Monday, July 10, 2017

भक्तपुरमा सूर्यविनायकसम्म चल्दै आएको साझा बस २१ असारदेखि पलासेसम्म सञ्चालनमा आउने



   
भक्तपुर, असार १८ । गत जेठ १० गतेदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस आगामी २१ असारदेखि भने सूर्यविनायक नगरपालिका वडा नम्बर १० स्थित पलासेसम्मै चल्ने भएको छ । स्थानीय जनप्रतिनिधिको पहलमा साझा बस बुधबारदेखि पलासेसम्म सञ्चालनमा आउने भएको हो ।
काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म बिहानदेखि बस सञ्चालन हुँदै आएको छ । यो रुटमा २० वटा बस सञ्चालन भइरहेका छन् । सूर्यविनायकसम्म सञ्चालनमा ल्याएको करिब ४१ दिनपछि साझा बस काठमाडौदेखि पलासेसम्म सञ्चालन गर्ने सहमति भएको हो । सहमतीअनुसार बुधबारदेखि सञ्चालनमा आउँन लागेको जनाइएको छ ।
भक्तपुरबासीले भने साझा बस राजमार्ग आसपासमा मात्र नभई कमलविनायक, च्याम्हासिंह, दुधपाटीलगायतका रुटमा पनि सञ्चालनमा ल्याउन माग गरिरहेका छन् । साथै रात्रीकालीन सेवा पनि सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । हाल साझा बस साझ ६ बजेसम्म मात्र भक्तपुरमा सञ्चालनमा आइरहेको छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive