भाद्र १९, २०७४ संयुक्त अरव इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले गैरकानुनी ढंगले कामदार ओसारपसार गर्ने ५१ जना दलाल, ठग र मानवतस्करको नाम सार्वजनिक गरेको छ । दुतावासले आज विज्ञप्ती जारी गर्दै कारवाहीका लागि उनीहरुको नाम सार्वजनिक गरेको जनाएको छ । उद्दारको लागि पुगेका पीडित नेपाली महिला र पुरुषले दिएको उजुरीका आधारमा दूतावासले कानुनी कारबाही गर्नका लागि ती व्यक्तिको नाम सार्वजनिक गरेको हो । दूतावासका प्रवक्ता कृष्ण अर्यालकाअनुसार पीडितमध्ये ७१ जनाले उजूरी दिएका थिए । कारबाही गर्नुपर्ने तस्करमा नेपाल र युएईमा रहेका नेपाली नागरिक तथा ट्राभल एजेन्सी समेत छन् । दूतावासले सार्वजनिक गरेको सूचीमा राजिव मल्ल, केशव शिवाकोटी, रेणु सिवाकोटी शाहतेली, ईश्वर श्रेष्ठ, टंक सुवेदी क्यापिटल रिक्रुट्मेन्ट सर्भिसेस लिमिटेड, राकेश खडायत, कुवेर रानाभाट, अन्नपुर्ण ट्राभल्सका विवेक श्रेष्ठ र सुवास श्रेष्ठ, मरिशरण दाश भिक्टोरिया मेनपावर लगायत छन् । दुतावासको विज्ञप्तीमा भनिएको छ, 'सार्वजनिक भएका मानव तस्करलाई कानुनी दायरामा ल्याइ आवश्यक कारवाही गर्नका लागि सहयोग गर्नुहुन तथा उनीहरुसंग सचेत हुन समेत सबैमा जानकारी गराइन्छ ।' साथै, दुतावासले काम गर्नका लागि पर्यटन भिषामा नभई कानुन बमोजिम मान्यता प्राप्त रिक्रुट्मेन्ट एजेन्सी मार्फत जान समेत आग्रह गरेको छ । दूतावासले पीडितका उजुरीका आधारमा ३३ जना महिलालाई सेल्टरमा राखेर उद्दार गरेको जनाएको छ । यस्तै, भिजिट भिसामा पुगेर अलपत्र परेका ३८ जनालाई उद्दार गरेको दुतावासले जनाएको छ । प्रकाशित:भाद्र १९, २०७४
Monday, September 4, 2017
Home »
» युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक
Nepal TEchno World. Powered by Blogger.
happy new year
https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...









0 comments:
Post a Comment