Thursday, July 27, 2017

जानिराखौं पशुपतिनाथ मन्दिरको बारेमा १० रोचक तथ्य जुन सुनेर छक्क परिन्छ ।

नेपालीहरुको आस्था एवं श्रद्धाको पावन स्थल पशुपतिनाथको बारेमा केहि रोचक तथ्यहरू फेला परेका छन जुन यस प्रकार छन ।
१ जमिन खन्दा शिवलिंग प्रकट, नागमणी रहेको भनाई
पशुपतिनाथ मन्दिरमा सदैव शिवजी भगवानको वास रहेको किम्बदन्ती कायमै छ । धेरै पटक मन्दिरको आसपास साना मन्दिहरू निर्माणको क्रममा जमिन खन्दा थुप्रै शिवलिंगहरू निस्किएको र त्यहा शिव शक्ती प्रकट हुने गरेको पनि भक्तजनहरूको भनाइ छ । जुन आज सम्म पनि त्यो भनाइ कायमै रहेको छ ।
प्राप्त जानकारीअनुसार मूल शिवलिंग वरीपरी रातमो समयमा नाग बेरीएर रहन्छन् र शिव भगवानको बहुमूल्य नागमणी  ढकुटीमा शुरक्षीत छ ।

२ मन्दिमा गैर हिन्दुलार्इ प्रवेश निषेध
यो मन्दिरमा केवल हिन्दु धर्म मान्नेहरू मात्रै प्रवेश गर्ने गरेका छन । यो मन्दिर हिन्दुहरूको पवित्र तिर्थ स्थल मानिएकोले यहाँ गैर हिन्दुहरूलार्इ प्रवेश निषेध गरिएको छ । हिन्दुहरूले मात्र यहा पुजाआजा , आरती भजन जस्ता कृयाकलापहरूमा भाग लिन पाउनेछन । जस्तोसुकै महत्वपूर्ण ब्यक्तीहरू किन नहुन तर उनिहरू गैर हिन्दु भएमा उनिहरूलार्इ समेत प्रवेश निषेध गरिन्छ । त्यसैले आज पनि केयौ बिदेशी पर्यटकहरू उक्त मन्दिरको बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन । कुने एक समयमा भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी पशुपतीनाथ मन्दिरको दर्शनकालागि आएका थिए उनको साथमा सोनीया गान्धी पनि रहेकी थिइन । दर्शन गर्ने समयमा राजिव गान्धीलार्इ भित्र प्रवेश गर्न दिएपनि सोनीयालाई बाहिरै रोकीएको थियो । किनकी सोनीया गान्धी हिन्दु थिइनन ।
३ प्रतिक्षालय ब्युटीफुल प्यालेस
बिश्वको बिभिन्न राष्ट्रहरूबाट आउने पर्यटकहरूलार्इ सहज होस भन्ने मनसायले स्थापना गरीएको प्रतिक्षालय नै अहिले ब्युटीफुलको नामले प्रचलित छ । त्यो स्थानको नाम कसरी ब्युटीफुल रहन गयो रु गैर हिन्दुहरूलार्इ मन्दिर भित्र प्रवेशमा प्रतिवन्ध लगाएपछि मन्दिरको ठिक अगाडी बनाइएको प्रतिक्षालयको नाम ब्युटीफुल रहन गयो । साझको समयमा आरती गर्दा र दियोहरू बाल्दा मन्दिर परिषर झिलिमिली भइ बाहिरी स्थान सजिन पुगेको प्रतिक्षालयबाट नजारा गरिरहेका पर्यटकहरूले सोही दृष्यलार्इ ब्युटिफुल भन्दै तारिफ गरेपछि त्यस स्थानको नाम आज सम्म ब्युटीफुल रहन गएको हो ।
४ मुल पुजारी भारतीय
नेपालमा लोकतन्त्र स्थापना भइ तत्कालिन माओवादीको नेतृत्वमा सरकार गठन भयो त्यो बेला देखी नै पशुपतिनाथ मन्दिरमा रहेका पुजारीको बिषयमा चर्को बहस भएको थियो । सोही बेलामा भारतीय पुजारी हटाएर नेपाली मुख्य पुजारी समेत सरकारले निर्णय गरेर नियुक्ती गरेको थियो तर पूजारी नियुक्ती गरेकै बिषयलार्इ लिएर नेपालीहरू आन्दोलनमा उत्रिनुका साथै चौतर्फी बिरोध भएपछि सरकारले आफ्नो निर्णय सच्याउदै पुनःभारतिय पुजारी नै नियुक्ती गरेको थियो र सोही निर्णय आज सम्म पनि कार्यान्वयनमा चली आएको छ ।
५ मुख्य पुजारीको तलब 
पशुपतिनाथ मन्दिरमा रहेका मूख्य पुजारीको मासिक तलब मात्रै २ लाख ३५ हजार रहेको छ ।यति मात्रै नभएर मुख्य पुजारीको खाना देखी शुरक्षा सम्म राज्यले सबै बन्दोबस्त गरि राखेको पाइन्छ। यहाँ सम्मकी मुख्य पुजारी संगसंगै रहेका तिन सहायक पुजारीहरूको मासिक पारिश्रामिक पनि ६० हजार माथी तोकीएको छ ।
६  दुर्इ प्रकारको पुजा
पशुपतीनाथ मन्दिमा अहिलेपनि दुर्इ तरिकाबाट पुजा हुने गरेको छ । एक बैदिक पद्दती र अर्को तान्त्रिक पदती दुवै पदतीको पुजा गरेपनि त्यसको कुनै तस्विर एवम भिडियो निकाल्न प्रतिवन्ध लगाइएको छ । त्यसकालागि मन्दिरको पुजा स्थलमा कुनै क्यामेरा या मोवाइल छिराउन शुरक्षाकर्मीहरूले रोक लगाएका छन ।
७ पुजामा प्रयोग हुने चन्दन पनि भारतबाटै 
दैनिक हजारौको संख्यामा आउने भक्तजनहरूले गर्ने पुजा आजामा प्रयोग हुने चन्दन भारतबाटै आयात हुने गरेको छ ।उक्त चन्दन भारतको महाराष्ट्रबाट आयात हुने काठबाट उत्पादन हुदै आएको छ ।
८ दैवी शक्ती रहेको अनुभव
बि।सं। २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७।८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक वैदिक वास्तु शक्ति’(शिव कथत भूतत्व विज्ञान०को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो। त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।
९  ११ सय देखी २५ लाख सम्मको पुजा
कुनै धार्मक कार्यकालागि आवश्यक पुजा गर्न पशुपतिमा आउने भक्तजनहरूकालागि बिशेष दररेट सावर्जनिक गरिएको हुन्छ उक्त रेटमा भक्तजनहरूले आफ्नो हैसियत अनुसारको पुजा गराउने गरेको पाइएको छ । पशुपतीनाथ मन्दिरमा अहिलेपनी इच्छा अनुसारको पुजा गराउने गरेका छन । त्यहा सबै भन्दा कम दर रेट ११ सय र बढीमा २५ लाख सम्मको पुजा हुने गर्दछ । त्यसरी जम्मा भएको रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने गरेका छन ।
१०  मन्दिरमा कामधेनूको बास
पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए। कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे। यसरी  वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलिङ्ग भेटेका थिए। त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए। त्यसैल स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive