Tuesday, September 5, 2017

रौतहटमा ६ हजार सुरक्षाकर्मी परिचालन हुने

   
   भाद्र २१, २०७४-तेस्रो चरण अन्तर्गत आगामी असोज २ गते रौतहटका १६ नगरपालिका र २ गाउँपालिकामा हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचान गरिने भएको छ । 
अहिले मुलुकका पुर्व र पश्चिमका जिल्लाबाट आवष्यक सुरक्षाकर्मी आउने क्रम जारी छ । यस अघि आइसकेका सुरक्षाकर्मीलाई सम्बन्धित क्षेत्रमा परिचालन गर्ने क्रम सुरु भइसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जनाए ।

उनका अनुसार अहिले नेपाली प्रहरीलाई जिल्लाभर ‘छ्यापछ्याप्ती’ बनाइएको छ । सशस्त्र प्रहरी परिचालन व्यापक छ । नेपाली सेनाले पनि गस्ती थालेको छ ।
‘अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा विभाजन गरेर सुरक्षा रणनीति बनाएका छौं,’ उनले भने,‘थप सुरक्षाकर्मी आउने क्रम जारी छ ।’ जिल्लामा सिमावर्ती नगरपालिकाकालाई अति संवेदनशील मानिएको छ । 
त्यसैले जिल्लाका सिमा जोडिएका भारतीय सितामढी र चम्पारणका समकक्षी सित वार्ता गरेर चुनाव अवधीभर सिमा ‘शिल’ गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनका अनुसार सितामढीका सरकारी अधिकारीसित यसअघि नै सुरक्षा सम्बन्धमा बैठक भइसक्यो । 
चम्पारणका सरकारी अधिकारीसँग भोलि बिहीबार वीरगंजमा संयुक्त बैठक बस्दै छ । 

Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Popular

Blog Archive