पहिलो पटक सुन्दा सायद तपाईंलाई विश्वास नलाग्ला तर अब पिसाबबाट पनि स्मार्टफोन रिचार्ज हुने सम्भावना रहेको छ ।एक अचम्मको प्रयास अनुसार पिसाबलाई बिजुलीको करेन्टमा परिवर्तन गर्नमा बेलायतका वैज्ञानिक जुटेका छन् ।
ब्रिटेनको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानिक यो प्रोजेक्टमा काम गरिरहेका छन् ।यस प्रयोग अनुरुप पहिला वैज्ञानिकले इलेक्टो–एक्टिभ सुक्ष्मजीवलाई थुप्रै सिलिन्डरमा भरे । यो यस्ता सुक्ष्मजीव थिए जुन फोहोर पानी र पिसाबमा पाइन्छन् ।
त्यसपछि सुक्ष्म जीवबाट इलेक्ट्रोन निर्माण हुन्छ जसलाई बिजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ ।
दुई ,लिटर पिसाबबाट ३० दृेखि ४० मिलिवाट बिजुलीको उत्पादन हुनसक्छ । र यो बिजुलीको प्रयोग फोन चार्ज गर्न वा उज्यालोको लागि प्रयोग गर्न सकिन्छ ।-बीबीसी हिन्दीबाट








0 comments:
Post a Comment