Wednesday, August 30, 2017

नेपालमै निर्मित रोबोट सशस्त्र प्रहरीलाई हस्तान्तरण

भाद्र १४, २०७४- नेपाली युवा वैज्ञानीकहरुले तयार पारेको सर्भेलेन्स रोबोट सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेका छन् । मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा युवाहरुले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई उक्त रोबोट हस्तान्तरण गरेका हुन् । 

आफ्नै खर्चमा निमार्ण गरेको रोबोट विपतका बेला सशस्त्र प्रहरीलाई काम लाग्छ भनी दिएको निर्माण टोलिका सदस्य विमलकुमार बोहोराले वताए । ‘विपतका बेला सशस्त्र प्रहरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले हामीहरुले तयार गरेको रोबोट हस्तान्त्रण गरेका हौं,’ उनले भने, ‘अब नेपाली सेना र सशस्त्र प्रहरी बलले महंगोमा विदेशबाट रोबोट किनेर ल्याउनु पर्दैन होला । नेपाली युवाहरुले नै नेपालमै अत्याधुनिक प्रविधिसहितको रोबोट निर्माण गर्नसक्छौं । तर यसमा सबै सरोकारवाला निकायको सहयोग र हौसला आवश्यक रहेको छ ।’ 

रोबोट निर्माण टोलिमा विमलकुमार बोहोरा, यज्ञप्रसाद देवकोटा र गणेश विक्रम सिंह आले मगर रहेका छन् । २ सय मिटर दुरीसम्म वायरलेस अपरेट गर्न सकिने यो रोबोटले विपतस्थल, घटनास्थल र शंकास्पद वस्तुका स्थितिका बारेमा जानकारी लिन मद्दत पुग्ने छ ।
सशस्त्र प्रहरीलाई आवश्यक पर्ने रोबोट उपलब्ध गराएकोमा जिविएस टिमका सबै सदस्यहरुलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक सिंहबहादुर श्रेष्ठले धन्यवादसहित मायाको चिनो दिंदै सम्मान समेत गरेका थिए । ‘आगामी दिनमा सशस्त्र प्रहरीलाई आवश्क पर्ने रोबोटहरुका विषयमा र विपत व्यवस्थापनमा सहकार्य गर्ने छौं,’ उनले भने, ‘सशस्त्र प्रहरीलाई विपत व्यवस्थापनमा सक्रिय र शंकास्पद वस्तुबाट चनाखो बनाउन यो रोबोटले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ 

नेपाली सेना संग पनि आवद्ध भइ काम गरिरहेको वैज्ञानिकहरुले बम डिस्पोजल रोवोट एक थान नेपाली सेनालाइ हस्तान्तरण गरिसकेका छन् । भने एउटा रोबोट हस्तान्तरणको अन्तिम चरणमा रहेको छ ।

source:eKantipur

Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive