काठमाडौं । कोरियामा काम गरिरहेका कामदार वा
कार्यअवधि सकिएर स्वदेश फर्किएका ३ सय ६८ जना नेपाली युवाले बीमा वापतको
रकम दावी गरेका छैनन् ।
ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया गएका
कामदारले बिमा रकम दाबी नगरेपछि एचआरडी सर्भिस अफ कोरियाले वैदेशिक रोजगार
विभागअन्तर्गतको ईपीएस कोरिया शाखालाई पत्राचार गरेको छ ।
बीमा वापत पाउनुपर्ने ६० हजारदेखि १४ लाख
रुपैयाँसम्म व्यक्तिगत रकम देखिएको छ । बीमा वापतको रकम तीन वर्षसम्म दावी
गर्न नआएपछि कोरियाको सामसुङ ह्वाजे बीमा कम्पनीले एचआरडी कोरियामा पठाएको
थियो ।
बीमा वापतको पैसा दावी गर्न ललितपुरको ग्वार्को स्थित एचआरडी कोरिया, ईपीएस शाखाबाट प्रक्रिया अघि बढाउन सकिन्छ ।
यहाँ हेर्नुहोस् बीमा फिर्ता नपाएकाहरूको नामावली








0 comments:
Post a Comment