Friday, September 1, 2017

आज भदौ १५ इराकमा १२ जना नेपाली मारिएको दिन अर्थात मुलुकभर सन्नाटा छाएको त्राशदीपूर्ण त्यो कालो दिन…पढ्नुहोस अनि RIP लेखेर Share गर्नुहोस

इराकमा १२ नेपाली युवा अपहरणमा परेको खबर आगोझैं सल्कियो । त्यसपछिका दिनमा आफूहरुलाई मुक्त गर्न आग्रह गरिरहेका पीडित युवाको भिडियो सार्वजनिक गर्‍यो, अपहरणकारी समूहले । तर, सरकारी प्रयास प्रभावहीन देखिँदा उनीहरु मुक्त हुन सकेनन् ।
१५ भदौ ०६१ मध्यान्ह । ११ दिनपछि अपहरित सबै युवाको हत्या भएको खबरले मुलुकभर सन्नाटा छायो । तीमध्येका एकको शीरच्छेदन र अरुलाई गोली हानी हत्या गरिएको भिडियो सार्वजनिक गर्‍यो, आतंककारी समूहले ।
१६ भदौ ०६१ । काठमाडौं उपत्यकाभर आक्रोसित भीडहरुले म्यानपावर कम्पनीका कार्यालयहरु तोडफोड गर्न थाले । इतिहासमै नदेखिएको दंगा फैलियो, राजधानीमा ।
तत्कालिन गृहसचिव अनन्तराम पाण्डे पितृ श्राद्धका लागि विदामा थिए । तत्कालीन जिल्ला प्रहरी काठमाडौंका एसपी नारायण बस्ताकोटी सञ्चार सेटसमेत बन्द गरेर बेपत्ता थिए, बिहानैदेखि । घटना हुन्जेल उनी सम्पर्कमै आएनन् । र, विदा छोट्याएर कार्यालयमा हाजिर हुने र दंगा नियन्त्रणमा कस्सिने ‘प्रो-एक्टिभनेस’ देखाउन सकेनन्, गृहसचिव पाण्डेले पनि । देशै रोएका बेला दुवै जिम्मेवार अधिकृतको चरम गैरजिम्मेवारी छताछुल्ल भयो ।
म्यानपावर कम्पनीलाई मुख्य ‘टार्गेट’ गरेका हिंसात्मक समूहहरुले विस्तारै मस्जिदहरुमा आक्रमण थाले । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका वामनप्रसाद न्यौपानेलाई आफ्नै एसपी सम्पर्कमा नहुँदा हिंसा नियन्त्रणमा लिन हम्मे हम्मे पर्‍यो ।
हिंसात्मक समूहहरुलाई कसैले नेतृत्व गरेको देखिएन । तर, विस्तारै हिन्दुवादी संगठनहरुको सक्रियता देखियो ।
कांग्रेस नेता चिरञ्जीवी वाग्लेको घरमा पनि तोडफोड भयो । उनका छोराले घरमै म्यानपावर एजेन्सी चलाएका थिए ।
१६ भदौ दिनभरमा उपत्यकाका कुनै म्यानपावर एजेन्सी बचेनन्, तोडफोड हुनबाट ।सबैको गरी करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भयो
गृहसचिव पाण्डेलाई दंगा सामसुम हुनासाथ सरकारले जगेडा समूहमा सरुवा गर्‍यो । र, चण्डी श्रेष्ठलाई गृह सचिव बनाइयो । काठमाडौंका एसपी बस्ताकोटीलाई भने सरुवा गर्ने हिम्मत कसैले जुटाएन । किनभने, उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा निकटस्थ मानिन्थे । लामो कसरतपछि मात्र उनलाई सहज अवस्था मिलाएर सरुवा गरियो ।
१६ भदौ दिनभरमा उपत्यकाका कुनै म्यानपावर एजेन्सी बचेनन्, तोडफोड हुनबाट । उपत्यकाभरिका करिब साढे पाँच सय वटा म्यानपावर एजेन्सीका कार्यालय तोडफोड भएका थिए । उपत्यकाका ९९ प्रतिशत म्यानपावर ध्वस्त बनाइएको थियो । सबैको गरी करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
म्यानपावरबाट झिकेर जलाइएका र च्यातिएका राहदानी संख्या ४३ हजार थियो । अधिकांश व्यवसायी लुक्न र भाग्न बाध्य भए ।
‘रगत देखेपछि उम्लिने नेपाली स्वभावका कारण देशभर हिंसा भड्किएको थियो,’ त्यतिबेलाका एक उच्च अधिकारी भन्छन्, ‘आत्मामै चोट परेपछि आक्रोस पोखिएको थियो ।’ उनको भनाइमा गृहसचिव या काठमाडौं एसपी नै ‘प्रो-एक्टिभ’ बन्न सकेको भए पनि त्यति ठूलो क्षती हुने थिएन ।
बानेश्वर क्षेत्रबाट दंगा सुरु भएको थियो । म्यानपावर एजेन्सीका कम्प्युटर, पैसा बोकेर हिंडे, आक्रोसित समूहहरुले । त्यहाँ राखिएका राहदानीहरु सडकमा ल्याएर जलाए, छरे । फर्निचरमा आगो झोसे । दनदनी बले, म्यानपावरका कार्यालयहरु ।
न्यायको लडाईं
निर्दोष नेपाली युवा अनाहकमा मारिएको घटना र त्यसपछि फैलिएको हिंसाबाट वैदेशिक रोजगार विज्ञ तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङको मनमा छटपटी पैदा भयो ।
उनी १२ परिवारकै घर-घरमा पुगे । त्यस क्रममा धनुषाको महेन्द्रनगरको एक पीडित परिवारलाई भेटे । मृतककी आमालई पक्षघात भएको थियो । फुसको घर, त्यो पनि बन्धकी राखेर छोरालाई वैदेशिक रोजगारीमा पठाएका रहेछन्, बाबुआमाले ।
काठमाडौं फर्केर डा. गुरुङले उनीहरुलाई इराक पुर्‍याउने अमेरिकी कम्पनीविरुद्ध मुद्दा लड्ने निर्णय लिए । सोही क्रममा उनी बेलायतको राजधानी लन्डन पुगे ।
संयोगवस, त्यहाँ नेपालीहरुको एक भेलामा सहभागी हुन पाए । र, १२ जनाको परिवारलाई सहयोग गर्न आव्हान गरे । त्यहाँ उठेको रकमबाट हरेक परिवारको भागमा डेढ लाख रुपैयाँजति पर्‍यो ।
त्यसपछि डा. गुरुङ अमेरिका पुगे । तर, वकिलहरु भेट्न चर्को पर्‍यो उनलाई ।
१२ जनाको रोजगारदाता केबीआर कम्पनी तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीको थियो । त्यसविरुद्ध मुद्दा लड्न कोही तयार भएन ।
एउटा वकिलको कम्पनीमा समय नलिई पुगे, जहाँ डा. गुरुङलाई जबर्जस्ति धकेलेर बाहिर निकालिदिए । तर, उनले हिम्मत हारेनन् ।
त्यसबीचमा एक अमेरिकी पत्रकार एक्कासी डा. गुरुङलाई भेट्न आइपुगे । उनलाई १२ जनाको परिवारबारे जानकारी लिनु थियो । उनी वकिल खोजिदिन राजी भए । तर, सर्त राखे, १२ जनालाई इराक पठाउने म्यानपावर दलाल प्रल्हाद गिरीलाई भेटाइदिनु पर्ने ।
काठमाडौं आएर प्रल्हाद गिरीको खोजी थालियो । उनको कार्यालय पुलचोकमा थियो । तर, उनी बेपत्ता थिए । उनी मुस्किलले टेलिफोनमा कुरा गर्न तयार भए । तर, भेट्न मानेनन् ।
त्यसपछि उनलाई थाहै नदिई तस्बिर खिच्ने योजना बनाए र उनको कार्यालयको सामुन्नेको एउटा कोठामा क्यामेरा लिएर बसे । एक बिहान गिरी कार्यालय छिर्दै गर्दा अमेरिकी पत्रकारले धमाधम तस्बिर खिच्न भ्याए । त्यसयता गिरी फरार छन् ।
ती पत्रकारको सहयोगमा अमेरिकी वकिलहरुले परिवारबाट कागजात पठाइदिन भनिरहेका थिए, डा. गुरुङ कागजात जुटाउन लागिपरेका थिए । एक राति एक वकिलले उनलाई फोन गरे र भने, ‘हामी मुद्दा लिन तयार भयौं ।’
वासिङ्टनको कोहेन एन्ड मिल्स्टेन कम्पनीले १२ जनाको मुद्दा लडिदिने भयो । अमेरिकाका राज्यपिच्छे फरक कानुन छन् । कोहेन एन्ड मिल्स्टेन कम्पनीले तयार पारेको मुद्दा पनि राज्यपिच्छे कमजोर या बलियो हुने रहेछ । केबीआर कम्पनीले आफ्नो मुख्यालय टेक्सासमा भएकाले त्यहीँको अदालतमा मुद्दा सारिदियो । टेक्सासको कानुनमा पीडितले गरेको जिकिर कमजोर हुन्थ्यो ।
२७ अगस्ट २००८ मा पहिलो पटक मुद्दा दायर गरिएको थियो । २८ सेप्टेम्बर २०१५ मा दोस्रो मुद्दा दायर गरियो, भर्जिनिया अदालतमा । क्षतिपूर्तिको पहिलो मुद्दाको फैसला नोभेम्बर २००८ मै आयो, जुन पीडितका पक्षमा थियो । पीडित परिवारले पैसा पाउने भए ।
त्यही क्रममा उक्त कम्पनीले गोप्य रुपमा नेपालको कुनै वकिललाई परामर्शदाता नियुक्त गर्‍यो । अमेरिकाको नियममा पक्ष र विपक्षका वकिलले आफूले संकलन गरेका प्रमाणहरु साटासाट गर्नुपर्छ । पीडित परिवारमध्ये एकले मुद्दा हार्ने कागजात ल्याएर पेश गरिदियो ।
‘बुवा-आमा, म अहिले जोर्डनमा छु । यहाँ राम्रै छ । तपाईंहरु नआत्तिनु होला । अब हामी इराक जाँदैछौं । इराक पुगेर फोन गर्छु’ लेखिएको पत्र थियो त्यो ।
मुद्दाको मिसिलमा उनीहरुलाई बलजफ्ती इराक पुर्‍याइएको उल्लेख थियो । त्यो पत्रबाट भने राजीखुशी साथ गएको बुझिन्थ्यो ।
कम्पनीका वकिलले आफ्ना विपक्षीलाई पनि फोटोकपी गरेर दिए, त्यो पत्र । तर, विपक्षी वकिलले ती पीडितको मुद्दा नै झिकिदिन भने । र, मुद्दाको फैसला पीडितका पक्षमा आउनबाट कसैले रोक्न सकेन । अर्थात्, विपक्षी वकिलको सुझबुझले न्याय पाए, पीडित परिवारले ।
हरेक परिवारले एक करोड रुपैयाँभन्दा बढी पाउने भए । धनकुटाका मंगल लिम्बुको परिवारले भने केही पाएन । किनभने, उनको विवाह भएको थिएन र बाबुआमाको पनि मृत्यु भइसकेको थियो । अमेरिकी कानुनले उनका दाजुभाइलाई चिन्दैनथ्यो ।
ग्लोबल बैंकमा खाता खोलेर उनीहरुको पैसा जम्मा गराइयो । र, ग्लोबल आईएमई बैंकमा खाता खोलेर नेपालतर्फ ट्रान्सफर गराइयो ।
मानव बेचविखनको मुद्दा भने टेक्सासको अदालतले हराइदियो । अमेरिकाभन्दा बाहिरको घटना भएकाले त्यसमा अमेरिकी कम्पनीको संलग्नता देखिँदैन भनिदियो अदालतले । अब पुनरावेदन दिने कि नदिने भन्ने छलफल छन्, पीडित परिवार र डा. गुरुङ ।
पीडितलार्इ मुद्दा जिताउन सरकारी निकायले पूर्ण असहयोग गरेका थिए । गृह मन्त्रालयले पत्रसम्म दिएन, १६ भदौको आगजनी छानविन गर्न गठित आयोगको प्रतिवेदनसम्म दिएन, गृह मन्त्रालयले । ती कागजात समयमै पाएको भए मानव बेचविखनको मुद्दा पनि जित्थे, पीडित परिवारले
यसबीचमा अमेरिकामा रहेका नेपालीहरुले उठाएको रकमबाट हरेक परिवारले अढाइ लाख पाए । जोर्डनको शाही परिवारको कम्पनी थियो, केबीआर कम्पनीको साझेदार । उक्त कम्पनीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।
उक्त कम्पनीले मुद्दामा साथ दिने बताउँदै नेगोसिएसनमा आउन आग्रह गर्‍यो । केबीआरको मुद्दा कायम राख्ने तर जोर्डनी कम्पनीको मुद्दा फिर्ता लिइयो । त्यसवापत हरेक परिवारले करिब २० लाख रुपैयाँ पाए ।
कोहेन एन्ड मिल्स्टेन कम्पनीका कर्मचारी १२ परिवारकै घरमा पुगेका थिए। त्यस क्रममा उनीहरुको गरिबी देखेका थिए । मुद्दा जित्नुअघि उक्त कम्पनीका कर्मचारीले आफ्नो नाफाको केही प्रतिशत सबै परिवारलाई उपलब्ध गराउने बताए । हरेक परिवारले करिब चार लाख रुपैयाँ पाए ।
‘अमेरिका आउँदा/जाँदा मेरो माइलेजको टिकट सकियो । खर्च भयो । तर, परिवारलाई क्षतिपूर्ति दिलाउन पाएकामा मलाई औधी खुशी लागेको छ,’ डा. गुरुङ भन्छन् ।
धनुषाकी पक्षघात भएकी वृद्ध महिलाको उपचार भयो । उनी लठ्ठि टेकेर हिँड्न सक्ने भइन् । छोरा त फर्केर आउने थिएनन्, आमाले भने उपचार पाइन् । स्कुटरमा हिँड्छन्, मृतकका पत्नीहरु । बालबच्चा राम्रो विद्यालयमा पढ्छन् । ११ वटै परिवारले डा. गुरुङलाई भगवानसरह मान्छन् ।
नेपालबाट मानव बेचविखनको मुद्दा अमेरिकामा हालेको पहिलो पटक थियो । तर, त्यसमा सरकारी निकायले पूर्ण असहयोग गरेका थिए । गृह मन्त्रालयले पत्रसम्म दिएन, १६ भदौको आगजनी छानविन गर्न गठित आयोगको प्रतिवेदनसम्म दिएन, गृह मन्त्रालयले । ती कागजात समयमै पाएको भए मानव बेचविखनको मुद्दा पनि जित्थे, पीडित परिवारले ।

Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive