Friday, July 28, 2017

उद्घाटनअघि नै भत्कियो पुल

श्रावण १३, २०७४- इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल दुई महिनामै भत्किएपछि स्थानीय आक्रोशित छन् । 
चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि भाँचिएपछि उनीहरु आक्रोशित भएका हुन् । ‘योभन्दा हद हुने ठाउँ छैन,’ चेतन आंथुपोले भने, ‘एक त खोलाको बिचमा पुल बन्यो । त्यो पनि एकैचोटिको बाढीले भत्कियो ।’ सरकारी पक्षको लापरबाहीले गर्दा  चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनुपरेको उनले बताए । 
नवनिर्मित पुल २ सय ४ मिटर लम्बाइको थियो । झोलुंगे पुल महाशाखा काठमाडौंको ७० लाख बजेटमा बनेको पुल रेखदेख समिति अध्यक्ष राजेन्द्र केरुङले बताए । उनले ३ फिट मात्र गाडिएकाले पूर्वपट्टीको एउटा पिल्लर भासिएको जानकारी दिए । ठेकेदारलाई पिल्लर गहिर्‍याएर गाड्न भन्दा ३ फिटभन्दा लैजान नमानेको केरुङको भनाइ छ । ‘३ फिट मात्र गाडेपछि त्यति बेलै विरोध गरेका थियौं । केही दिन काम पनि रोकियो,’ उनले भने, ‘तर, ठेकेदारले स्टिमेटभन्दा बढी काम गर्न नसक्ने भन्दै ३ फिटमै पिल्लर गाडेर गयो ।’ 
उक्त पुल किनार छाडेर खोलाको बिचमा बनाउन लागिएको भन्दै सुरुदेखि नै आलोचना हुँदै आएको थियो । पुल भेट्न पूर्वमा डेढ सय मिटरभन्दा बढी र पश्चिममा एक सय मिटर खोला तरेर जानुपर्छ । अध्यक्ष केरुङका अनुसार पुलको सर्भे गरिएको वर्ष खोला बिचबाटै बगेको थियो । तर, गत वर्ष ५ सय मिटर उत्तरको बाँध फुटाएर खोलाले धार परिवर्तन गरेको छ । त्यसपछि खोलाको आकार ठूलो भएकाले पुल बिचमा परेको केरुङले बताए । ‘अहिलेलाई खोलाको आकार ठूलो देखिए पनि वास्तविक धार पुल बनेकै स्थानमा हो,’ उनले भने । उनले आवश्यक प्रक्रिया पूरा भइसकेकाले सर्भे गरेकै स्थानमा पुल बनाउन बाध्य भएको बताए । 
‘स्टिमेट नै गलत थियो । त्यत्रो खोला देख्दादेख्दै कसरी बिचमा पुल बनाइयो ?,’ पूर्व गाविस अध्यक्ष ओमनारायण खनालले भने, ‘मान्छे हिँड्न बनाइएको पुल अहिले सेल्फी खिच्न राम्रै काम दिएको छ । हामी त पुलमुनिबाटै हिड्नु परिरहेको छ ।’ 
बनेलगत्तै पुल भत्किएकोबारे आगामी गाउँसभामा छलफल चलाइने गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । उनले पुल निर्माणबारे विस्तृत जानकारी नभएको भन्दै तत्कालै प्रतिक्रिया जनाउन चाहेनन् । ‘पुल कसरी त्यस्तो भयो, म बुझ्ने काम गरिरहेको छु,’ उनले भने ।
वडा नं. ३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आउन उक्त पुल अत्यावश्यक रहेको आंथुपोले बताए । ती वडाबाट गाउँपालिकाको एक मात्र जनता मावि पढ्ने विद्यार्थीलाई पनि पुल जरुरी छ । खोला तर्न नसकेर प्रत्येक बर्खामा दुई महिनाजति विद्यार्थीको पढाइअवरुद्ध हुँदै आएको छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive