Friday, September 1, 2017

यी हुन् फेसबुकबाट ४३ लाख ठगी गर्ने ‘हाइप्रोफाइल’ युवती

काठमाडौँ, १६ भदौ । काठमाडौंकी एक युवतीको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ । बिदेशी गिरोहसँग मिलेर नेपालमा दर्जनौंलाई ठगी गर्ने युवती अन्ततः प्रहरीको फन्दामा परेकी छिन् ।
उनी हुन्, सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ बर्षीय आङलेमी शेर्पा । उनको ठग्ने शैली प्रहरीका लागि पनि नयाँ विषय बनेको छ । दर्जनौं युवतीहरुलाई नाटकीय शैलीमा ठगी गरेकी शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।
फेसबुकमार्फत चिनजान गर्ने र महंगा उपहार पठाएको भनेर झुक्याउदै त्यसवापत लाग्ने करका नाममा उनले ठग्दै आएको खुलासा भएको छ । विदेशीसँग मिलेर उनले अहिलेसम्म ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको सिआईबीले जनाएको छ ।
कसरी भयो ठगी ?
ठगी आरोपमा पक्राउ परेकी शेर्पा काठमाडौंकै एक सहकारीमा काम गर्थिन । तर उनको रबाफ भने अर्कै थियो । आफू धनी व्यक्ति भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा उनीहरुको समूहले थुप्रैलाई एकपछि अर्को गरी फसाएको हो । उनले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएको पैसा लिएर बिदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
शेर्पाको समूहबाट ठगिनेमा धेरैजसो महिला छन् । फेसबुकमा बिदेशी नाममा फ्रेन्ड रिक्वेष्ट पठाउने र चिनजान गरी सम्बन्ध विस्तार गरी उनीहरुले ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
यतिसम्म कि बिश्वासमा पार्न उनीहरुले भारतीय नम्बरबाट फोन गरी पार्सल भारतमा आइपुगेको र त्यसका लागि केही कर लाग्ने भन्दै पैसा मागेर ठगी हुँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । ठगिएकामध्ये धेरैले मनि ट्रान्सफरमार्फत पैसा पठाएका थिए । त्यो पैसा शेर्पाले बुझ्ने गरेकी थिइन् । अमेरिकामा बस्दा चिनजान भएका व्यक्तिको आग्रहमा आफूले पैसा लिने गरेको उनले बताएकी छिन् ।
फेसबुकमा चिनजान भएको साथीबाट उपहार लिने प्रलोभनमा फस्दा ५० भन्दा धेरै महिला ठगिएका छन् । महानगरीय अपराध महाशाखामा पनि धेरै महिलाहरुले उजुरी गरेका छन् 
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive