१२ साउन, उदयपुर : त्रियुगा नगरपालिका वडा नं.११ निवासी अन्दाजी २१ बर्षिय सुशील कोइरालाले फेसबुकमा समाप्त…. लेखेर एक युवकले आत्महत्या गरेका छन |
बिहिबार मध्यराति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक ‘समाप्त’ शब्द लेखेर त्यस पछी गलामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आफ्नो फेसबुकमा पीडादायी र निराशाजनक शब्दले भरिएका साहित्यीक वाक्यहरु लेख्दै आउने गरेका उनि मानसिक तनाबमा रहेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए ।
केही समय देखि आफन्त भन्दा टाढा बस्दै आएका शुसिल पाँच सात दिन अगाडी मात्रै श्रीमती र साना साना दुई छोराहरुलाई ससुराली काठमाडौं छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेका उनले त्यहि रात आत्महत्या गरे ।
जव श्रीमती विहिबार विहान करिब १० बजे तिर घर आईपुगिन कोठा बन्द थियो | त्यसपछी श्रीमतीले छिमेकीको साहायतामा ढोका खोल्दा श्रीमान झुण्डिएको अवस्थामा फेला परेको श्रीमतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
उनको शव सुक्रबार दिउसो पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
कोइरालाले बुधबार राति १० बजेर १० मिनेटको समयमा फेसबुकमा लगालग ३ ओटा पोस्ट गरेका थिए , ति सबैमा पिडा थियो, बिछोडको बेदना थियो
बुधबार राती करिब १२ बजेर ४५ मिनेट जादा उनले यस्तो पोस्ट गरेका थिए :
‘ए रात आईज न ल
निल्न मलाई
उनको सपना बोकी
चिल्न मलाई
अब तँ मात्र मरो हो
भर छैन कसैको
खुलेर कराउँछु म त
डर छैन कसैको
खुसी र हाँसो के हो
कालो मात्र देख्छु
मर्नु पर्ने हुलमा आफ्नै
पालो मात्र देख्छु
ए रात भन्देन मलाई
मर्ने कसरी सहज
डुब्नै लागेँ आँसुमा अब
तर्ने कसरी सहज
सास त भाग्यले खायो
छाती पिरले
मुटु मा प्वाल पार्छ याद
राती तिरले
भत्केको घर भो सरिर
छोडेर गए सब
दुखी छस तँ भन्दै नाता
तोडेर गए सब
ए रात भन्देन मलाई
गरूँ के अब
तँ पनी चुप लागी बस्दा
मरूँ के अब …….?’
निल्न मलाई
उनको सपना बोकी
चिल्न मलाई
अब तँ मात्र मरो हो
भर छैन कसैको
खुलेर कराउँछु म त
डर छैन कसैको
खुसी र हाँसो के हो
कालो मात्र देख्छु
मर्नु पर्ने हुलमा आफ्नै
पालो मात्र देख्छु
ए रात भन्देन मलाई
मर्ने कसरी सहज
डुब्नै लागेँ आँसुमा अब
तर्ने कसरी सहज
सास त भाग्यले खायो
छाती पिरले
मुटु मा प्वाल पार्छ याद
राती तिरले
भत्केको घर भो सरिर
छोडेर गए सब
दुखी छस तँ भन्दै नाता
तोडेर गए सब
ए रात भन्देन मलाई
गरूँ के अब
तँ पनी चुप लागी बस्दा
मरूँ के अब …….?’









0 comments:
Post a Comment