Monday, July 17, 2017

तीन बालबालिकाको एकैपटक हत्या : रहस्यमय बन्दै घटना, अरुण गाउँपालिकामा रुवावासी

 
भोजपुर, असार ३० – अरुण गाउँपालिका-१, प्याउलीको मरेङडाँडास्थित दुई घरका तीन बालबालिकाको एकै पटक भएको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । हत्या भएको तीन साता बितिसक्दा समेत घटनाको दोषी पहिचान गर्न नसक्नुले पीडित परिवारमाथि पीडा थपिएको छ ।
कसरी भयो हत्या ?
असार १० गते शनिबार बेलुका तीनै जना हराएका थिए । असार १२ गते सोमबार बिहान सवा सात बजेतिर स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा स्थानीय बासिन्दाले उनीहरुलाई फेला परेका थिए । अरुण गाउँपालिका–३ का १६ वर्षका रन्जिव सापकोटा, १४ वर्षका सुष्मा फुयाल र ८ वर्षका प्रदिप फुयाँल मृत भेटिएका हुन् । उनीहरुको घर र घटनास्थल मरेङडाँडा ढेडसय मिटरको दुरीमा पर्छ । शंकास्पद घटना भन्दै प्रहरीको अनुसन्धान व्युरोले अनुसन्धान जारी रहेको बताए पनि घटनाबारे यथार्थ आउन सकेको छैन । घटनापछि प्याउलीबजार र आसपासका बासिन्दा शोकमा डुबेका छन् । अरुण गाउँपालिकामा कसैको आशु ओभाएको छैन ।
रविन्द्र रन्जिव सापकोटाका तीन सन्तान मध्येका कान्छो सन्तान हुन् । सुष्मा र प्रदिप चेतनाथ फुयाँलका तीनसन्तान मध्येका दुईसन्तान हुन । दुवै घरमा एकैपटक काजक्रिया चलिरहेको छ । ‘काजक्रियाको एघारौ दिन भैसक्यो, घटनाको अत्तोपत्तो छैन, दोषी पत्ता लाउन सकेका छैनन्,’ पीडित रविन्द्र सापकोटाले भावविह्वल हँुदै भन्नुभयो, ‘छोरो त कहिल्यै नफर्किने गरी चुडियो, न्याय पाउने आशा पनि टुटेजस्तै लाग्न थालेको छ ।’
रन्जिवकी आमा ३८ वर्षकी सीता सापकोटाका पनि आँशु थामिएका छैनन् । ७२ वर्षकी हजुरआमा कौशिला सापकोटा १२ वर्षदेखि रोगी भएर ओछ्यानमा थलिएकी थिइन् । नातीलाई हत्या गरेको सुनेदेखि मुर्छा परेकी उनी होसमा आउँने हुन या हैनन पत्तो छैन । कलकलाउँदा बालखा सन्तानको हत्या भएदेखि छिमेकी दुवै घरमा रुवाबासी रोकिएको छैन । अनुसन्धानले हत्यारा पत्ता लाउन नसकेपछि अरुण गाउँपालिकाका बासिन्दा जीवन सुरक्षाका लागि हारगुहार गरिरहेका छन् । ‘मर्ने त मरेर गए, बाँच्नेका आँसु थामिएनन्, बाँच्न पनि गाह्रो भैसक्यो,’ सुष्मा र प्रदिपका ३४ वर्षकी आमा निर्मला फुयाँल रुदै भन्नुहुन्छ, ‘अपराधीहरुले छोराछोरी सखाप पारेरै छाडे, चाडै न्याय दिलाइयोस् ।’
सुरक्षाकर्मीको अगाडि भयो घटना

द्वन्द्वकालमा समेत यहाँका नागरिकलाई सुरक्षाको समस्या थिएन । इलाका प्रहरीमा ७ जना प्रहरीले धान्दै आएका थिए । स्थानीय तह निर्वाचनताका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र म्यादी गरी ढेडसयको गस्ती खटिरहेका बेला शंकास्पद ढंगले जघन्य घटना घटेपछि आतंक मच्चिएको छ ।
यस्तो अपत्यारिलो घटना राज्यका लागि चुनौती भएको भन्दै दोषीमाथि चाडो छानविन हुनुपर्ने स्थानीय रुद्रबहादुर खत्रीले बताउनुभयो । ‘त्रासैत्रास छ, साँझ परेपछि घरबाहिर कोही निस्कदैनौँ, ढोका थुनेर बस्छौँ, मेलापात जाँदा केटाकेटी साथै लिएर जान्छौँ । बसोबासका लागि एकदमै डरलाग्दो परिस्थिति सृजना भएको छ । अबोध बालबालिकाको निर्मम हत्याको घटनाले जोसुकैमा शंका उत्पन्न गराएको छ ।’
ओल्लो घर पल्लो घरका यी दुई परिवारको न कसैसंग रिसराग थियो । नत मनमुटाव नै । सापकोटा कृषि कार्यालयका कर्मचारी हुन् । उनी निर्वाचनमा सहायक मतदान अधिकृत भएर षडानन्दा नगरपालिकामा खटिएका थिए । तर घटना भएपछि खट्न सकेनन् । फुयाँल प्याउली बजारमा सामान्य फेन्सी पसल गर्छन् । ‘हामी पैसावाल पनि होइनौँ, कोहीसँग कसैखाले रिसराग थिएन । हजुर सन्तानै सखाप पारिदिए’ चेतनाथले भन्नुभयो ।
निर्वाचनको समयमा प्याउलीको नेपाल रेडक्रस सोसाइटीको भवनमा नेपाली सेना बसेका थिए । प्रत्यक्षदर्शीका अनुसार छिमेकका तीन सन्तान हराएका बेलुका रन्जिव र प्रदिप फुयाँल त्यस आसपास निस्किएका थिए । त्यसपछि गायव भए । सुष्मालाई सिरकको खोल लगाउँदै घरैमा खाना पकाउन बाबुआमाले अह्राएका थिए । अचानक बेपत्ता भएका उनीहरुलाई खोजविन गर्दा भेटिएनन् । तर, तेस्रो दिन पोखरीमा एकै ठाउँ डुबेको अवस्थामा मृत फेला परे तीनैजना ।
फेला परेका दिन नै अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वको टोली र अञ्चल प्रहरी कार्यालय धरानका एसएसपी उत्तमकुमार कार्कीको नेतृत्वको टोलीले घटनाबारे सोधपुछ गरेका थिए । लाशको पोष्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिए पनि अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरिएको छैन । प्रत्यक्षदर्शीका अनुसार तीनजनैका मुखमा ५–६ वटा कपडाका पोका खाँदिएको थियो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यका अनुसार घटना थाहा भएबाटै स्थलगत अनुसन्धन भैरहेको छ । क्षेत्रीय अनुसन्धान व्युरो विराटनगरका प्रहरी निरीक्षक खगेन्द्र खड्काको नेतृत्वमा ५ जनाको टोलीले निरन्तर घटनास्थलको अनुसन्धान गरिरहेको छ, सादा पोसाकमा समेत प्रहरी खटाइएका छन्, तर घटनाबारे भन्न सक्ने कुनै तथ्य छैन । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रमेशराज भट्टराईका अनुसार क्षेत्र र जिल्लाको टिम अनुसन्धानका लागि निरन्तर भिडिरहेका छ । उहाँका अनुसार भिसेरा टेष्ट गर्नुपर्ने भएकाले पोष्टमार्ट रिपोर्ट आउन केही समय लाग्नेछ ।
‘टेष्टका लागि केन्द्रीय विधि विज्ञानमा पठाइएको छ, अनुमान धेरै कोणबाट गरिएको छ, भिसेरा टेष्ट आएपछि अन्तिम निष्कर्ष आउँछ,’ फोनसम्पर्कमा उहाँले भन्नुभयो । घटनाले जिल्लाभर स्तब्ध बनाउनुका साथै विद्यार्थी, बालबच्चा र अभिभावकमा मानसिक सन्त्रास फैलाएको छ ।
‘छानविन चाडो हुन सकेन भने गाउै बसाई सरेर हिँड्ने मानसिकता धेरैले बनाइसके, दोषीलाई पत्ता लगाएर कारवाही हुनुपर्छ,’ शारदा मावि प्याउलीका शिक्षक तिलक पुलामी मगरले बताउनुभयो । जिल्लास्थित महिला तथा बालअधिकारकर्मीको समेत ध्यानाकर्षण भएको छ । नियोजित रुपमा घटना भएको भन्दै चाडो भन्दा चाडो अनुसन्धान हुनुपर्ने र शान्ति, सुरक्षाको आभास दिलाइनुपर्ने उनीहरुको माग छ ।

Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive