Friday, July 21, 2017

भित्तामा टाउको ठोक्काएर भारतीय प्रहरीको हिरासतमै नेपालीको ‘हत्या’, सिमला तनावग्रस्त

       


५ साउन, काठमाडौं । प्रहरी हिरासतमै नेपाली युवकको मृत्यु भएपछि भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा हिंसा भडि्कएको छ । प्रदर्शनका कारण शहरको सबै पसलका साथै स्कुल र कार्यालयहरु समेत बन्द गरिएको छ । यो प्रदर्शन सामूहिक बलात्कारपछि १० वर्षीया बालिकाको हत्यासँग पनि जोडिएको छ ।

झण्डै दुई महिनाअघि सिमला नजिकैको कोथ्काईमा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा स्थानीय प्रहरीले गम्भीर त्रुटी गरेको देखिएपछि राज्यको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले बन्द आहृवान गरेको छ । बलात्कार घटनाको छानविनका क्रममा प्रहरीले दुई नेपालीसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये नेपाली नागरिक सुरज कुमारको बुधबार शंकास्पद मृत्यु भएको छ । बलात्कार घटनाका मुख्य अभियुक्त मानिएका राजेन्द्र सिंहले जेलमै सुरजको टाउको भूईमा ठोक्कएर हत्या गरेको स्थानीयको दाबी छ ।

सुरजको हत्या भएको खबर सार्वजनिक भएलगतै आक्रोसित स्थानीयले कोथाई भन्ने स्थानमा पुलिस स्टेशनमा प्रवेश गरेर प्रहरीमाथि नै हातपातको प्रयास गरेका छन् । बलात्कार घटनाका मुख्य अभियुक्त राजेन्द्र धनाड्य परिवारका भएकाले प्रहरीले राम्रो अनुसन्धान नगरेको स्थानीयको आरोप छ । बुधबार मात्र हिमाञ्चल प्रदेशको उच्च अदालतले यो विषय केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले हेर्न आदेश दिएको छ ! भारतीय सञ्चार माध्यमहरुका अनुसार पक्राउ परेका दुबै नेपाली कामदार हुन् । उनीहरुलाई दोषी देखाएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बीजेपीको दाबी छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive