श्रावण २५, २०७४- डाक्टर गोविन्द केसीको अनसनप्रति सरकारी उदासिनताको विरोधस्वरुप जिल्ला अस्पताल भोजपुरका स्वास्थ्यकर्मीले कालोपट्टी बाँधेर समर्थन जनाएका छन् ।
सरकारी चिकित्सक संघ (गोडान)ले मंगलबार बसेको आकस्मिक बैठकमा गरेको निर्णयअनुसार बुधबार कार्यालय समयमभर कालोपट्टी बाँधेर सर्मथन जनाएको अस्पतालका डाक्टर रत्नवीर सुनारले बताए । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै ११औं पटक अनसनरत डा. केसीको समर्थनस्वरुप उनीहरुले पर्चापम्लेटको मौन प्रदर्शन गरेका छन् ।









0 comments:
Post a Comment