Tuesday, August 15, 2017

युएईको ११ हजारमा बेचिएकी कुवेत पठाउँदै गरेकी नेपाली महिला एअरपोर्टबाट उद्दार…



दलालले भारतको बाटो हुँदै युएई ल्याएर घरेलु कामदारको रुपमा कुवेत पठाउँदै गरेकी सुरुङ्गा झापा घर भएकी मुना डाँगीलाई दुबई एअरपोर्टबाट उद्दार गरिएको छ ।
डाँगीलाई दलालले युएईको अजमानमा ल्याएर राखेको थियो । उनलाई कुवेत पठाउनका लागि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो। विमानस्थलमा भेट भएकी नेपाली महिला दिपिका भण्डारीले सोधीखोजी गर्दा आफू दलालमार्फत युएई आएको र आफूलाई दलालले कुवेतमा बिक्री ल्याएको बताएपछि उनको उद्दारका लागि पहल भएको थियो । भण्डारीले एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीसँग समन्वय गरी पिडित डाँगीको अवस्थाको बारेमा एअरपोर्ट प्रहरीलाई खवर रेकी थिइन ।डाँगीले आफू कुवेत जान नचाहेको तर, नेपाल फर्कन आफूलाई केही थाहा नभएको बताईन ।
दुई छोरा र एक छोरीकी आमा डाँगी अहिले विमानस्थलमा छन् । उनको उद्दारमा पहल गर्ने दिपिका भण्डारीको पहलमा उनको नेपाल फिर्तीको टिकट व्यवस्था गरेर आज ५ बजे उनी नेपाल फर्किदै छन् आफ्नो यात्राबीचमै रोकेर २४ घण्टासम्म निरन्तर पहलपछि नेपाली महिला डाँगीलाई उद्दार गरी नेपाल फर्काउन पाएकोमा भण्डारीले खुशी व्यक्त भनिन्, ‘नेपाली महिला दिदिबहिनीहरुलाई दलालले बेचेर धेरै दुःख दिएका छन् । एउटा नेपाली दिदीलाई उद्दार गर्न सके, खुशी लागेको छ ।”नयाँ पत्रिकासँगको कुराकानीमा डाँगीले युएई ल्याउने दलालले आफूजस्तै धेरै नेपाली महिलालाई बन्धक बनाएर राख्ने गरेकोे बताईन । उनीलगायत चार जना नेपाली महिला १२ दिन पहिले युएई आएका थिए ।
नेपालमा दलाल सम्झना राई र युएईमा दलालको नाम थाहा नभएको उनले बताइन । दुई दिन भारतमा राखेर भारतको बाटो हुँदै राम्रो भिषा र धेरै पैसा कमाइने आश्वासन दलालले दिएको उनले बताईन ।आफूलाई कुवेतमा युएई दिहराम्स ११ हजारमा बेच्न लागेको थाहा पाएर कुवेत नजाने कुरा गर्दा दलालले पासपोर्टमा व्याण्ड लगाएर २ वर्ष युएईमा जेल हालिदिने धम्की दिएका थिए ।
कुवेत नजाने भए २ लाख नेपाली रुपैया दिनुपर्ने र विभिन्न धम्कीको कारण आफू बाध्य भएर कुवेत जान तयार भएको उनले बताइन । आफू नेपाली, बंगलादेशी, श्रीलंकन गरी धेरै महिलाहरुलाई उक्त दलालले थुनेर राखेको बताइन ।काम गर्न नसकेर फर्किएका महिलाहरुलाई दलालले आफ्नो पैसा डुबेको भन्दै कुट्ने, जबरजस्ती काममा लगाउने र धम्की दिने गरेको उनको भनाई छ । कहिलेकाँही प्रहरी चेक गर्न आउदा बाहिर लुकाएर राख्ने गरेका पनि उनले बताइन ।उनी जस्तै भिजिट भिषा वा नक्कली भिषामा युएई ल्याएर कुबेत, ओमनलगायतका देशमा बेचबिखनका लागि ल्याइएका महिलाहरु दैनिक विमानस्थलमा भेटिने त्यहाँ कार्यरत नेपालीहरु बताउँछन् ।साभार: नया पत्रिका
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive