Monday, July 10, 2017

भक्तपुरमा पेट्रोल पम्पमा आगलागी चार जना घाइते

     

भक्तपुरमा पेट्रोल पम्पमा आगलागी चार जना घाइते

      
        भक्तपुर । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली नजिकै सिद्धार्थ पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । साँझ ६ बजेर ५० मिनेट जादा भएको आगलागीमा चार जना घाइते भएका छन् ।घाइतेमध्ये तीनजना उपचारपछि घर फर्केका छन् भने सीता तामाङको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । उनको मुहारको केही भाग जलेको छ ।
ध्रुव महर्जनद्वारा सञ्चालन गरेको पम्पमा भएको आगलागीमा पम्प नजिकै पसल गरी बस्ने सीता तामाङ उनका श्रीमान राम तामाङ, निराजन उप्रेती र ट्यांकरका सहचालक पवन श्रेष्ठ भाग्ने क्रममा घाइते भएका छन् ।
बा.७ ख २७५० नम्बरको ट्याकरबाट पम्पमा पेट्रोल झारिरहेको अवस्थामा ट्याकरका चालक र सहचालकले आगो बलेको देखेपछि अन्यलाई खबर गरेका थिए ।
त्यसपछि पम्पमा भएको अग्नी नियन्त्रण ग्यासको मद्दत तथा तत्कालै प्रहरी र दमकल पुगेकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जानकारी दिएको छ ।
ट्याकरले आधा पेट्रोल झारिसकेपछि अण्डर ग्राउन ट्याकी सुरक्षाको लागि बनाएको टहरोमा आगो लागेको महानगरीय प्रहरी वृत थिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive