Thursday, July 20, 2017

यसरी लुट्छन् सरकारी कर्मचारी जनता र राज्यको ढुकुटी…सक्दो सेयर गरौँ।

    

    ईन्द्र आचार्य/जनबोली न्युज डेक्स, काठमाडौ । जनताको गाँस काटेर जम्मा गरेको राष्ट्रिय ढुकुटीबाट भरणपोषण भइरहेका सरकारी कर्मचारीले उनै जनतालाई कसरी आर्थिक रुपमा चुसिरहेका छन् ।
साथै राज्यको ढुकुटी कसरी खोक्रो बनाइरहेका छन् भन्ने यो तस्विरबाट प्रष्ट हुन्छ ।
सोझा स्थानीय जनतालाई यीनिहरुले यसरी लुटिरहेको छन् । तस्विरमा तपाईले देख्न सक्नुहुन्छ । यो तस्विर भर्खरै घोषण भएको झापा शनिस्चरे स्थित शनिअर्जुन नगरपालिका कार्यालयको आम्दानी रसिदको हो ।तस्विरमा नगरपालीकाले जारी गरेका दुई प्रति नगदी रसिद देख्न सकिन्छ । जुन कानूनमा व्यवस्था भए बमोजिमको एउटा नागरिक प्रति हो भने अर्को सरकारी रेकर्ड हो । दुवैमा नाम, ठेगाना, सेवाको प्रकार र रसिद नम्बर एउटै छ ।
सिरियल नम्बर ५९० का उक्त दुवै रसिदमा लेखिएको छ की झापा शनिअर्जुन नगरपालिका वाड नं. ९ का विष्णु कुमार शर्मा भट्टराईलाई मुल्याङ्गकन सिफारिस सेवा दिएवापत नगदी रसिद भरिएको हो भन्ने बुझिन्छ ।
तर अब तपाईले दुवै रसिदमा भएको रकम हेर्नुभयो भने अवश्य जिव्रो टोक्नै पर्ने हुन्छ । सरकारी रेकर्ड प्रति सेतो रंगको छाँयाप्रति रसिदमा नागरिक बडापत्रमा उल्लेख भएबमोजिमको ६० रुपैयाँ भरिएको छ भने, नागरिक प्रति पहेलो रंगको रसिदमा ५००० पाँच हजार रुपैया भरिएको छ
यसले के प्रष्ट देखिन्छ भने भ्रष्ट कर्मचारीले नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम रकम भन्दा हज्जारौ गुणा बढी रकम असुलिरहेका छन् ।
यो कसरी सम्भव छ, अब सचेत हुन जरुरी छ सामान्य नागरिकले पनि बुझ्न जरुरी छ । यो रसिद लेख्दा दोस्रो अर्थात कार्यालयको रेकर्ड प्रतिमा कार्वन अर्थात छायाँ प्रति नआउने गरि लेखिएको प्रष्ट बुझिन्छ । किनकी नागरिकलाई दिएको सोही मितिको सोही रसिद नम्बरमा ५००० पाँच हजार लेखिएको छ भने कार्यालयको रकेर्ड प्रतिमा जम्मा ६० रुपैयामा मात्र रकम लेखिएको छ |
यहाँ तलमाथी नमिलेको अवस्थामा अक्षर देखिएकाले पछि खाली कुनै कागजमाथी तल कार्वन राखेर राखेर यो कार्यालय रकर्ड प्रतिमा ६० रुपैयाँ भरिएको प्रष्ट बुझिन्छ । अब भन्नुहोस् की एउटै काममा नागरिकबाट ५००० पाँच हजार असुलेर नगरपालिकालाई ६० रुपैयाँ मात्र देखाउने भ्रष्ट कर्मचारीले यो देशको ढुकुटीमा कसरी धमिरा लगाइरहेका होलान् ।
यस्तो अवस्थामा यो देश कसरी विकास र परिवर्तन हुँन सक्छ ।
यही एउटा तस्विरले समग्र सरकारी कर्मचारको प्रवृतीलाई झल्काउछ । यही कारण भ्रष्ट कर्मचारी मोटाइरहेका छन् । गरिब जनता झनै गरिब बनिरहेका छन् । जसले राष्ट्रको ढुकुटी मात्र रित्याएका छैनन् । जनतालाई समेत आर्थिक रुपमा चुसिरहेका छन् । यो रसिद जस्तै कति रसिद यसरी देशैभरी कहाँकहाँ काटिएको छ अब खोज्ने जिम्मा यही देशकै ती निकायको हो, जसले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने जिम्मेवारी पाएका छन् ।
साथै जनता स्वयं अब सचेत हुन जरुरी छ की आफुलाई लिइएको रकम कुन नियम र परिधिभित्र रहेर लिइएको हो । आफुले पाइरहेको रसिद कस्तो प्रकृतिमा तयार हुँदैछ । जनता स्वयं आफ्नै आँखाले हेरेर मात्र रकम तिर्ने वानीको विकास नभएसम्म यो देशलाई भ्रष्टहरुको चंगुलबाट बचाउन असम्भव छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive