Friday, September 1, 2017

९ वर्षीय बालकलाई संसारमै दुलर्भ मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेपछि

सामान्य अवस्थामा जन्मिएका ९ वर्षीय एक बालक संसारमै दुलर्भ मानिने रोग लागेपछि खान–लाउन र स्कुल जानसमेत अप्ठ्यारो परेको छ ।दक्षिण पाकिस्तानको विकट गाउँमा परिवारका साथ रहेका सह गुल मजारी नाम गरेका ९ वर्षीय बालकलाई मेडिकल भाषामा ‘हिर्स्चस्प्रुंग’ भनिने दुलर्भ रोग लागेको चिकित्सकहरुले बताएका छन् ।
‘हिर्स्चस्प्रुंग’ रोग लागेको बालबालिकाको पेट फुलेर फर्सीभन्दा ठूलो हुने गर्दछ । यसको कारण पेटभित्र रहेको आन्द्रा–भुँडीमा मल तथा दिसा जम्नु हो । उनका बाबु निएज मजारी र आमा मिएन जोह्रनले आफ्नो छोराको बढ्दै गएको पेट देखेर डर लागिरहेको बताए । मजारीलाई अहिले कपडासमेत लगाउन अप्ठ्यारो भएको छ । उनी स्कुल जानसमेत सकेका छैनन् ।
चिकित्सकले सहगुलको समयमै उपचार नभए पेटमा संक्रमण बढ्ने र जटिल रोग ‘इन्टरोकोलेटिक्स’ लाग्ने, जसबाट पेट अहिलेको तुलनामा दोब्बर हुने र बाँच्ने सम्भावना २० प्रतिशतमात्रै रहने बताएपछि उपचार खर्च जुटाउन समस्या भइरहेकोे निएज मजारीले बताए ।
उनका बाबुले सहगुललाई सुरुमा सरकारी अस्पतालमा निःशुल्क उपचार गरिएपनि खासै उपलब्धि नभएकाले राम्रो अस्पताल जान चाहेको बताए ।सरकारी अस्पतालमा परीक्षण गरेपछि एकपटक शल्यक्रियामार्फत् पेटको केही भाग ‘मासु’ निकालिएको उनको बाबुको भनाइ छ ।तर, शल्यक्रियाको केही हप्तासम्म छोराले पेटमा दुखेको बताएको र त्यसको केही महिनापछि फेरि पेट फुल्न थालेको उनको आमा मिएन जोह्रनले बताइन् ।हाल समरितान हुसैन मस्टोय नाम गरेका कराँचीका प्रहरी अधिकृतले सहगुलकाबारेमा थाहा पाएपछि आफ्नै खर्चमा उपचार गर्ने शर्तसहित कराँचीको जीन्हा अस्पताल ल्याएका छन् ।
हुसैनले बच्चाको हालतले सहयोग गर्न बाध्य पारेकाले उनको परिवारसँग कुरा गरेर जीन्हा अस्पताल ल्याएको बताएको डेलिमेलले उल्लेख गरेको छ । उनले भने–‘बच्चाको लाइफ सेभिङ सर्जरी गरेपछि सामान्य अवस्थामा फर्कनेसक्ने चिकित्सकले बताएपछि मलाई खुसी लागेको छ । नेसनल हेल्थ सोसाइटी बेलायतकाअनुसार बालबालिकालाई ‘हिर्स्चस्प्रुंग’ रोग लागेपनि कतिपय अवस्थामा किशोर–किशोरीहरुलाईसमेत यो रोग देखापर्न सक्छ ।
अहिलेसम्म यो रोग लाग्नुको खास कारण पत्ता नलागेपनि गर्भाधारणको समयमा आमाको पेटमा देखिने विकृतका कारण यस्तो हुनसक्ने जनाइएको छ ।हेल्थ सोसाइटीले यस्तो रोग लागेमा खाना खाएको ४८ घन्टासम्म पनि दिसा नलाग्ने, पेट ढुस्स फुल्ने, खान मन नलाग्ने, झोलपदार्थ पिउँदा बान्ता हुनेलगायत लक्षणहरु देखापर्ने उल्लेख गरेको छ ।यस रोगको उपचार भनेको समयमै अनिवार्य शल्यक्रिया गर्नुपर्ने सोसाइटीले उल्लेख गरेको छ ।
सेयर गर्नुहोस

Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive