Wednesday, August 23, 2017

महिलाको 'चुल्ठो काट्ने' किरा ! २० वटा उजुरीपछि अनुसन्धान सुरु





भाद्र ७, २०७४- दुई साताअघि वीरगन्ज–१६ नगवाकी ३० वर्षीया बगडी चमार ओछ्यानमा बेहोस भइन् । उनलाई तत्काल नारायणी उपक्षेत्रीय अस्पताल लगियो । होसमा आएपछि उनले कसैले आफ्नो चुल्ठो काटेकाले बेहोस भएको बताइन् । 
साउन ३० गते वीरगन्ज–३ छपकैयाकी ३० वर्षीया तबस्मुन खातुन पनि सिँढीबाट ओर्लंदै गर्दा बेहोस भइन् । उनको पनि चुल्ठो काटिएको थियो । आफूलाई कसैले पछाडिबाट प्रहार गरेको खातुनको दाबी छ ।
पछिल्ला दिन यस्ता घटनाको उजुरी बढेपछि प्रहरीलाई टाउको दुखाइ भएको छ । प्रहरीले यी घटनाका पीडित दाबी गरिएका महिलामाथि अनुसन्धान थालेको छ । प्रहरी उपरीक्षक सुदीप गिरीले जनजीवन आतंकित बन्दै गएपछि ठूलो रूप नलेओस् भनेर अनुसन्धान थालिएको बताए । ‘हामीले अस्पताल आएका महिलाको केस स्टडी गरेका छौं,’ उनले भने, ‘उनीहरूको अन्तर्वार्ता, भिडियो रेकर्ड राख्ने, मानसिक, शारीरिक र मनोवैज्ञानिक अवस्था अध्ययन गरिरहेका छौं ।’ 
उनका अनुसार अहिलेसम्म यस्ता २० वटा उजुरी आएको र तिनमा सबै घटना रातको समयमा भएको दाबी गरिएको छ । महिलाहरूले घर बाहिर शौच गर्न जाँदा, घरआँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना भएको जनाएका छन् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र सुतिरहेको अवस्थामा चुल्ठो काटिएको बताए । चार जनाले भने नौलो र ठूलो कीरा आएर कपाल टोकेको प्रतिक्रिया दिए । पछाडिबाट धक्का दिइएको, कालो बिरालो, सेतो, कालो र चम्किलो छाया आएको दाबी गर्नेहरू पनि छन् । सबैले चुल्ठो पछाडिबाट काटिएको जनाएका छन् ।
 
उजुरी थपिँदै गएपछि उपक्षेत्रीय अस्पतालका मेसु डा. चित्तरञ्जन साहसहितको मेडिकल टोलीसँग पनि छलफल गरिएको गिरीले बताए । यसरी उपचारका लागि आउने महिलालाई मनोचिकित्सकसँग परामर्श गराउने काम पनि भइरहेको उनले जानकारी दिए । चुल्ठो काटिएको दाबी गरिएका अधिकांश महिला शारीरिक रूपमा कमजोर, सुत्केरी र दीर्घरोगी छन् । भारतमा यस्तो घटना भएको भनी सामाजिक सञ्जालमा चर्चामा आएकाले भारतीय प्रहरीसँग पनि छलफल गरेको गिरीले बताए । 
‘इन्टरनेटमा खोजी गर्दा भारतको राजस्थान सरकारले ‘मैकी’ नामक कीराले कपाल काट्ने गरेको दाबीसहितको सूचना जनहितमा जारी गरेकोसमेत भेटियो,’  उनले भने ।


Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive