Friday, August 4, 2017

भरतपुरमा रेणु दाहालले जित्ने लगभग पक्का ,मतगणना हिजो राति ८ बजेबाट भएको

भरतपुर । चितवनस्थित भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहालको जित करिब सुनिश्चितजस्तै भएको छ ।
वडा नम्बर १९ मा आज भइरहेको पुनःमतदानको माहोलले रेणु जित्ने पक्कापक्की भएको हो । रेणुलाई जिताउन पूर्व सांसद एवं प्रचण्डका भाई नारायण दाहालदेखि केन्द्रीयस्तरका नेतासम्म खटिएका छन् ।
कांग्रेस माओवादी गठबन्धनले मतदाता मतदानस्थलसम्म पुर्याउन गाडीको व्यवस्था गरेको छ । गाडीको सुविधान पाउँदा कांग्रेस र माओवादी समर्थित धेरै मतदाताले आज भोट खसालेको माओवादी नेता नारायण दाहाल बताउँछन् । यसकारण पनि जित निश्चित भएको उनको विश्वास छ ।
भरतपुरमा कुनैहालतमा रेणु दाहाल जित्ने कांग्रेस र माओवादी कार्यकर्ताको दाबी छ । यता रेणुको जितको माहोल देखेर प्रतिस्पर्धी एमालेमा भने चिन्ता सुरु भएको छ ।
राति ८ बजेबाट मतगणना
यसैबीच भरतपुरको १९ नम्बर वडामा आज राति ८ बजेबाट मतगणन सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुरमा २० नम्बर वडाको मत गन्न बाँकी नै छ । दुबै वडाको नतिजा सोमबारसम्म आउने निर्वाचन कार्यालयले जनाएको छ ।
शुक्रबार, साउन २1, २०७४ मा प्रकाशित
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive