Monday, August 28, 2017

दोक्लमबाट एक्कासि किन भाग्यो भारतीय सेना ? चीनको एउटा संकेतले उसको यसरी सात्तो गएको थियो !

काठमाण्डौ । चीन र भुटानको सीमामा चिनियाँ सेनाले सुरु गरेको सडक निर्माणको काम रोक्न दोक्लाम पुगेको भारतीय सेना अन्ततः पछि हट्न बाध्य भएको छ । तनाबकै बीचमा भारतले दुवै देशका सैनिक पछि हट्न राखेको प्रस्ताव चीनले ठाडै अस्वीकार गरेपछि भारतीय सेना अन्ततः हार मानेर फर्किएको हो ।
दोक्लाम विवाद चर्किएलगत्तै दुवै देशबीच दर्जनौ पटक वार्ताहरु भएका थिए । ती वार्तामा भारतले दुवै देशका सेना केही पछि हट्ने प्रस्ताव राखेको थियो । त्यसलाई चीनले सिधै अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
भारतले चीनसँगको यो सम्बन्ध सुधारको संकेत ब्रिक्स सम्मेलनमा भाग लिन जानुभन्दा केही दिनअघि दिएको छ । यद्यपि, भारतले आफ्नो सेनालाई आफ्नै देशमा फर्काएपनि चिनियाँ सेनाहरु भने अझै दोक्लाम क्षेत्रमा गस्ती गरिरहेको रोयटर्सले जनाएको छ । यसको मतलव दोक्लम विवादमा चीनको जित भएको छ । भारतीय सेना आफ्नो सुरक्षित स्थानमा पुगिसकेको समेत सञ्चारमाध्यामहरुले जनाएका छन् ।
वास्तवमा दोक्लम चीन र भुटानबीच सीमा जोडिएको भूमि हो । यो क्षेत्रलाई यी दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् । यही विवादका बीचमा भारत घुसेको थियो । सो क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले सडक निर्माण गर्न थालेपछि भुटान र भारतबीचको सीमा पार गरेर भारतीय सेना त्यहाँ पुगेको थियो ।
भारतीय सेना त्यहाँ पुगेपछि चीनले आइपरे खतरनाक युद्धनै गर्न पछि नपर्ने संकेत दिएपछि भारत बाध्य भएर त्यहाँबाट हटेको सञ्चारमाध्यामहरुले बताएका छन् । भुटानको अनुरोधमा आफु त्यहाँ पुगेको भारतीय दाबी रहेपनि भुटानले यो विषयमा प्रष्ट धारणा बाहिर ल्याएको छैन ।
अहिले एक्कासि भारतले सो क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता बोलाएपछि चीन र भारतबीचको केही महिनादेखिको तनावको अन्त्य मात्र भएको छैन, एउटा ठुलै युद्ध टरेको विश्लेषण गर्न थालिएको छ ।
सोमवार, भदौ १२, २०७४ मा प्रकाशित
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive