Thursday, July 20, 2017

२४ घण्टा प्रहरी खोरमा बसेर बाहिरिएका गायक पंगेनीको स्पष्टोक्ति झुठ साबित, प्रहरी भन्छ : “हो, हामीले उनलाई जुवाकै खालबाटै पक्राउ गरेका हौं


    जुवाको खालबाट हिजो साँझ नै पक्राउ परेका गायक बद्री पंगेनी आज एमाले नेतृत्वको चर्को दबाबका कारण थुनामुक्त भएका छन् । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री जनार्दन शर्मालाई फोनमार्फत दबाब दिएपछि पंगेनीलाई प्रहरीले आज साँझमात्रै उनलाई रिहाई गरेको हो ।
हिरासतमै भएका बेला गायक पंगेनीले आफु पक्राउ नपरेको र प्रतिष्ठानको बैठकमा रहेको भन्दै संचारकर्मी र सुवेच्छुकहरुलाई ढाँटेका थिए । तर उनको उक्त झुठ १२ घण्टापनि टिक्न सकेन । उच्च स्रोतका अनुसार महाराजगंज प्रहरीले पंगेनीलाई मंगलबार बेलुका सात बजेतिर पक्राउ गरी आज बुधबार ११ बजेतिर जिल्ला प्रशासन कार्यालयमा पठाइएको थियो ।
पंगेनीले पक्राउ नभएको दावी गरिरहेका बेला प्रहरीले भने उनलाई आफूहरुले पक्राउ गरिएको पुष्टी गरेको हो । पंगेनी मंगलबारराती काठमाडुको बाँसबारीस्थित् होटेल शाखाबाट पक्राउ परेको प्रहरीको दाबी छ ।
जुवा खेलिरहेका बेला गायक पंगेनीसहित अन्य ११ जना पक्राउ परेको महाराजगंजका प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।
एमाले अध्यक्ष ओलीको दवावमा उनी हिरासतमुक्त भएका छन् । उनलाई दिउसो १ बजेतिर जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिहा गरेको हो । गायक पंगेनीमात्रै नभएर उनीसहित पक्राउ परेको ११ जना नै हिरासतमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ ।
गायक पंगेनीको नामबाट सार्वजनिक भएको विज्ञप्तीमा भने उनले आफु पक्राउ नै नपरेको दावी गरेका थिए । उनी राष्टिय लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत हुन । उनी प्रहरी हिरासतमै रहेकाले बरिष्ठ उपाध्यक्ष रमेश विजिको अध्यक्षतामा बैठक बस्न लागेको थियो । तर उनी हिरासतमुक्त भएपछि उनकै अध्यक्षतामा बसेको स्रोतको दाबी छ ।
गायक पंगेनीलाई चिन्नेहरुले भने उनी लामो समयदेखि यस्तै जुवा, तास जस्ता कार्यमा संलग्न हुदैँ आएको जनाएका छन् । उनी काठमाण्डुका अधिकांश क्यासिनोका पनि ग्राहक भएको निकटस्थहरुको भनाई छ ।
देशकै लोक, संस्कृति तथा कलाको जर्गेना गर्ने नेतृत्वमा रहेका गायक पंगेनीको यो हर्कतले उनका शुभेच्छुकहरुमा भने यतिवेला नैराश्यता छाएको छ । तर उनी भने कुलतमा नै फस्दै आएका छन् ।रिपोर्टसनेपाल बाट
प्रकाशित :साउन ५ बिहिबार-२०७४ 
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive