Friday, August 25, 2017

बालविवाह रोक्न ‘सरदेवी नाच’

                      

भाद्र ९, २०७४- कुनै बेला यही नाचले बालविवाहलाई प्रश्रय दिन्थ्यो । हरितालिका तीजको दिन गाउँघरका महिला भेला भएर बालिका पर नसर्दै विवाह गर्नुपर्छ भनेर स्वरमा स्वर मिलाउँथे । भगवानको आशीर्वाद भन्थे । विवाहको नाटक गर्थे र समाजलाई प्रभावित पार्थे ।
अहिले तिनै महिला छोरी पढाउनुपर्छ, सक्षम बनाएर मात्रै विवाह गर्नुपर्छ भनेर सन्देश प्रवाह गरिरहेका छन् । वर्षको एक दिन ‘हरितालिका तीज’ को दिनमात्रै नाचिने ‘सरदेवी नाच’ ले जिल्लाको पूर्वी क्षेत्रमा बालविवाह रोक्न ठूलै योगदान गरेको छ । साबिकका दर्जनभन्दा बढी गाविसका मानिस हेर्न आउने र रुचाउने भएकाले उनीहरू बालविवाहविरुद्धको सन्देश लिएर फर्कने गरेका छन् । महिलामात्रैको प्रतिस्पर्धात्मक यो दोहोरीजस्तै हो । दुवै टिममा समान महिला हुन्छन् । त्यसको नेतृत्व एक जनाले लिन्छन् । बीचमा बालक र बालिका दुई जनालाई राखिएको हुन्छ । त्यसको पूर्व र पश्चिममा प्रतिस्पर्धी टोल उभिन्छन् र गीतबाटै सवाल–जवाफ यस्तो हुन्छ : 
क : सरदेवी देवीका नाउँमा कन्या माग्न आएका
ख : सरदेवी देवीका नाउँमा हाम्री छोरी सानै छन् 
क : सरदेवी देवीका नाउँमा हामीले देख्ता ठूलै छन् 
ख : सरदेवी देवीका नाउँमा हाम्री छोरी पढदै छन्
क : सरदेवी देवीका नाउँमा हामीले लगेर पढाउँछौं
ख : सरदेवी देवीका नाउँमा बुहारी पढाउने चलन छैन

समयको परिधि नहुने सवालजवाफमा बालविवाह गर्नु हुँदैन । यसले समाजलाई हानि गर्छ । छोराछोरी पढाउनुपर्छ । सक्षम बनाउनुपर्छ र उनीहरूलाई नै विवाहको निर्णय गर्न सक्ने बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गरेपछि गीत सकिन्छ । केटा पक्षकाले कुरा बुझेनछौं, समयलाई चिनेनछौं, सम्झाइदिनुभएकोमा धन्यवाद भनेपछि एउटा टोलीको नाच सम्पन्न हुन्छ ।
सरदेवी नाचमा केटा पक्षले पुरातनदेखिको विषय जोड्छन् भने केटी पक्षले विश्व परिवेशलाई चिनाउँछ र सन्तुष्ट बनाउँछ । यो वर्षको सरदेवी नाचमा नेपालको उच्चतहमा पुगेका महिला राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उदाहरण दिएर कन्या पक्षले वर पक्षलाई फर्काएका थिए । बाल्यकालपछि युवावस्थालाई आधार बनाएर अर्को समूहको नृत्य हुन्छ । यसमा पनि पात्र वर र कन्या पक्षका हुन्छन् । यहाँ पनि यो पढ्ने समय हो । अभिभावकको सल्लाहअनुसार राम्रो पढ्नुपर्छ । गलत निर्णय लिनु हुँदैन भनेर प्रस्तुति दिइन्छ र वर पक्षलाई प्रभावित पारिन्छ । तेस्रो नृत्यमा भने राम्रो विषय पढेको, घरपरिवार इमान्दार भएका, समाजलाई चिन्न सक्ने, मादक पदार्थ सेवन नगर्नेलाई केटीकै परामर्शमा कन्या दिन अभिभावक सहमत हुन्छन् । यसमा महिला एकआपसमा हात समाएर अगाडिपछाडि सर्दै सवाल जवाफ गर्ने गर्छन् ।
सिरिजंगा गाउँपालिका उपाध्यक्ष लीलादेवी चौहान गौतम वर्षमा एक दिन मात्रै हुने नाचले वर्षदिनभरि झल्को दिने र विवाहको विषयमा निर्णय गर्नुपर्दा अभिभावकले यसलाई सम्झने बताउँछिन् । वर्ष दिनमा नाचिने नाचकै प्रभावले बालविवाह कम भएको उनको दाबी छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive