सन् १९४५ मा जन्मेका बेलायती नागरिक मार्टिन ज्याकेस कुनै समय ‘माक्र्सिजम टुडेका’ मासिक पत्रिकाका संस्थापक सम्पादक थिए । हाल तिनी बेलायतको द गार्डेन पत्रिकाको स्तम्भकार छन् । लन्डन स्कुल अफ इकनोमिक्स र क्याम्ब्रिज विश्वविद्यालयलगायत चीनको टिसिंगहुआ र सिंगापुरको ली क्वान यु स्कुल अफ पब्लिक पोलिसीजस्ता विश्व प्रसिद्ध शिक्षण संस्थानहरूमा अनुसन्धान र अध्यापन गर्छन् ।
ज्याकेसले सन् १९९६ मा ‘ह्वेन चाइना रुल्स द वल्र्ड : द इन्ड अफ वेस्टर्न वल्र्ड एन्ड द बर्थ अफ न्यू ग्लोबल अर्डर’ पुस्तक लेखन कार्यको घोषणा गरेदेखि नै विश्व बौद्धिक जगत् यसप्रति कौतूहल देखियो । विवादको विषय पनि बन्यो यो । दु:खद पारिवारिक घटना (पत्नीको देहावसान) र अनुसन्धान कार्यमा संलग्न हुँदा चिनियाँ अक्षर पहिचानजस्ता कारणहरूले गर्दा पुस्तक लेखकले अनुमान गरेभन्दा बढी समय लियो । पहिलो संस्करण (२००९) बजारमा उपलब्ध हुन दशक लाग्यो । विश्वमै ख्याति कमाएको यो पुस्तकको दोस्रो संस्करण (२०१२) प्रकाशन हुँदासम्म १५ विभिन्न भाषामा अनूदित भई बजारमा आइसकेको थियो । अंग्रेजी संस्करण साढे तीन लाखभन्दा बढी प्रति बिक्री भइसकेको अनुमान गरिएको छ । ज्याकेसले पुस्तकको ‘अन लाइन’ संक्षिप्त प्रस्तुतिलाई २० लाखभन्दा बढीले पढेका छन् ।








0 comments:
Post a Comment