श्रावण २४, २०७४- राजधानीकै एक
अस्पतालभित्र रहेको फार्मेसीले म्याद गुज्रेको औषधि बिक्री गर्दा र
चिकित्सकले पनि म्यादै नहेरी प्रयोग गरिदिँदा बिरामी बालकको अवस्था गम्भीर
बन्न पुगेको छ ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले दुई महिनाअघि नै म्याद गुज्रिसकेको ‘ट्याक्सिन’ नामक औषधि बेचेको हो । आइतबार बेलुकी नौ बजे फार्मेसीले दिएको औषधिको म्याद नहेरी चिकित्सकले समेत बिरामी बालकमाथि प्रयोग गरे । झापाका पाँच वर्षीय आरुष सुवेदीलाई म्याद गुज्रिएको औषधि चलाउँदा उनको अवस्था गम्भीर बनेको छ ।
बालककी आमा सुनीता सुवेदीका अनुसार आरुष एक सातादेखि मेडिकल कलेजमै भर्ना भई उपचाररत छन् । ‘डाक्टरले औषधि लेखिदिनेबित्तिकै किन्न गएँ तर फार्मेसीले म्याद गुज्रिएको औषधि दिएछ,’ सुवेदीले भनिन्, ‘तनावमा हुने भएकाले बिरामीका आफन्तको ध्यान म्याद हेर्नेतर्फ पुग्दैन, मेरो पनि पुगेन । तर डाक्टरले पनि म्यादै नहेरी औषधि चलाइदिए ।’ सोमबार बिहान औषधि दिने नर्सले ‘म्याद गुज्रिएको औषधि पो रहेछ त’ भनेपछि मात्र खुलासा हुन पुगेको हो ।
दायाँ कम्मरको मासुमा पिप जमेर थलिएका बिरामी बालकको गलत औषधि प्रयोगपश्चात् अवस्था बिग्रँदै गएको आमा सुवेदीले बताइन् । बालकको अवस्था गम्भीर भएसँगै सोमबार दिउँसो आक्रोशितद्वारा अस्पतालमा तोडफोड भयो । तर बिरामीका आफन्तले भने अस्पताल तोडफोडमा आफूहरूको हात नभएको बताएका छन् । बालकलाई म्याद गुज्रिएको औषधि चलाए पनि बिरामीको शरीरमा नकारात्मक असर नपर्ने दाबी उपचारमा संलग्न डा. मनीष पराजुलीले गरे । ‘शरीरमा औषधिको प्रभाव कम हुन्छ, तर यसले हानि नै भने गर्दैन,’ उनले भने ।
औषधि व्यवस्था विभागले म्याद गुज्रिएको औषधि बेच्ने फार्मेसीलाई कारबाही गर्ने जनाएको छ । क्षतिपूर्ति तिराउनेदेखि लाइसेन्स खारेज गर्ने तथा निलम्बन गर्नेसम्मको कारबाही हुन सक्ने विभागका फार्मेसी अधिकृत भरत पाण्डेले बताए । अस्पतालभित्रको फार्मेसीले म्याद गुज्रिएको औषधि बेचेको घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्ने अस्पतालका निर्देशक डा. केपी रिजालले बताए ।
म्याद सकिएको औषधि बेच्नेलाई औषधि ऐन २०३५ ले मानवीय लापरबाही मानेको छ । यस्तो लापरबाही गर्नेलाई कडा कारबाही हुनुपर्ने स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले बताए ।

0 comments:
Post a Comment