Thursday, August 31, 2017

टेलिकमद्वारा बाढी पीडितलाई नि: शुल्क सिम वितरण

             

           भाद्र १५, २०७४   नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा प्रिपेड सिम नि:शुल्क वितरण गरेको छ । टेलिकमले बाढी प्रभावित तराईका २३ वटा जिल्लाहरुमा ५० रुपैयाँ टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड वितरण गरेको हो । टेलिकमले आज विज्ञप्ति जारी गर्दै सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको नि:शुल्क कल गर्ने सुविधा सहितको सिम वितरण शुरु भएको जनाएको हो । साथै बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नि:शुल्क उपलब्ध गराउने समेत जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ । यहि भाद्र १२ देखि २६ गतेसम्म उपलब्ध हुने यो सुविधा कम्पनीको ग्राहक सेवा केन्द्रबाट समेत लिन सकिने टेलिकमले जनाएको छ ।  
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive