ, त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो”, मुखियाले भन्नुभयो – “त्यतिबेला प्रतिकलिो रु आठमा बिक्री हुने माछाबाट रु ११ हजार आम्दानी गरें । त्यही पैसाबाट ११ कट्ठा खेत किनेर धानखेती गरेको र थप तीन कट्ठा खेत किनेर त्यसमा माछापालनको काम शुरु गरे,” उहाँले भन्नुभयो ।
आफ्नो मिहनेत र परिश्रममा सदैव साथ दिएकी श्रीमती बुधनीदेवी मुखिया र छोराको हौसलाले नै अहिलेसम्म ऊर्जा दिने गरेको मुखिया बताउनुहुन्छ । सानैमा बुबाआमा बितेकाले धेरै पढ्न नपाए पनि गाउँकै विद्यालयमा कक्षा आठसम्म अध्ययन गरेका मुखिया लामो अनुभवका कारण हाल माछासम्बन्धी बिमारी, रोग वा समस्याको निदान गर्नसमेत सक्नुहुन्छ । “म चिकित्सक त होइन तर अनुभवका कारण माछाका समस्या सजिलै बुझेर समाधान गर्न सक्छु”, मुखियाको आत्मविश्वास छ ।
सम्भावना देखेको ठाउँमा पसिना चुहाए । कुनै बेला एक कट्ठा घरघडेरीमा सीमित उनले १४ बिघा जग्गा खरिद गरे । उनीभन्दा पहिला त्यस क्षेत्रमा कसैले पनि व्यावसायिक माछाखेती गरेकै थिएन । अहिले उनकै सहयोगमा दर्जनौँ किसान व्यावसायिक माछा खेतीमा लागिपरेका छन् ।
मुखियाको मिहिनेतलाई राज्यले पनि बेलाबखत सम्बोधन गरेको उहाँ बताउनुहुन्छ । २०४६ सालमा उहाँलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो । त्यस्तै उहाँको परिश्रम र माछा उत्पादन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो । यसका साथै उहाँले देश–विदेशमा सयौँ सम्मान र पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
उहाँले भन्नुभयो– “मैले जुन गरिबी र समस्यामा आफ्नो बाल्यकाल बिताए त्यस्तो अवस्था अब आफ्नो परिवारमा कहिल्यै नआओस् त्यसका लागि केही गरेको छु जस्तो लाग्छ ।”
२० वर्ष पूर्व भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भई सफल कार्यकाल चलाई सक्नु भएको मुखिया अबको स्थानीय तहको निर्वाचनमा आफ्नो नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभयो ।
धनुषाको प्रत्येक गाविसमा कम्तीमा दुई र बढीमा २२ वटा सम्म पोखरी रहेको जानकारी मत्स्य व्यवसायी संघ धनुषाका अध्यक्ष कन्हैया मुखियाले दिनुभयो । उहाँले जिल्लामा ३७० पोखरीको संख्यामा रहेको जानकारी दिदैं सबैभन्दा बढी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पोखरी रहेको बताउनुभयो । अहिले जनकपुरको माछा नेपालमा नै प्रसिद्ध छ ।
Friday, July 28, 2017
घातक हुँदै स्वाइन फ्लु स्याङजाको वालिङमा स्वाइन फलुको प्रकोप
स्याङजाको वालिङमा स्वाइन फलुको प्रकोप
राजधानीमा १२ जना स्वाइन फलु प्रभावित भेन्टिलेटरमा
राजधानीसहित अन्य शहरमा प्रकोप फैलिने सम्भावना
स्वाइन फ्लुले मृत्यु भएका ती व्यक्तिलाई ग्रान्डी इन्टरनेसनल हस्पिटलबाट शिक्षणमा ल्याइएको थियो। हाल राजधानीका प्रतिष्ठित निजी र सरकारी अस्पतालहरूमा स्वाइन फ्लु भएका १२ व्यक्तिलाई भेन्टिलेटरमा राखिएको जनाउँदै डा. किशोर खनाल यस्ता अधिकांश बिरामी पोखरा, बुटवल, स्याङ्जाका रहेको बताउँछन्।
यो वर्ष स्वाइन फ्लु पहिलेभन्दा निकै कडा देखिएको जनाउँदै डा. आचार्यले भन्छन्, ‘एन्टिभाइरल औषधि टेमी फ्लु सुरु गरे पनि १० देखि १५ प्रतिशतसम्म संक्रमितमा सिभियरिटी (तीव्रता) बढेको थियो। उनीहरूलाई एन्टिभाइरल दिए पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था देखियो।’
मुटु, दम, मधुमेह र क्षय रोग भएका, श्वासप्रश्वासको रोग भएका, मोटा व्यक्ति, मद्यपान गर्ने, मृगौला फेल भएका, डायलसिसमा रहेका, क्यान्सर भएका स्वाइन फ्लुको बढी जोखिममा हुन्छन्। बूढापाका, पाँच वर्षमुनिका बालबालिका, गर्भवतीहरू, पार्किन्सन्सलगायतका स्नायुसम्बन्धी रोग भएका र कमजोर रोग प्रतिरोधक क्षमता भएकाहरू पनि यस्तो खतरामा हुन्छन्।
हाम्रो मुलुकमा स्वाइन फ्लु प्राय: वर्षेनी दुईपटक फैलिने गरेको छ। यो संक्रमण तापक्रम एकदम बढी भएर विस्तारै घट्न थाल्दासमेत देखिन्छ। यस्तो अवस्थामा यसको भाइरस बढी सक्रिय हुन्छ। यस्तै जाडो याममा समेत तापक्रम चिसोबाट गर्मीतिर जान लाग्दा भाइरस सक्रिय भएर स्वाइन फ्लु हुने गरेको डा. शर्मा बताउँछन्।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले एन्टिभाइरल औषधि ‘ओसेल्टामिविर’ सहज रूपमा औषधि पसलहरूमा उपलब्ध नहुँदा उपचारमा समस्या परिरहेको बताएका छन्।
हाल टेमी फ्लु सरकारी स्वास्थ्य निकायबाट पुर्जा हेरेर मात्र दिने गरिएको छ। डा. चोखानीका अनुसार यसले गर्दा तुरुन्त औषधि सुरु गर्नुपर्नेहरूलाई कुर्नुपर्ने बाध्यता छ।
उनी टेमी फ्लुको बिक्री लाइसेन्स प्राप्त औषधि पसलबाट समेत गर्नुपर्ने जनाउँदै यसलाई चिकित्सकीय पुर्जा देखाएपछि किन्न पाउनुपर्ने बताउँछन्।
स्वाइन फ्लु साससँग सम्बन्धित एउटा संक्रामक भाइरल रोग हो। सन् २००९ मा यो रोग विश्वव्यापी महामारी बन्यो। यो टाइप ए भाइरसका कारणले हुन्छ। यो भाइरस शरीरमा प्रदूषित हावालाई सासका माध्यमले भित्र जाँदा वा कुनै प्रदूषित सतहलाई छोएर आँखा, नाक वा मुखलाई छोएपछि शरीरभित्र प्रवेश गर्छ। स्वाइन फ्लुको लक्षण सामान्य भाइरलसँग मिल्दोजुल्दो भए पनि यसको तीव्रता धेरै बढी हुन्छ। घाँटी बिग्रनु, उच्च ज्वरो, अल्छीपना र शक्तिहीनता अनुभव हुनु यसका सामान्य लक्षण हुन्। यसको उपचार लक्षणका आधारमा गरिन्छ। स्वाइन फ्लुका केही केसमा बिरामीलाई वान्ता हुने र पखाला लाग्नेसमेत देखिएको छ। यसको गम्भीर केसमा निमोनिया र शरीरका अंगहरू फेल पनि हुन्छन्।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सामान्य रुघाखोकीको विषाणुजस्तै स्वाइन फ्लुको विषाणु फैलिन्छ। जसरी मौसमी रुघाखोकी हाच्छिउँ वा रोगीले छुँदा, आम्नेसाम्ने कुरा गर्ने व्यक्तिमा फैलिन्छ, त्यसैगरी एच१एन१ समेत फैलिने गरेको छ।
यो रोग पकाएको सुँगुरको मासु खानाले वा सुँगुरनजिक रहनाले हुँदैन। यदि फ्लु विषाणु भएको कुनै वस्तुलाई कुनै व्यक्तिले छोएर आफ्नो नाक वा मुखलाई छोयो भने रोग सर्न सक्छ।
जब कुनै रोगी खोक्छ वा हाच्छिउँ गर्छ, त्यति बेला धेरै ससाना पानीको नदेखिने कण (ड्रप्लेट) वातावरणमा फैलिन्छ। रोग प्रभावित व्यक्तिले कुराकानी गर्दासमेत मुखबाट निस्किने ससाना नदेखिने पानीका कणमा विषाणु हुन सक्छन्।
स्वाइन फ्लु संक्रमण भएकाहरूलाई ओसेल्टामिविर अर्थात् टामी फ्लु र जनामिविर अर्थात् रेलेसा नामक विषाणुरोधी औषधि दिने गरिन्छ। यी दुइटै औषधिले विषाणुको प्रोटिन न्युरामिनिडेजलाई दमन गर्छन्। यी औषधि सबैथरीका इन्फलुएन्जा ए भाइरसविरुद्घ प्रभावकारी प्रमाणित भएका छन्। ईन्फलुएन्जाको विषाणुरोधी औषधि यो रोगको रोकथामका लागि ती व्यक्तिहरूलाई दिन सकिन्छ, जो अहिले रोगी नभए पनि एच१एन१ बाट ग्रस्त व्यक्तिको सम्पर्कमा पुगिसकेका छन्। वा, कुनै यस्ता रोगीको सम्पर्कमा छन्।
उस्ताउस्तै लक्षण हुने भएकोले मौसमी रुघाखोकी र स्वाइन फ्लुबीचको अन्तर छुट्टयाउन गाह्रो हुने गरेको छ। ज्वरो बढी आयो, सास फेर्न असजिलो भयो भने तुरुन्त चिकित्सककहाँ पुगिहाल्नुपर्छ।
‘हामीलाई समेत लक्षणको आधारमा स्वाइन हो कि सामान्य फ्लु भन्ने छुट्टयाउन गाह्रो पर्ने भएकोले कडा रुघाखोकी देखिएकाहरूले तुरुन्त चिकित्सकीय सहयोग लिनुपर्छ,’ डा. चोखानी सुझाउँछन्। प्रयोगशाला परीक्षणपछि स्वाइन भए/नभएको किटान गर्न सकिन्छ।
- सामान्य रुघाखोकीमा झैँ नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, खोकी लाग्नु
- तीव्र ज्वरो देखिनु, औषधि खाँदासमेत ज्वरो नघट्नु,
- पखाला लाग्नु, वान्ता हुनु
- घाँटी खसखसाउनु, यस्तो क्रम बढ्दै जानु
- टाउको फुट्लाजस्तो हुनु, मांसपेसी दुख्नु, अत्यधिक थकाइ लाग्नु
- बूढापाका, पाँच वर्षमुनिका बालबालिका र गर्भवतीहरू
- मुटु, फोक्सो र मृगौला र दमका रोगीहरू
- पार्किन्सन्सलगायतका स्नायुसम्बन्धी रोग भएकाहरू
- मधुमेह भएका, रोगप्रतिरोधक क्षमता कमजोर भएकाहरू
- सार्वजनिक स्थानबाट घर फर्केपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ।
- हात नधोएसम्म मुख, नाक वा आँखा छुनुहुन्न किनभने शरीरमा विषाणु प्रवेश गर्ने बाटा नै यिनै हुन्।
- खोक्नु वा हाच्छिउँ गर्नुअघि टिस्यु पेपर वा रुमालले मुख छोप्नुपर्छ। त्यसपछि टिस्यु पेपरचाहिँ फयाँक्ने र रुमाललाई तातो पानीमा छोएर सुकाउनुपर्छ। हात पनि राम्ररी धुनुपर्छ।
- घरको भुइँ विसंक्रमित पार्नुपर्छ।
- रोगीले काममा जानुहुन्न। सामाजिक मेलमिलाप तथा उत्सवबाट टाढै बस्नुपर्छ, अन्य व्यक्तिलाई तपाईंको रोग नसरोस् भनेर।
- रोगीसँग घनिष्ठ सम्पर्कमा बस्नुहुन्न।
झाडापखाला लागेको बिरामीलाई ईशुले ठिक पार्नुहुन्छ भन्दै बाईबल पढ्दापढ्दै मृत्यु
अन्तिम सेकेन्डमा फेसबुकमा “समप्त”भनेर गरे युवकले आत्महत्या..! तर किन ?
१२ साउन, उदयपुर : त्रियुगा नगरपालिका वडा नं.११ निवासी अन्दाजी २१ बर्षिय सुशील कोइरालाले फेसबुकमा समाप्त…. लेखेर एक युवकले आत्महत्या गरेका छन |
निल्न मलाई
उनको सपना बोकी
चिल्न मलाई
अब तँ मात्र मरो हो
भर छैन कसैको
खुलेर कराउँछु म त
डर छैन कसैको
खुसी र हाँसो के हो
कालो मात्र देख्छु
मर्नु पर्ने हुलमा आफ्नै
पालो मात्र देख्छु
ए रात भन्देन मलाई
मर्ने कसरी सहज
डुब्नै लागेँ आँसुमा अब
तर्ने कसरी सहज
सास त भाग्यले खायो
छाती पिरले
मुटु मा प्वाल पार्छ याद
राती तिरले
भत्केको घर भो सरिर
छोडेर गए सब
दुखी छस तँ भन्दै नाता
तोडेर गए सब
ए रात भन्देन मलाई
गरूँ के अब
तँ पनी चुप लागी बस्दा
मरूँ के अब …….?’
happy new year
https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...