Monday, July 31, 2017

घण्टाघरको औचित्यमाथि प्रस्न?

     कारकाँदो चोकमा घण्टाघर बनाउने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्णयको चौतर्फी आलोचना भएको छ । संचार र प्रविधिमा भएको विकाससँगै मानिसले घडी समेत लगाउन छाड्दै गएका समयमा घण्टाघर निर्माण गर्ने उद्योग वाणिज्य संघको निर्णयलाई धेरैले पुरातन सोंचको उपज भनेका छन् ।
अनुत्पादक क्षेत्रमा लगानी गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघको कदमको आलोचना गर्दै व्यवसायी ललित रौनियारले आधुनिक युगमा घण्टाघरको औचित्यबारे प्रश्न उठाएपछि सामाजिक संजालमा यसबारे बहस छेडिएको छ । रौनियारजस्तै अधिकांशले घण्टाघर बनाउन गर्न लागिएको लगानीलाई औचित्यहिन भनेका छन् । संघले करिब २५ लाख रुपैयाँको लागतमा कारकाँदो चोकमा घण्टाघर बनाउने तयारी गरेको छ । जसका लागि नेपालगन्ज उपमहानगरपालिका उपमहानगर कार्यपालिकाको कार्यालयले चोकको जग्गा घण्टाघरका लागि उपभोग गर्न संघलाई अनुमति पनि दिईसकेको छ ।
पूर्व प्रशासक विश्वराज डोटेलले पनि नेपालगन्ज उद्योग वाणिज्य संघको घण्टाघर बनाउने सोंचलाई एक सताब्दी पुरानो भनेर टिप्पणी गरेका छन् । कुनै समय बाँकेको एलडीओ रहिसकेका डोटेलले घण्टाघर बनाउने निर्णयप्रति विमति राख्दै भनेका छन्, ‘म एलडीओ हुँदा सेम शाक्य जीले यस्तै प्रस्ताव ल्याउनु भएको थियो । मैले त्यति बेलाका सीडीओ ढुण्डीराज पोखरेल ज्यूको उपस्थितिमा द्रुत प्रविधिको विकासले घण्टाघरको औचित्य नरहेकोले नगरको सुन्दरता बढाउने योजना ल्याउन अनुरोध गरेको थिएँ । जुन उहाँहरुको टीमले स्वीकार गरेको थियो । बुद्धिले पनि हामी १ सताब्दी पछाडी छौं भन्ने पुष्टि हुन्छ ।’
इन्सेकका क्षेत्रीय प्रमुख भोला महत पनि घण्टाघर बनाउने निर्णय उपयुक्त नभएको भन्दै त्यसको विपक्षमा उभिएका छन् । उनले भनेका छन्, ‘यो आधुनिक युगमा केको घण्टा घर ? केही सृजनशिल कुरा सोचौं ।’ त्यस्तै शिक्षक प्रकाश लामिछानेले पनि घण्टाघर बनाउने निर्णयप्रति विमति राखेका छन् । यता पत्रकार सम थापाले पनि घण्टाघर बनाउने निर्णयको विरोध गर्दै भनेका छन्, ‘हातमै घडी बान्न छोडिसकेका बेला घण्टाघर किन चाहियो ? बरु सहरभरी व्यवस्थित शौचालय बनाउँदा मानिसहरुले लाभ लिन्छन् ।’
यता नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने घण्टाघर बनाउने निर्णय गलत नभएको दाबी गर्छन् । उनले यसको विरोध गर्नु पर्ने कुनै कारण नरहेको भन्दै संघको निर्णयको बचाउ गरे । अवध पोस्ट्सँग कुरा गर्दै अध्यक्ष बैश्यले भने, ‘हामीले संघ ५० बर्ष पुगेको अवसरमा घण्टाघर बनाउन लागेका हौं । फेरि यो घण्टाघर मात्र नभएर ‘उद्योग स्तम्भ’ पनि हो । त्यसैले कसैले विरोध गर्नुको कुनै अर्थ छैन ।’
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive