नायिका
ईशा गुप्ता आजकाल आफ्नो नयाँ फिल्म ‘बादशाहो’ भन्दा बढि आफ्नो फोटोसुटका
कारण चर्चामा छिन् । इन्स्टाग्राममा नग्न फोटोका कारण उनले आपत्तिजनक र
भद्दा कमेन्टको सामना गर्नुपर्यो । यद्यपी, अब ईशाले पनि आफ्ना आलोचकलाई
कडा जवाफ दिएकी छिन् ।
यी सबै कुराका
लागि आफू पहिले नै तयार भएको बताउने ईशा भन्छिन्, ‘मलाई लाग्दैन कि मेरो
तस्बिरमा केही अश्लिलता छ । यो मेरो शरिर हो । हाम्रो देशमा महिलामाथि नै
सधैं आरोप लगाइन्छ । मलाई थाहा थियो कि मैले पनि मानिसहरुको रिसको सामना
गर्नुपर्छ । मैले पहिले पनि यस्तो प्रकारको फोटोसुट गराएकी थिएँ जब म
मोडलिङ गर्दथें । म त्यतिबेला पनि नग्न र टपलेस हुने गर्दथें तर त्यतिबेला
मानिसहरुले मलाई कहिले पनि यस्ता प्रश्न सोधेनन् ।’
ईशाका
अनुसार यदि कोही महिला बोल्ड हुन्छिन् भने पुरुषलाई समस्या हुन थाल्छ ।
उनीहरुलाई यस्तो लाग्छ कि कसैले उनको पुरुषत्वलाई चुनौती दिइरहेका छन् ।
उनी भन्छिन्, ‘यस्ता मानिसहरु कपटी र पाखण्डी नै हुन्, जो आफ्नो मोबाइलमा
सधैं यस्ता फोटो सेभ गर्दछन् । हामी अजन्ता, एलोरा र कामसूत्र भएको देशमा
बस्छौं जहाँ कुनै महिलाको फोटोसुट उनी आफैंको इच्छाशक्तिमा निर्भर हुन्छ ।’
उनी
थप्छिन्, ‘मेरो तस्बिर हेरेर समस्यामा पर्ने मानिसहरु को हुन् ? यो मेरो
शरिर हो र उक्त सुट कलात्मक तरिकाले गरिएको छ । एउटा पातलो रेखा छ जुन
नाघेपछि तपाईं अश्लिल देखिन थाल्नुहुन्छ तर मेरो तस्बिरमा कुनै अश्लिलता
छैन । मैले घृणाभन्दा धेरै प्रेम पाएकी छु । मानिसहरुले मलाई घृणा गर्नुको
साटो बिर्सिएकै राम्रो ।’
ईशा गुप्ता अहिले आफ्नो नयाँ फिल्म बादशाहोको प्रोमोशनमा व्यस्त छिन् ।








0 comments:
Post a Comment