Tuesday, August 29, 2017

नर्भिकमा डाक्टरको लापरबाहीले १६ महिने शिशुको ज्यान गएको परिवारको आरोप

अस्पताल परिसरमा तनाव, चिकित्सकलाई कारबाहीको माग
                        भाद्र १३, २०७४- थापाथलीस्थित नर्भिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु  भएको भन्दै मंगलबार दिउँसोदेखि नै अस्पताल परिसर तनावग्रस्त बनेको छ । डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले अस्पताल तोडफोड गरेका छन् । अस्पतालको झ्यालढोका र केही थान कम्प्युटर फुटेको छ । अस्पताल परिसर सुरक्षाकर्मीले घेरिएको छ । मृतकका परिवार आक्रोशित छन् ।
सामान्य ज्वरो आएर मंगलबार बिहान भर्ना भएकी बालिका भिक्टोरिया आर्चायलाई दिउँसो अस्पतालले एकाएक मृत घोषणा गरेको मृतकका बाबु डा. रमेश आर्चायले बताए । छोरीको मृत्युसँगै आमाको चन्द्रा चपाइँको अस्पताल परिसरमा रोइकराइ गरिरहेकी छिन् ।
‘डाक्टरको टिमले बच्चाको फोक्सोमा आवश्यकताभन्दा मोटो पाइप घुसारिदिएछन्, धेरै रगत  बगिरहेको थियो,' बुबा रमेशले भने, ‘रगत नरोकिएपछि हामीले कान्ती अस्पताल लान्छौं भन्दा दिएनन्, पछि मृत घोषणा गरे ।’ बच्चा लिन कान्तीबाट एम्बुलेन्स आउँदा पनि डाक्टरको टिमले जबरजस्ती गरेको आर्चायले बताए ।
बच्चाको मृत्युबारे अस्पतालले स्पष्ट कारण नदिएको मृतक परिवारको गुनासो छ । बच्चाको मृत्यु पश्चात उनको उपचारमा संलग्न डा. विनिता जोशी  र डा. रितु लामिछाने मृतक परिवारको सम्पर्कमा आएका छैनन् । 'मेरो छोरीको उपचार गरेका डाक्टरले मृत्युको कारण खुलाएका छैनन्,' बुबा रमेशले भने ।
बच्चाको मृत्युबारे अस्पतालले चित्तबुझ्दो जवाफ नदिए आन्दोलन थाल्ने परिवारले बताएको छ । सरकारले अस्पताललाई कानुनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ । ‘नत्र हामी सडक आन्दोलन थाल्छौं ,’ बच्चाका हजुरबुवा भूपेन्द्र चपाइँले भने ।
हालसम्म अस्पतालले बच्चाको मृत्युमा आफ्नो गल्ती स्वीकारेको छैन । यसबारे थप जानकारी लिन खोज्दा नर्भिक अस्पताल प्रशासनले कुनै जवाफ दिन चाहेन ।


थापाथलीस्थित नर्भिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु  भएको भन्दै मंगलबार दिउँसोदेखि नै अस्पताल परिसर तनावग्रस्त बनेको छ । डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले अस्पताल तोडफोड गरेका छन् । 
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive