Friday, July 14, 2017

राष्ट्रपतिविरुद्ध फेसबुकमा जथाभावी लेख्ने प्यूठानका सुनार पक्राउ


कपिलवस्तु, २९ असार । राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा नानाभाँती लेख्ने युवक तौलिहवाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सोनुकुमार सुनार पेशाले पत्रकार हुन् ।
रेडियो तौलिहवाका पत्रकार सुनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रेडियोको स्टेशन बाहिरबाट बुधवार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुनारको स्थायी घर भने प्यूठान जिल्लामा पर्छ । केही समय यता कपिलवस्तुमा कार्यरत सुनारले अत्यन्तै तुच्छ शब्द प्रयोग गरेर फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्दै आएका थिए ।
प्रहरी उपरीक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको बताए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जथाभावी लेख्ने सुनारलाई हदैसम्मको कारबाही माग गरे ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive