काठमाडौं, सरकारले साथ दिए लेलेमा धुर्मुुस सुन्तलीको ‘नमुना नेपाल’ बन्ने भएको छ । सरकारले स्विकृती दिएको खण्डमा ललितपुरको लेलेमा नमुना नेपाल बन्ने उनीहरुले बताएका छन् ।
ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक बनमा ‘नमुना नेपाल’ बन्ने उनीहरुले बताएका छन् । जग्गा हेर्न गएको यो जोडीलाई स्थानीयले फुलमाला सहित स्वागत गर्दै परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका छन् । खोजे जस्तो जग्गा भेटेपछि धुर्मुस-सुन्तलीले आफूहरु उत्साहित भएको बताएका छन् ।
३ वटा बस्ती बनाएर विश्वभरका नेपालीको मन जितेका हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको नयाँ योजना निर्माण ५ अर्ब बजेटमा पुरा गर्ने बताएका थिए
उनीहरुले भने-‘राष्ट्रिय गौरवको परियोजनालाई सरकारले पनि साथ दिने हामीले आशा गरेका छौं। यो हाम्रो मात्र नभएर सारा नेपालीको सपना हो ।’ उनीहरुले ‘नमुना नेपाल’ निर्माणका लागि उपयुक्त हुने जग्गा गोदावरीको लेलेमा हेरेका छन् । खोजे जस्तै जग्गा भेटेपछि योजनाको नजिक पुगेको उनीहरु बताउँछन् ।
स्थानियबासीले दिएको सहमति पत्र नागरिक उड्डयन मन्त्रालयमार्फत प्रस्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक रुपमा परियोजना निर्माणका लागि स्विकृती दिने विश्वासउनीहरुले राखेका छन् ।










0 comments:
Post a Comment