भाद्र १५, २०७४ नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा प्रिपेड सिम नि:शुल्क वितरण गरेको छ । टेलिकमले बाढी प्रभावित तराईका २३ वटा जिल्लाहरुमा ५० रुपैयाँ टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड वितरण गरेको हो । टेलिकमले आज विज्ञप्ति जारी गर्दै सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको नि:शुल्क कल गर्ने सुविधा सहितको सिम वितरण शुरु भएको जनाएको हो । साथै बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नि:शुल्क उपलब्ध गराउने समेत जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ । यहि भाद्र १२ देखि २६ गतेसम्म उपलब्ध हुने यो सुविधा कम्पनीको ग्राहक सेवा केन्द्रबाट समेत लिन सकिने टेलिकमले जनाएको छ ।
सौराहाको हात्ती सफारी !
हात्ती चढेर वागमारा सामुदायिक वनमा जंगल सफारी गर्दै पर्यटकहरु !!
नयाँ अवतारमा ‘बौद्ध स्तुपा !!
भूकम्पको शिकार भएको बौद्ध एक वर्षपछि नै पुरानोभन्दा पनि चमकदार स्वरुपमा उभिएको छ । बौद्धले नयाँ जुनी पाएको छ भनौैं या नयाँ अवतार बदलेको छ ।
प्रकृतिले सजाएको सुनौलो नारायणी!!
सूर्योदय र सूर्यास्त हेर्नका लागि चितवनको सौराह पुग्ने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि सूर्योदय र सूर्यास्त कम्ति मनोरम देखिँदैन ।
भूकम्प अघिको सुन्दर धरहरा !!
विनासकारी भूकम्पले तहसनहस बनाए पछी , नेपालकै शान " काठमाडौँको नौ तले " धरहरा फेरी उठेर मुस्काउँन सकेको छैन !!
गोधुली साँझले काठमाडौंलाई लपेट्दा !!
बेलुकीपख रातो सूर्यको किरणले शहरको एक दिन समाप्त हुन लागेको संघघोष गरिदिन्छ । त्यसतिबेला चन्द्रागिरी चुचुरोबाट मज्जाले सूर्यास्तको दृष्यपान गर्नुस ।
Thursday, August 31, 2017
टेलिकमद्वारा बाढी पीडितलाई नि: शुल्क सिम वितरण
भाद्र १५, २०७४ नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा प्रिपेड सिम नि:शुल्क वितरण गरेको छ । टेलिकमले बाढी प्रभावित तराईका २३ वटा जिल्लाहरुमा ५० रुपैयाँ टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड वितरण गरेको हो । टेलिकमले आज विज्ञप्ति जारी गर्दै सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको नि:शुल्क कल गर्ने सुविधा सहितको सिम वितरण शुरु भएको जनाएको हो । साथै बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नि:शुल्क उपलब्ध गराउने समेत जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ । यहि भाद्र १२ देखि २६ गतेसम्म उपलब्ध हुने यो सुविधा कम्पनीको ग्राहक सेवा केन्द्रबाट समेत लिन सकिने टेलिकमले जनाएको छ ।
Wednesday, August 30, 2017
ऐश्वर्याको कपाल मुण्डन गरेको तस्वीर भाइरल बन्दै!
ऐश्वर्याको कपाल मुण्डन गरेको तस्वीर भाइरल बन्दै!
रौतहटमा ब्यापारीको अवैध धन्दा: नेपाली बोरामा भारतीय चामल बिक्री !
नेपालमै निर्मित रोबोट सशस्त्र प्रहरीलाई हस्तान्तरण
आफ्नै खर्चमा निमार्ण गरेको रोबोट विपतका बेला सशस्त्र प्रहरीलाई काम लाग्छ भनी दिएको निर्माण टोलिका सदस्य विमलकुमार बोहोराले वताए । ‘विपतका बेला सशस्त्र प्रहरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले हामीहरुले तयार गरेको रोबोट हस्तान्त्रण गरेका हौं,’ उनले भने, ‘अब नेपाली सेना र सशस्त्र प्रहरी बलले महंगोमा विदेशबाट रोबोट किनेर ल्याउनु पर्दैन होला । नेपाली युवाहरुले नै नेपालमै अत्याधुनिक प्रविधिसहितको रोबोट निर्माण गर्नसक्छौं । तर यसमा सबै सरोकारवाला निकायको सहयोग र हौसला आवश्यक रहेको छ ।’
रोबोट निर्माण टोलिमा विमलकुमार बोहोरा, यज्ञप्रसाद देवकोटा र गणेश विक्रम सिंह आले मगर रहेका छन् । २ सय मिटर दुरीसम्म वायरलेस अपरेट गर्न सकिने यो रोबोटले विपतस्थल, घटनास्थल र शंकास्पद वस्तुका स्थितिका बारेमा जानकारी लिन मद्दत पुग्ने छ ।
सशस्त्र प्रहरीलाई आवश्यक पर्ने रोबोट उपलब्ध गराएकोमा जिविएस टिमका सबै सदस्यहरुलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक सिंहबहादुर श्रेष्ठले धन्यवादसहित मायाको चिनो दिंदै सम्मान समेत गरेका थिए । ‘आगामी दिनमा सशस्त्र प्रहरीलाई आवश्क पर्ने रोबोटहरुका विषयमा र विपत व्यवस्थापनमा सहकार्य गर्ने छौं,’ उनले भने, ‘सशस्त्र प्रहरीलाई विपत व्यवस्थापनमा सक्रिय र शंकास्पद वस्तुबाट चनाखो बनाउन यो रोबोटले महत्वपूर्ण भूमिका खेल्ने छ ।’
नेपाली सेना संग पनि आवद्ध भइ काम गरिरहेको वैज्ञानिकहरुले बम डिस्पोजल रोवोट एक थान नेपाली सेनालाइ हस्तान्तरण गरिसकेका छन् । भने एउटा रोबोट हस्तान्तरणको अन्तिम चरणमा रहेको छ ।
source:eKantipur
Tuesday, August 29, 2017
कमाउन साउदी पुगेका राईको शव बाकसमा गाउँ फर्कियो
रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल अस्पतालचोकका बालकृष्ण बस्नेतको शव बाकसमा ल्याइएको दुई हप्तापछि दलबहादुरको शव पनि बाकसमा घर आइपुगेको हो। संयोगवस बालकृष्णको शव घर ल्याइएकै दिन दलबहादुरको मृत्यु भएको थियो।
नर्भिकमा डाक्टरको लापरबाहीले १६ महिने शिशुको ज्यान गएको परिवारको आरोप
भाद्र १३, २०७४- थापाथलीस्थित नर्भिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मंगलबार दिउँसोदेखि नै अस्पताल परिसर तनावग्रस्त बनेको छ । डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले अस्पताल तोडफोड गरेका छन् । अस्पतालको झ्यालढोका र केही थान कम्प्युटर फुटेको छ । अस्पताल परिसर सुरक्षाकर्मीले घेरिएको छ । मृतकका परिवार आक्रोशित छन् ।
थापाथलीस्थित नर्भिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मंगलबार दिउँसोदेखि नै अस्पताल परिसर तनावग्रस्त बनेको छ । डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले अस्पताल तोडफोड गरेका छन् ।
खुकुरी बेचेर छोरालाई इन्जिनियर
एउटै गोत्रमा (सहगोत्री) विवाह किन गर्न हुँदैन ? यस्तो छ कारण
Monday, August 28, 2017
दोक्लमबाट एक्कासि किन भाग्यो भारतीय सेना ? चीनको एउटा संकेतले उसको यसरी सात्तो गएको थियो !
गृह राज्यमन्त्री आफैं फर्जी नम्बरप्लेटको गाडीमा
‘गृह राज्यमन्त्री श्रेष्ठको गाडीमा कसरी फर्जी नम्बर राखियो ?’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘मलाई थाहा छैन । मन्त्रालयको व्यवस्थापन महाशाखा हेर्ने सहसचिव हरिशरण पुडासैनीलाई थाहा होला ।’
पुडासैनीलाई सोमबार साँझ सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो । श्रेष्ठलाई राज्यमन्त्री हुनासाथ रातो नम्बर प्लेटको चमेलियाको बा ६ च १००९ नं. को गाडी चढ्न दिइयो । स्रोतका अनुसार गृह मन्त्रालयले राज्यमन्त्रीले चढ्ने गाडीमा रातो–नीलो नम्बर प्लेट राख्यो, त्यो पनि यातायात कार्यालयको स्वीकृतिबिनै । गृह मन्त्रालयले रातो प्लेटको ‘बा ६ च १००९’ को ठाउँमा यातायात कार्यालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा फर्जी सरकारी नम्बर ‘बा १ झ १००९’ राखेर चढ्न दिएको हो । यसअघि चमेलिया आयोजनाको ल्यान्डक्रुजर प्राडो गाडी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहालले आफ्नो कार्यकालभर यसरी नै फर्जी नम्बर राखेर चढेका थिए ।
श्रेष्ठ ऊर्जा मन्त्रालय मातहतको गाडी चढ्न पाउने भाग्यमानी गृह राज्यमन्त्री हुन् । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही या विद्युत प्राधिकरण आयोजनाका कार्यकारी निर्देशक कुलमान घिसिङमध्ये एकले चमेलियाको गाडी श्रेष्ठलाई चढ्न दिएको जानकारी ऊर्जा मन्त्रालय स्रोतले दिए । शाही र श्रेष्ठ एउटै पार्टीका सांसद हुन् भने घिसिङ र श्रेष्ठको गृह जिल्ला एउटै रामेछाप हो । यो गाडी यसअघि प्राधिकरणका कार्यकारी निर्देशकले चढ्थे । राज्यमन्त्री श्रेष्ठ पदमा बहाल भएको दिनदेखि राजधानीको ‘स्वयम्भु पिस होटल’ मा बस्दै आएका छन् ।
धन कमाउन दुबई पुगेका चितवने जोडीको रहस्यमय मृत्यु
‘नेपाली गुगल ब्वाई’ आदित्य दाहालले गरे नेपाल आइडलको बिजेता को हुन्छ भन्ने सनसनीपूर्ण भविष्यवाणी यस्तो छ
कसले जित्ला नेपाल आइडल ? यस्तो छ विश्लेषण
अर्का पाहुना भने माग्ने बूढा रहने छन् । हुनत माग्ने बूढा चरित्र भएको टेलिसिरियल प्रसारण हुन छाडिसक्यो। तर केदार घिमिरेलाई धेरैले चिन्ने यही नामले हो । कार्यक्रमका लागि नेपालबाट ८० जनाभन्दा बढीको टोली कतार जाँदैछ।
कतिपयले बुद्ध लामाले नेपाल आइडल जित्छन् भन्ने प्रक्षेपण गरिरहेका छन् । तर अन्य प्रतिष्पर्धी पनि कम छैनन् । यद्यपी बुद्ध लामा र निशान भट्टराईमध्ये एक नेपाल आइडल हुन्छन् भन्ने अड्कलबाजी बढीभन्दा बढी भइरहेको छ । को हुन्छ नेपाल आइडल त्यसका लागि अन्तिम नतिजा कुर्नैपर्छ
Sunday, August 27, 2017
जागिर खोज्दै हुनुहुन्छ ? खुल्यो रोजगारीको सूचना दिने सरकारी वेबसाइट
'म जस्तै कोही नफसुन्'
भूकम्प आएपछिका दिनहरुमा पुष्पलाल—बर्दिवास मार्ग र लामोसाघुँ हुँदै अरनिको राजमार्गबाट दोलखाका बालबालिका, किशोरी र युवती तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ । चरिकोटबाट बस चढेर अरनिको राजमार्ग हुँदै प्रणयसूत्रमा बाधिएको अनूभुतिसाथ किशोरी साउन ३ गते काठमाडौंस्थित टोखामा बास बस्न पुगिन् ।
यहाँ परिवारको सदस्य खोज्न आउन सक्छ भन्दै निरकुमारले किशोरीलाई भारतको दिल्लीस्थित दिदीको कोठामा बस्ने र दसैंमा फर्कने भन्दै फकाए । घरबाट आमाको लगातार फोन आउदा पनि किशोरीलाई कुरा गर्न रोकियो । तिम्रो भाउज्यु सीता नेपालीमार्फत घरमा भनिसकेको छ भन्दै फोनमा कुरा गर्न नदिइकनै स्वीचअफ गरिदिएपछि किशोरी बाहिरी सम्पर्कविहीन भइन् ।
त्यो नेपालीसहितले चलाएको कोठी रहेछ । नुवाकोट र सिन्धुपाल्चोकका साहुनी कुराकानी मिलाउँथे, एकजना नेपाली केटा पैसाको हिसाव राख्थ्यो । नेपाली, बंगालदेशी र कलकत्ताका चेलीहरु शरीर बेच्थे ।
अत्यन्तै पीडापूर्ण जीवन विताइरहेका बेला एकजना भारतीय पुरुष ग्राहकसँग सम्बन्ध भयो । ती भारतीयले फोन र सीम दिएपछि आमालाई लुकेर फोन गरेको किशोरीले बताइन् । उनले भनिन, ‘आशुँ र दु:ख लुकाउदै आमासँग राम्रो ठाउँमा काम गरिरहेको सुनाएँ ।’
किशोरीको भनाईमा उनी २०५५ सालमा जन्मेकी हुन् । त्यसैले १८ बर्ष नपुगि फर्काउन मिल्दैन भनेपछि अरु केही महिना इन्डिया नै बस्नुपर्यो । त्यहाँ अखिल नेपाल भारत संस्था र शक्ति बाहिनी संस्थाले सहयोग पुर्यायो । उनीहरुकै साहयतामा मुछिएका केहीलाई इन्डियाको प्रहरीले कार्वाही पनि चलायो ।
बाबु र मामा दिल्ली पुगेर नेपाल ल्याएपछि केही महिना घर बसेकी किशोरी अहिले माइती नेपालको सीमा निगरानीकर्ताकी रुपमा जागिर खान्छिन् । ११ कक्षा पढ्दै गरेकी उनी अध्ययनलाई एउटा तहमा पुर्याएपछि नेपाल प्रहरीमा प्रतिस्पर्धा गर्ने र मानव बेचविखनको बिरुद्धमा काम गर्ने इच्छा राखि्छन् ।
दोलखास्थित जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले लहैलहैमा लागेर आफु दलालको चंगुलमा फसे पनि कुनै दोलखाली दिदीबहिनी त्यसरी नफसुन भन्ने उनको भनाई छ । मेरो जस्तै घटना भएर अपराधीको डरले लुकेर कोही बसेका भए तत्काल कानूनी उपचारमा लाग्न पनि उनले सुझाइन् । उनलाई सहयोग गर्न आएकी माइती नेपालका कानुन अधिकृत उमा तामाङले मानव बेचबिखचको घटनाको उजुरीको हदम्याद नहुने र जतिखेरै पनि अभियोजन गर्न सकिने बताइन् ।
नेपाल आइडलको ग्रान्ड फिनाले कतारको सनायामा असोज ६ गते हुने; तेरिया, हेमन्त राना र माग्ने गेस्ट
- ३५ रियाल
- ५० रियाल
- ७० रियाल
- १०० रियाल
- २०० रियाल
Saturday, August 26, 2017
अर्बपति विजयपत सडकमा
आफैंले आर्जेको सम्पत्तिमा हक पाउन मुम्बईको उच्च अदालतमा छोराविरुद्ध विजयपतले मुद्दा हालेका छन् । अदालतको फैसला आएको छैन । उनका कानुन व्यवसायीले ‘अवकाश प्राप्त’ विजयपत हाल दयनीय आर्थिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । ती कानुन व्यवसायीले विजयपतलाई उद्धृत गर्दै भनेका छन्, ‘आफ्नो कम्पनीको सबै सेयर छोरा गौतमको नाम गर्ने निर्णयले सिंघानिया संकटमा परेको हुन् ।’ सिंघानिया भारतकै धनीमध्येका एक हुन्, जो हाल साउथ मुम्बईस्थित ग्रायन्ड पराडी सोसाइटीको एउटा भाडाको घरमा बस्छन् । आफ्नो यो अवस्थाको दोषी उनी छोरालाई ठान्छन् । भारतीय अखबारहरूका अनुसार छोराविरुद्ध दायर गरेको मुद्दामा उनले भनेका छन्, ‘हिलस्थित ३६ तला जेके हाउस आफूलाई फिर्ता हुनुपर्छ ।’ सन् १९६० ताका उक्त हाउस बनेर तयार हुँदा १४ तलाको मात्रै थियो । पछि ‘डुप्लेक्स’ रेमन्डकै सहयोगी कम्पनी पस्मिना होल्डिङलाई दिइएको थियो । सन् २००७ मा कम्पनीले फेरि उक्त भवनको पुनर्निर्माण गरेको थियो । एउटा करारनामाअनुसार विजयपत, उनका छोरा गौतम, भाइ अजयपतकी विधवा वीणादेवी र उनकै पनि छोरा अनन्त र अक्षयपतलाई ५ हजार १ सय ८५ वर्गफिटको डुप्लेक्स पाउनुथियो । तर, कसैले पाएका छैनन् । उक्त अपार्टमेन्टमा आफ्नो दाबी गर्दै वीणा र अनन्तले संयुक्त रूपमा पहिले नै मुद्दा दायर गरिसकेका छन् । अक्षयपतले पनि छुट्टै मुद्दा हालिसकेका छन् । छोरा भने एकलकाटे बन्दै त्यसमा कसैको हक नलाग्ने दाबी गर्दै छन् । विजयपतका कानुन व्यवसायी दिनयार मेडनले सुनुवाइका क्रममा अदालतसमक्ष आफ्नो पक्ष राख्दै भनेका छन्, ‘७८ वर्षीय विजयपत सिंघानिया आफ्नो सबै सम्पत्ति छोराको नाम गरे तर छोराले उनीमाथि ध्यानै दिन छाडेपछि यो विवाद चुलिएको हो ।’ उनका अनुसार सिंघानियाले कम्पनीको सबै सेयर आफ्नो छोराको नाममा गरेको तर छोराले बुबालाई बेसहारा बनाइदिएका छन् । सिघांनियाले आफ्नो सबै सेयर सन् २०१५ मा छोरालाई दिएका थिए । रेमन्ड समूहको हाल करिब तीन हजार करोड भारतीय रुपैयाँको लगानी रहेको जागरण पत्रिकाको अनलाइन संस्करणमा छ ।
सन् २००६ मा भारत सरकारले खेल क्षेत्रमा योगदान पुर्याएबापत पद्म भूषण अवार्ड प्रदान गरेको थियो । विजयपतलाई एभिएसनमा समेत रुचि छ । सन् १९९४ मा २४ दिनसम्म ३४ हजार किलोमिटरको उडान समेत उनले पूरा गर्न भ्याइसकेका छन् । सन् १९९८ मा बेलायतबाट भारतसम्म एक्लै माइक्रोलाइट विमान उडान गरेर ल्याएका थिए । ६७ वर्षको उमेरमा हट ब्यालुनमा उडान भर्दै उनले रेकर्डसमेत कायम गरेका थिए । सन् १९३८ मा उत्तरप्रदेशको कानपुरमा जन्मेका उनी मुम्बईको ‘सेरिफ’ पनि रहिसकेका छन् । सन् २००५ डिसेम्बरदेखि सन् २००६ डिसेम्बरसम्म मुम्बईको मनार्थ मेयर (सेरिफ) को भूमिकामा थिए । आईआईएम अहमदाबादमा गभर्निङ काउन्सिलका अध्यक्षको अनुभवसमेत उनीसँग छ । भारतीय वायुसेनाले उनलाई एयर कमोडोरको मनार्थ उपाधिसमेत दिइसकेको छ । उनी बेलायतको रोयल एयरो क्लबका सदस्य पनि हुन् । अगामी अक्टोबरमा उनी आफ्नो ७९ औं जन्मदिन मनाउने तयारीमा छन् । तर, तिनै विजयपत अदालतको सुनुवाइ सुरु भएको सातापछि अगस्त १८ मा मुटुमा समस्याका कारण मुम्बईस्थित एक अस्पतालमा भर्ना हुँदा छोराले मुखसमेत देखाएनन् । अस्पतालमा पत्नी आशाबाई सिंघानिया र छोरीको परिवार मात्रै पुगेका थिए । उनको उपचारमा संलग्न चिकित्सक हेमन्त ठाकुरका अनुसार सिंघानियाको रक्तचाप बढेको, मुटुमा समस्या देखिएको र केही ब्लकेजसमेत रहेको छ ।
यसै वर्षको मार्चमा उनले लन्डनमा कोरोनरी बाइपास सर्जरी गराएका थिए । सिंघानियाले टाइम्स अफ इन्डियासँगको एक अन्तर्वार्तामा ‘छोरा सानै छँदा उसलाई पर्याप्त समय नदिएरै पो यस्तो भएको हो कि’ भनेका थिए । छोरा गौतम भने बुबाद्वारा लगाएको आरोपको बचाउ गर्दै सञ्चारमाध्यमहरूलाई भनेका छन्, ‘रेमन्ड समूहको अध्यक्ष र एउटा छोराका नाताले मेरो जिम्मेवारी फरक–फरक छ । कम्पनीको सेयरधनीको हित परिवारको हितभन्दा ठूलो छ । विश्वमा उद्योग क्षेत्रले तीव्र गतिमा फड्को मारिरहेको अवस्था छ । त्यसैले रेसमा पछाडि पर्ने कुरै हुन्न । आफूमा परिवर्तन गर्दै अगाडि बढ्नुको विकल्प पनि छैन । मैले रेमन्डलाई एउटा नयाँ अवतार दिएको छु । व्यवस्थापनमा ठूलै परिवर्तन गरिसकेको छु, त्यो परिवर्तनले रेमन्डको स्थान अगामी २० वर्षसम्मका लागि पक्का बनाएको छु ।’ बुबाको अड्डी स्वभावबारे पनि उनले आफ्नो प्रतिक्रिया सञ्चार माध्यमहरूलाई दिइसकेका छन् । उनले भनेका छन्, ‘छोराको हैसियतमा मैले आपसी वार्ताबाटै समस्या समाधान गर्ने भग्मग्दुर प्रयास गरेकै हुँ तर उहाँ (बुबा) आफ्नो अडानबाट टसमस हुन चाहनुभएन । यदि कुनै मानिस एउटा रूखजस्तै कठोर बनेर अडिरहयो भने ढल्ने निश्चित छ या भाँच्चिन पनि सक्छ । त्यस्तै जसले समयसँगै आफूलाई परिवर्तन गर्दैन, उसको अस्तित्व पनि समाप्त हुन सक्छ । मैले कर्पोरेट गभर्नेन्सको नियमअनुसार प्रस्ताव पठाएको थिएँ तर सेयरधनीहरूले त्यो प्रस्ताव ठाडै अस्वीकार गरिदिए, यसमा मेरो के गल्ती ?
अब मुद्दा अदालतमा छ, त्यसैले यसबारे थप केही भन्न चाहन्नँ ।’
बाबु–छोराको विवादबारे अदालतका न्यायाधीशले पनि आपसी समझदारीमा समस्या समाधानमा जोड दिएका छन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार मुम्बई उच्च अदालतका न्यायाधीश जीएस कुलकर्णीले मुद्दाको सुनुवाइ गर्दै भनेका थिए, ‘सबैभन्दा पहिले त यस प्रकारको मुद्दा अदालतसम्म आउनु हुन्थेन । यो बुबा र छोराबीचको झगडा हो । यसलाई आपसी सहमतिमै सल्टाउनुपथ्र्यो । अब पनि केही भएको छैन मिलेरै समस्याको समाधान गर्ने प्रयास बाबुछोराले गरून् ।’ विजयपतका कानुनी व्यवसायीले अदालतको यो सुझावबारे छलफल सुरु गरिसकिएको प्रतिक्रिया दिएका छन् ।
छोरा गौतमको परिचय
विजयपतका छोरा गौतमहरिको जन्म ९ सेप्टेम्बर १९६५ मा भएको हो । उनको स्कुलिङ सेन्ट म्यारिज स्कुल मुम्बई र दि क्याथेद्रल एन्ड जोन क्यानोन स्कुलबाट भएको थियो । उनी हाल रेमन्ड समूहका अध्यक्ष र प्रबन्ध निर्देशक हुन् । उनको यो समूह विश्वमै ‘सबैभन्दा बढी बिक्री हुने कपडा’ को ‘सबैभन्दा ठूलो’ उत्पादक भएको दाबी गरिएको छ । कम्पनीले अन्सेल लिमिटेडसँगको संयुक्त लगानीमा कामसूत्र कन्डमको पनि उत्पादन गर्छ । सन् २०१२ मा उनको कुल सम्पत्ति १ दशमलव ४ अर्ब अमेरिकी डलर अनुमान गरिएको थियो । गौतम तीव्र रफ्तारमा चल्ने कार, डुंगा, जहाज र नाइटक्लबका सौखिन छन् । उनीसँग लम्बोर्घिनी ग्यालार्डो, निसान स्काई लाइन जीटीआर, होन्डा एस२००, फेरारी ४५८ इटालिया, लोटस इलिसे कन्भर्टिबल, भर्दे इथाका एलपी५७० सुपरल्यागेरा र औदी क्यु ७ जस्ता महँगा सवारी साधनहरू रहेका छन् । गौतम र डीजे अकिलको संयुक्त लगानीमा बान्द्रामा ‘पोइजन’ नामक नाइटक्लब सञ्चालनमा छ । उनी हाल भारतकै सबैभन्दा धनाढय मुकेश अम्बानीको ‘एन्टिलिया’ महलभन्दा १० तला अग्लो गगनुचम्बी भवन निर्माण गर्दै छन् । गौतम भिटिलिगो (छालामा पिग्मेन्ट उत्पादन नहुने) रोगबाट ग्रसित छन् ।
उपाधि नजिक नेपाल
साफ यू–१५ च्याम्पियनसिपअन्तर्गत शुक्रबार सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले पराजित गरेको थियो । एक समय ३–० को अग्रता बनाएको नेपाल ५० सेकेन्ड अन्तरमा दुई गोल खाएपछि अन्तिम २० मिनेट बंगलादेशको दबाबमा रह्यो ।
नेपालले खेलको छैटौं मिनेटमा आकाश बुढामगरको गोलमा अग्रता लियो । दायाँ विंग्सबाट डिफेन्डर रन्दिप पौडेलले गरेको क्रसलाई बंगाली डिफेन्डर सादेकुजामान फाहिमले रोकेर क्लियर गर्न सकेनन् । सिक्स यार्ड बक्सबाहिर फाहिमले गरेको गल्तीको फाइदा उठाउँदै आकाशले नेपाललाई अग्रता दिलाए । १५ औं मिनेटमा नेपालले अर्को अवसर सिर्जना गर्यो । दर्शन गुरुङको कर्नरमा रन्जन पुनको हेडरलाई बंगलादेशका यासिन अराफातले गोललाइनबाट क्लियर गरिदिए ।
खेलले आधा घण्टाको समय छुँदा नेपालले अग्रता बढायो । दर्शनले पेनाल्टी बक्सको दायाँ भागबाट दिएको क्रसमा दीपक भण्डाराको हेडर गोलरक्षक इमोन हवल्दार र फाहिमको बीचबाट छिरेपछि आकाशले खाली पोस्टमा गोल गरे । इमोन र फाहिमले एक आपसमा समझदारी गर्न नसक्दा आकाश भाग्यमानी साबित भए ।
पहिलो हाफको अन्तिम मिनेटमा फोयसल अहमद फाहिमले बंगलादेशलाई खेलमा फर्काउने अवसर गुमाए । उनले पेनाल्टी बक्स बाहिरबाट चार डिफेन्डर छक्याउँदै ल्याएको बललाई सिक्स यार्ड बक्सबाट पोस्टको दिशा दिन सकेनन् ।
मध्यान्तरमा २–० ले पछि परेको बंगलादेशले दोस्रो हाफको सुरुआतमै अर्को मौका गुमायो । नेपालका गोलरक्षक विशाल सुनारले क्लियर गरेको ब्याकपास सिधै बंगलादेशका उज्जल हुसेनको खुट्टामा पुग्यो । तर उज्जलले हतारमा गरेको प्रहार भाग्यवश सिधै विशालकै हातमा पुग्यो ।
खेलको ६५ औं मिनेटमा नेपाल ३–० को अग्रता कायम गर्न सफल भयो । वैकल्पिक खेलाडी कार्लोस बखारियाले बायाँ विंग्सबाट गरेको क्रस बेन्चबाट आएका बंगाली डिफेन्डर नजमुल विश्वासले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरे ।
७३ औं मिनेटमा बंगलादेशले खेलमा फर्कने आस जगायो । फोयसलले मोहमद राजा शेखसँग छोटो फ्रिकिकमा वान–टु पास खेल्दै दर्शनीय गोल गरे । त्यसको ५० सेकेन्डमै नेपालले दोस्रो गोल खायो । पहिलो गोल खाएर सेन्टरबाट बल चालेको १७ सेकेन्डमै नेपालको अग्रता घटेको थियो । उज्जलले बक्सभित्र गोलरक्षकलाई बिट गरेको पास असिम गुरुङले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा लागेर फर्कियो । त्यसपछि गोललाइनमा दुवै टोलीका खेलाडीको भीडभाड बढेपछि ११ मिनेटअघि मैदान छिरेका हबिबुर रहमानले बललाई पोस्टको दिशा दिए ।
लगातार दुई गोल गरेको बंगलादेशले नेपालमाथि लगातार दबाब सिर्जना गर्दै आक्रमण बुन्न थाल्यो । विगतका खेलको तुलनामा केही सुधारिएको नेपाली डिफेन्सले लगातार बंगलादेशको रणनीति विफल पार्यो । दोस्रो हाफमा थपिएको ६ मिनेट इन्ज्युरी टाइमको अन्तिम मिनेटमा नेपालले अर्को गोल गर्यो । खेलकै अन्तिम प्रहारलाई विर्जेश चौधरीले गोलमा परिणत गरे । उनले रन्दिपले दायाँबाट दिएको पास सदुपयोग गर्दै नेपालको फाइनल यात्रा सुनिश्चित गरे । नेपालले फाइनलमा छिमेकी भारतसँग खेल्नेछ ।
शुक्रबारै अर्को सेमिफाइनलमा भारतले भुटानलाई ३–० ले पराजित गर्दै नेपालविरुद्धको फाइनल पक्का गरेको हो । कप्तान विक्रमप्रताप सिंहले २० औं मिनेटमा गरेको गोलमा भारतले मध्यान्तरसम्म १–० को अग्रता बनायो । दोस्रो हाफमा वैकल्पिक खेलाडी हरप्रित सिंहले ७५ औं मिनेटमा अग्रता दोब्बर पारे । अन्तिम मिनेटमा मेल्भिन डेमेल्लोले गोल गरेर भारतको जित सुनिश्चित बनाए ।
खेलाडीले राम्रै प्रदर्शन गरे । म सन्तुष्ट छु । अन्त्यतिर ३–० ले अगाडि भएपछि खेलाडीहरू अलि बढी आक्रामक हुँदा सम्हालिन सकेनन् । लगातार गोल खाएपछि केही दबाब पर्यो तर नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं । हाम्रो रणनीति केही हदसम्म सफल भयो ।
हामीले खेलभर थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेनौं । हाम्रो डिफेन्समा भएका मूर्खतापूर्ण गल्तीकै कारण नेपाललाई उपहारस्वरुप गोल दियौं । नेपालको पक्षमा नतिजा परे पनि खेलको स्थिति अर्कै थियो । हाम्रो खराब दिन रह्यो ।
यहाँसम्म आउन टोलीले निकै मिहिनेत गरेको छ । फाइनलमा भारतसँग खेल्न पाउनुलाई हामीले अवसरका रूपमा लिएका छौं । फाइनलमा इतिहास रच्दै आफ्नो मिहिनेत सार्थक तुल्याउने लक्ष्य छ । हामी एकढिक्का भएर सुरुदेखि नै लागेका थियौं । त्यसैअनुसार फाइनल सुखद हुन्छ भन्ने अपेक्षा छ ।’
happy new year
https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...





































