Monday, August 28, 2017

धन कमाउन दुबई पुगेका चितवने जोडीको रहस्यमय मृत्यु

वैदेशिक रोजगारीको लागि दुबई गएका एक सापकोटा दम्पतिको दुबईमा रहस्यमय मुत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ बछौली निवासी परशुराम सापकोटा (कृष्ण) र उनकी श्रीमती कल्पना सापकोटाको गत शनिबार रहस्यमय मृत्यु भएको हो । दुबईको देरहा शहरको एउटा कोठामा उनीहरु मृत फेला परेका हुन् । पशुराम झुण्डिएको र कल्पनाको घाँटी काटिएको अवस्थामा भेटिएको परिवार निकट स्रोतले बताएको छ । तर, परशुरामका आफन्तहरुले भने दम्पतिको हत्या भएको आशंका गरेका छन् । घटना शनिबार नेपाली समय अनुसार दिउँसो २ बजे देखि राति ८ बजेको बीचमा भएको हो । भाई नवराज दुवाडीले भिसा पठाएर कल्पना २०७१ साल मंसिरमा दुबई गएकी हुन् भने परशुराम श्रीमती कल्पनाले भिसा पठाएर एक बर्र्षपछि सोही देशमा गएका थिए । कल्पनाले जुस कम्पनी र परशुरामले होटलमा कुक हेल्परको काम गर्दैैै आएका थिए । स्वदेशमै हुँदा श्रीमान श्रीमतीको बेमेल थियो । विदेश गएपछि पनि उनीहरु बीच लामो समयसम्म आत्मियता हुन सकेन ।
यो सामाग्री पनि पढ्नुहोस् : 
विदेश गएको करिब साढे एक वर्षसम्म छुट्टाछुट्टै बसेका दुई श्रीमानश्रीमतीको तीन महिना अघिमात्र नवराजले मेलमिलाप गराएर एउटै कोठामा बस्दै आएका थिए । दुबईमा रहेका अफन्तहरुसँग कोठामा बसेर खाजा खाएर काममा जान बिदाई भएपछि घटना भएको दुबईबाट जानकारी प्राप्त भएको छ । घटनाको विषयमा नवराजले परशुरामका बुवा मोती सापकोटालाई आइतबार जानकारी गराएका थिए । नवराजले कल्पना छेदविच्छेद र परशुराम झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिएको बुवा मोती सापकोटाले बताए । परशुरामका आफन्तले भने छोराबुहारीको हत्या भएको आशंका गरेका छन् । छोरा पशुरामले पटकपटक फोन गरेर आफूलाई मार्ने प्रयास गरेको भनेर बताउने गरेको बाबु मोतीले बताए । छोराले फोनमा मलाई मार्ने षडयन्त्र भइरहेको छ भन्थ्यो मोतीले भने मैले घर फर्की भने तर मानेन,ज्यानै फाल्यो । कल्पनाले करिब तीन वर्षसम्म कमाएको एक पैसा पनि घर पठाएकी छैनन् । उनले कमाएको पैसा दुबई मै रहेका माईतीले खाएको र सोही पैसाकै कारणले श्रीमान श्रीमतीलाई नै मारेको हुन सक्ने आशंका परिवारजनले गरेका छन् ।
घटना आर्थिक लेनदेन र श्रीमान श्रीमती बीचको खटपटले भएको हुन सक्ने अनुमान गाउँलेले गरेका छन् । ‘पाँच दिनअघि वैशाखमा आउछौं भनेर फोन गरेका थिए’, मोतीले भने, ‘फोन गरेको पाँच दिनपछि संसारमै छैनन् भनेर खबर आयो ।’ सापकोटा दम्पतिकी दुई छोरा रहेका छन् । १४ बर्षको छोरा अभिषेक कक्षा ८ मा र ११ वर्षका कान्छा छोरा अनुप कक्षा ४ मा पढ्दै छन् । पैसा कमाउन विदेश गएका छोराबुहारीको रहस्यमय मृत्यु भएको खबरले आमा मिसकुमारी अचेत अवस्थामा पुगेकी छन् । छोरा बुहारीको मृत्यूको खबरले परिवार शोकमा डुबेको छ । ( होमनाथ सापकोटाले लेख्नुभएको यो सामाग्री ईचितवन पोष्ट डटकम बाट साभार गरिएको हो , श्रोत सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोला )
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive