दोषी डाक्टरलाई बचाउन उच्च राजनीतिक चलखेल आफ्नो गल्ती लुकाउन चिकित्सकद्धारा पीडितलाई उल्टै मुद्धा
चिकित्सकको लापरवाहीका कारण आफ्नो खुट्टा काट्नुपरेको कारण देखाउंदै नारायण भट्टराईले जिल्ला प्रशासन कार्यालयमा क्षतिपुर्ती दावी सहित चिकित्सक विरुद्ध मुद्धा दर्ता गरेपछि सो घटनामा राजनीति सुरु भएको छ ।
क्षतिपुर्ती बापत ५० लाख रुपैया र औषधिउपचार बापत १५ लाख सहित आजिवन भरणपोषणको माग गर्दै निवेदन दिएपछि चिकित्सक संघले युवासंघका केही नेताहरु विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको छ । युवासंघका स्थानिय नेताहरु बिरुद्ध उजुरी दर्ता गर्न प्रहरीले नमाने पछि राजनीतिक दलको केन्द्रिय नेताको निर्देशनमा मुद्या दर्ता गरीएको छ ।
सो घटना पछि बांके युवासंघले बुधवार कोहलपुर नेपालगन्ज सडकखण्ड अवरुद्ध समेत गरे । बाँकेको कोहलपुर नगरपालिका १० का ४९ बर्षिय नारायण भट्टराई खुट्टाको उपचारका लागि बैशाख २९ गते नेपालगन्ज स्थित माँ जानकी अस्पतालमा भर्ना भए । त्यहां उपचारमा संलग्न चिकित्सक श्यामसुन्दर यादवको लापरवाहीका कारण आफ्नो खुट्टा काट्नुपर्ने अवस्था आएको भट्टराईको आरोप छ ।
केही दिन अस्पतालमा उपचार गर्दा पनि घाउ निको हुनुको सट्टा झन झन बल्झिदै गएपछि पीडितले अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गर्न आग्रह गरेको बताए ।
पीडितका अनुसार बिरामीसंग पैसा हुदा सम्म चिकित्सकले यही अस्पतालमा उपचार सम्भव छ भन्दै आलटाल गरेका कारण घाउ निको नहुने अवस्थामा पुगे पछि मात्र अन्यत्र रेफर गरेका थिए । त्यसपछि भारतको लखनउका बिभिन्न अस्पताल पुर्याइयो । त्यहां उपचारका लागि पैसा नभएपछि पुनः नेपालगन्ज मेडिकल कलेज भर्ना भएका भट्टराई अन्त्यमा राजधानीको बि एण्ड बी अस्पतालमा पुगेका थिए ।
वि एण्ड बीमा चिकित्सकले उपचारमा ढिलाई भएका कारण भट्टराईको खुट्टा काट्नुपर्ने अवस्थामा पुगेको भन्दै काटिदिए । चिकित्सकहरुले पीडितको लागि छलफलका लागि गएका युवासंघका स्थानिय तहका नेता सहित स्थानिय बासीन्दका विरुद्ध मुद्धा दायर गरेको हुन् । सो घटनामा निकै राजनीतिक चलखेल सुरु भएको हो ।
आफैले गरेको गल्ति ढाकछोप गर्न चिकित्सकले पीडितका सहयोगीलाई दुख दिएको भन्दै युवासंघ बांके आन्दोलित भएको छ । संघले बुधबार नेपालगन्ज कोहलपुर सडकखण्ड अबरुद्ध गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका १० का ४९ बर्षिय नारायण भट्टराईलाई बैशाख २९ गते उपचारका लागि नेपालगन्जको माँ जानकी अस्पतालमा भर्ना भए । खुट्टामा सामान्य घाउ देखिएपछि उपचारका लागि गएका भटट्राईको चिकित्सक श्यामसुन्दर यादवले उपचार गरीरहेका थिए ।
केही दिन अस्पतालमा उपचार गर्दा पनि घाउ निको हुनुको सट्टा झन झन बल्झिदै गएपछि पीडितले अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गर्न आग्रह गरेको बताए । पीडितका अनुसार बिरामीसंग पैसा हुदा सम्म चिकित्सकले यही अस्पतालमा उपचार सम्भव छ भन्दै आलटाल गरेका कारण घाउ निको नहुने अवस्थामा पुग्यो ।
डा. श्यामसुन्दर यादवले अन्तिम अवस्थामा मात्र अन्यत्र रिफर गरेपछि उनलाई भारतको लखनउका बिभिन्न अस्पताल पुर्याइयो । त्यहां उपचारका लागि पैसा नभएपछि पुनः नेपालगन्ज मेडिकल कलेज भर्ना भएका भट्टराई अन्त्यमा राजधानीको बि एण्ड बी अस्पतालमा पुगेका थिए । वि एण्ड बीमा चिकित्सकले उपचारमा ढिलाई भएका कारण भट्टराईको खुट्टा काट्नुपर्ने अवस्थामा पुगेको भन्दै काटिदिए ।
चिकित्सक श्यामसुन्दर यादवले समयमै सुविधा सम्पन्न अस्पतालमा रेफर नगरेका कारण खुट्टा काट्नुपरेको भन्दै आक्रोशित स्थानिय बासीन्दा असार २८ गते मां जानकी अस्पताल छलफलका लागि पुगेका थिए । पीडित बिरामी पक्षका अनुसार डा. यादवकै बोलावटमा छलफलका लागि उनीहरु माँ जानकी अस्पतालमा गएका हुन् । स्वास्थ्यकर्मी समेत रहेका युवा संघ बाँकेका सचिव कुस्माखर बस्याल पनि स्थानिय बासीन्दाको तर्फवाट छलफलमा सहभागी भए ।
सुरक्षाकर्मी र अधिकारकर्मी सहितको रोहवरमा भइरहेको पीडित र चिकित्सक बिचको छलफलमा चिकित्सकहरु दादागिरी शैलीमा प्रस्तुत भएको एकजना अधिकारकर्मीले बताए ।
चिकित्सकहरु दादागिरी शैलीमा प्रस्तुत भएपछि छलफल बादबिवादमा परिणत भयो । सोही विषयलाई लिएर चिकित्सकहरुले बांकेका सबै स्वास्थ्य संस्थामा इमरजेन्सि लगायत सबै स्वास्थ्य सेवा ठप्प गराए ।
चिकित्सको लापरवाहीका कारण एउटा ब्यक्तिको खुट्टा काट्नु परेको अवस्थालाई छांयामा पार्न चिकित्सकहरुले छलफलका लागि पुगेका सर्वसाधारणलाई कारवाहीको माग राख्दै प्रहरीमा मुद्धा दायर गरेका छन् ।
अधिकारकर्मीहरुले पीडितलाई अझ पीडा दिने र अस्पताल बन्द गर्ने कार्य चिकित्सक जस्तो मर्यादित पेशाकर्मीलाई नसुहाउने तर्क गरेका छन् । प्रहरीकै उपस्थितीमा बिरामीका पक्षले चिकित्सकसँग खुट्टा काट्नुपर्ने अवस्थामा पुर्याएका विषयमा स्पष्ट हुन आक्रोश पोखेको घटनामा चिकित्सकले अनाहकमा फसाएको आरोपितहरुको दावी छ ।
चिकित्सक संघले अस्पतालमा तोडफोड भएकोे दावी गरेको छ । तर प्रहरीले भने अस्पतालमा तोडफोड भएको जानकारी नआएको बताएको छ । अहिलेसम्म पनि अस्पतालमा तोडफोड भएको कुनै संकेत समेत छैन् ।
यसैबीच युवा संघ बाँकेले उपचारमा लापरवाही गरि बिरामीको खुट्टा काट्ने अवस्थामा पु¥याउने चिकित्सकलाई कारवाही गर्नुको साटो पीडितलाई न्याय दिलाउन पुगेका ब्यक्तिलाई प्रहरीले कारवाहीको दायरामा ल्याएको भन्दै बुधबार बाँकेको नेपालगन्ज र कोहलपुरमा चक्काजाम गरेको हो । मुद्धा लगाइएकाहरु युवा संघका जिल्ला सचिव कुस्माखर बस्याल लगायत युवा संघका नेता कार्यकर्ता हुन् ।
युवा संघले मुद्धा फिर्ता लिन प्रहरी प्रशासनलाई चेतावनी समेत दिएको छ । यो घटनामा चिकित्सकले अनाहक राजनीति गरेको र पीडित पक्षमाथी थप पिडा दिएको पाइएको युवा संघका अध्यक्ष किशोेर थापाले बताए ।
माँ जानकी अस्पतालमा कार्यरत डा. श्याम सुन्दर यादव माथी दुव्र्यवहारको आरोपमा सार्वजनिक अपराधको मुद्धा दर्ता गरिएका मध्ये २ जना पक्राउ परेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको नेपाल चिकित्सक संघ भेरीका सचिव डा. आरके झाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका सन्दिपसिंह र महेश खतिवडालाई पक्राउ गरिएको हो । पक्राउ गरिएको लिखित जानकारी प्राप्त गरेपछि संघले मंगलबारदेखि गर्दै आएको आन्दोलनका कार्यक्रम बुधबार बेलुकादेखि फिर्ता लिएको हो । संघको निर्णयपछि मंगलबारदेखि सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिकमा आपताकालित बाहेकका सेवा ठप्प भएका थिए । पीडित परिवारले जिल्ला प्रशासनमा क्षतिपुर्ती बापत ५० लाख रुपैया र औषधिउपचार बापत १५ लाख रुपैया सहित आजिवन भरणपोषणको माग गर्दै निवेदन दिएपछि चिकित्सक संघले सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको हो ।
साभार लाइटनेपाल
५ साउन २०७४









0 comments:
Post a Comment