मुस्ताङ । हावाबाट उत्पादित विजुलीको उद्घाटन
र पार्टीको कार्यक्रमको सिलसिलामा मुस्ताङ पुगेका नेकपा एमालेका अध्यक्ष
केपी शर्मा ओलीलाई आपत आइलागेको छ । जसका कारण हिजो (आइतबार)नै काठमाडौं
फर्किनुपर्ने ओली आजसम्म जोमसोममै रोकिएका छन् ।
ओलीसँगै रहेका
पत्रकार विनोद त्रिपाठीका अनुसार खराब मौसमका कारण हेलिकप्टर उड्न नसक्दा
ओली जोमसोममै रोकिन बाध्य भएका छन् । तराईसहित पूरा देश बाढीपहिरो र
डुबानबाट संकटमा परेका बेला ओली जोमसोमको तिर्थ यात्रामा व्यस्त छन् । उनले
त्यहाँ पत्नी राधिकासहित मुक्तिनाथको पनि दर्शन गरेका छन् ।
जहाज र
हेलिकप्टर उड्न नसकेपछि ओलीसँगै रहेका पत्रकार त्रिपाठीले फेसबुकमा लेखेका
छन्, मौसम यति प्रतिकुल भइदियो कि जोमसोमबाट पोखरा हेलिकप्टर पनि जान सकेको
छैन । केपी ओली दम्पती मुस्ताङमै अड्किनु भो । हिजो काठमाण्डौ पुग्नुपर्ने
। हिजो राती जोमसोम भन्दा २० किमी तल लेते भन्ने ठाउंमा बस्नु भो ।
हेलिकप्टर आज उड्ला कि । जहाज उड्ने संकेत छैन । बाटो पनि खराब छ ।
यता
पुरै देश बाढी र डुबानबाट प्रभावित हुँदा ओली जोमसोममा घुम्नमा मस्त
रहिरहेको र पार्टीका कार्यक्रममा व्यस्त भएको भन्दै आलोचना भइरहेको छ
। nepalpana.comबाट
प्रतिकृया दिनुहोस्
Monday, August 14, 2017
Home »
» मुस्ताङ पत्नीसहित पुगेका ओेलीलाई आइलाग्यो यस्तो आपत ! सामाजिक सञ्जालमा कडा आलोचना
मुस्ताङ पत्नीसहित पुगेका ओेलीलाई आइलाग्यो यस्तो आपत ! सामाजिक सञ्जालमा कडा आलोचना
Nepal TEchno World. Powered by Blogger.
happy new year
https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...









0 comments:
Post a Comment