सिन्धुपाल्चोकका
स्कुलहरूमा पुग्दा विद्यार्थीले मीठो मानेर चटपटे खाइरहेको देखेँ ।
विभिन्न स्कुलमा पुगेर म र मेरा केही साथीले स्वास्थ्य र पौष्टिक भोजन
खानुपर्छ भनेर बतायौँ ।खाजा खाने बेला स्कुलमा चटपटे बेच्ने महिलाले मीठो
गरेर चटपटे बनाइन्, त्यसमा अमिलो भनेर चिनीजस्तो वस्तु हालिन् । मैले भनेँ,
‘चटपटेमा अमिलोको सट्टामा किन गुलियो हाल्नुभयो ?
‘होइन, यो त अमिलो
हो, यसलाई चिनी अमिलो भनिन्छ, कागतीको अमिलो हाल्दा त एकदम महँगो हुन्छ ।
यही सस्तो पनि, बच्चालाई मनपर्ने अमिलो पनि’ भन्दै पोको पार्दै ती दिदीले
वरिपरि उभिएर बसेकालाई चटपटे दिइन् । मसँगै काममा हिँडेकी उमाले भनिन्, ‘यो
चिनी अमिलो त मैले घरमा पूजाका भाँडा, तामाका भाँडा माझ्न प्रयोग गर्छु ।
यसमा रहेको अमिलोपनले भाँडाको फोहोर सट्टै जान्छ ।यसरी भाँडा सफा गर्ने
चिनी अमिलो बालबालिकाको पेटमा गएपछि यसले कति खराब होला । वास्तवमा यो त
भाँडा मस्काउने अमिलो साबुन नै खाएको हो ।’ मैले त्यसरी चिनी अमिलोजस्तो
विषालु रसायन नेपाली बालबालिकाले खालान् भनेर मैले कल्पना नै गरेकी थिइनँ ।
यो
घटनाले मलाई केही महिनाअघि दिल्ली जाँदाको समाचार याद दिलायो । चनाचटपटे
बेच्ने एक मानिसले फोहोर पानी हालेर बेचेको खबर पाएपछि केही सरकारी मानिस
आएर चटपटेमा प्रयोग गरिने पानी कति शुद्घ छ भनेर जाँचेर हेर्दा उनीहरू छक्क
परे । चटपटेमा हालिने पानीमा त शौचालय सफा गर्न प्रयोग गर्ने हारपिकमा
प्रयोग गरिने रसायन भेटियो । कर्मचारीले त्यस मानिसलाई पानीमा किन हारपिकको
रसायन देखियो भन्दा उसले भनेको कुरा सुनेर कर्मचारी स्तब्ध भए । ‘म त
हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु । कागती पानी वा चुक अमिलो हालेर
पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि ।’ ती पसलेलाई मिसावट गरेको
हुनाले ६ महिनाको जेल सजाय दिइयो । उनी अहिले जेलबाट निस्केर पक्कै पनि
फेरि पानीपुरी र चटपटे बेच्दै होलान् ।
हामीले सिन्धुपाल्चोकका छात्रछात्रालाई सोध्यौँ, ‘तिमीहरु कति चटपटे र पानीपुरी खान्छौ ?’
‘होइन,
हामी त खाँदैनौँ, यस्तो विषजस्तो वस्तु,’ छात्रछात्राले ठूलो स्वरले भने ।
‘तिमीहरूले खाने चनाचटपटेमा त यही हालिन्छ नि’ भनेर हामीले चना, केराउ,
प्याज, भुजामा नुन हालेर उनीहरूलाई चाख्न दियौँ ।मिठो छ तर अमिलो छैन’
भनेपछि हामीले विद्यार्थीलाई देखाएर चिनी अमिलो हाल्यौँ र केही
विद्यार्थीलाई चाख्न दियौँ । उनीहरूले मीठो मानेर खाए र भने, ‘हो, अब त
अमिलो र मीठो भएछ’ भने ।
‘हेर हामीले अमिलो भनेर हालेको यही चिनी
अमिलो हो, जसले हामीले अघि फोहोर कचौरा सफा गरेका थियौँ,’ मैले भनेँ ।
छात्रछात्राहरू ‘लौन, यस्तो त हामीलाई थाहै थिएन’ भनेर कुरा गर्न थाले ।
अनि हामीले उनीहरूलाई कसरी पानी पुरीमा पनि यसैगरी चिनी अमिलो वा शौचालय
सफा गर्ने रसायन हाल्छन् भनेर बतायौँ । त्यसैगरी विभिन्न प्याकेटमा आउने
चाउचाउ, कुरकुरे आदि पनि यस्तै शरीरलाई हानि गर्ने रसायन हालेर बनाइएको
हुन्छ भनेपछि सबैले जिब्रो टोके । ‘यस्तो खाएर पो त हाम्रो पेट कटक्क
काट्दोरहेछ’ भनेर आपसमा कुरा गरे । स्कुलमा शिक्षकले पनि भने, ‘यस्तो खराब
रसायन हालेर चनाचटपटे र पानीपुरी बनाउँदा रहेछन् भन्ने कुरा त हामीलाई थाहै
थिएन । हामीले झन् चनाचटपटे त स्वस्थकर हुन्छ भनेर पो खान्थ्यौँ त ?’
शिक्षकको
कुरा सुनेर हामीले भन्यौँ, ‘चना चटपटे घरमा सफा तरिकाले बनाउने र कागतीको
अमिलो हाल्ने, चाउचाउ न हालेर खाने हो भने त स्वस्थकर नै हो । पानीपुरी सफा
तरिकाले घरमा बनाएर खाने हो, अस्वस्थकर वस्तु होइन । चिनी अमिलो हालेको
पानीपुरी पो विष भयो त । कतिचोटि शौचालयमा सफा गर्न हालिने रसायन पनि
तपाईंहरूले खानुभयो होला नि ।’
शिक्षकले भने, ‘अब हामी यसमा विचार
गर्छौं । अब त सरकारले पनि स्कुलमा चाउचाउ र अस्वस्थकर वस्तु ल्याउन निषेध
गराउनु भनेर चिठी पठाएको छ ।’ मैले भनेँ, ‘सरकारले सबै स्कुलमा आएर हेर्न
सक्दैन । तपाईंहरूले नै चाउचाउजस्ता वस्तु खान विद्यार्थीलाई निरुत्साहित
गर्नुपर्छ ।’
‘के गर्ने, तपाईं यस्तो भन्नुहुन्छ ? मेरी श्रीमतीले
बच्चालाई दिनदिनै खाजा बनाउन झ्याउ भो भनेर मलाई दुई कार्टुन चाउचाउ
ल्याइदिनु भनेपछि मैले किनेर लगिदिए । तर चाउचाउ बाहिरी प्याकेटका वस्तु
यति खराब हुन्छ भन्ने थाहा थिएन,’ एक शिक्षकले अँध्यारो मुख लगाए ।
‘तपाईंले समय–समयमा आएर हाम्रो विद्यार्थीका आमाबुबा, हजुरआमालाई पनि यस्तै
कुरा सुनाइदिन्स् न । तपाईंले भनेपछि विश्वास गर्छन् । हामीले भनेको त
टेरपुच्छर नै लगाउँदैनन् ।यसरी फोहोर भाँडा माझ्ने कुरा मिसाएको खानुहुँदैन
भनेर व्यावहारिक रूपमा भाँडा पनि माझेर देखादिनुस् न । अनिविश्वास
गरिहाल्छन नि,’ मैले भनेँ । सिन्धुपाल्चोकमै स्कुलमा अभिभावक समूहमा पनि
स्वस्थ खानाबारे छलफल गर्दा केही आमाले भने, ‘हाम्रा बच्चाले त पानीपुरी,
चटपटे र चाउचाउबाहेक अरु त खाजा नै नखाने भन्छन् । अनि, हामी के गरौँ त ?’
आमाहरूको
कुरा सुनेर उनीहरूलाई पनि चिनी अमिलो हालेर भाँडा सफा गरेर देखाएँ । त्यही
चिनीअमिलो चना चटपटेमा हालेर अमिलो चटपटे ख्वाउन पनि लगाइयो । यसरी
हाकाहाकी चिनी अमिलोजस्तो विष तपाईंहरूले आफ्नो सन्तानलाई ख्वाउनुहुन्छ भने
हामी त केही भन्न सक्दैनौँ । भोलि तपाईंका छोराछोरी कुपोषित भए, बिरामी
भएर अस्पताल लैजानुप¥यो भने त दुःख पाउने तपाईंहरू नै हो । तपाईंहरू नै
विचार गर्नुस् आफू र आफ्ना सन्तानलाई कस्तो भोजन ख्वाउने ?’ अनि केही आमाले
प्रश्न गरे, ‘त्यसो भए बच्चालाई के खाजादिने त ?’
‘खाजा त जति पनि छ
नि । भुटेको भात, उसिनेको आलु, चना–चिउरा, बदाम, रोटी, अन्डा, खिचडी ।
यस्ता वस्तु ख्वाउन तपाईंहरूले सन्तानलाई प्रेरित नगरेर चिनी अमिलो र
हारपिकजस्तो चिज हालेको खाना ख्वाउनुहुन्छ भने आफ्ना सन्तानलाई बिरामी होस्
भन्ने श्राप दिइरहनुभएको छ । के तपाईं आफ्ना सन्तानलाई श्राप दिन
चाहनुहुन्छ कि स्वस्थ हुने वरदान ? आफैँ विचार गर्नुस् ।’ हाम्रो कुरा
सुनेर आमाहरू चुप छन् ।
यो लेख पढ्ने अभिभावक आफ्ना छोराछोरीलाई खाजामा के दिनुहुन्छ ?
Monday, July 17, 2017
Home »
» म त हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु, चुक अमिलो हालेर पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि !
म त हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु, चुक अमिलो हालेर पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि !
Nepal TEchno World. Powered by Blogger.
happy new year
https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...







0 comments:
Post a Comment